भर्खरै :

मुलुकमै मनग्य कमाएर खाने अवसर छ

मुलुकमै मनग्य कमाएर खाने अवसर छ

मिठो सपना साकार पार्न भन्दै रोजगारीको लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर, वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामको लागि विदेश जाने कैयौँ विमानमा नभई बक्सामा लास बनेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको बिचल्ली छ । बिनायोजना, जानकारी, सीप विदेश जाने क्रममा र विदेश पुगेर पनि ठगीमा परेका नेपाली युवाहरूको सङ्ख्या कमी छैन । शासक दलहरूका नेताहरूले ठगी गर्ने ठगहरूलाई नै राजनीतिक संरक्षण दिइरहेका हुनाले ठगहरूमाथि कारबाही पनि भइरहेको छैन । देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूमा, वैदेशिक रोजगार विभाग र न्यायाधीकरणमा ठगीसम्बन्धी उजुरीको चाङ त्यतिकै छ, ठगहरू मोजमस्तीमा छन् भने ठगीमा परेका सोझासीधा नेपाली युवाहरू बिचलीमा छन् ।
इमानदारीसाथ काम गर्ने जाँगर भए मुलुकमा नै मनग्य कमाएर खाने अवसर धेरै छ । लगनशील मानिसहरूले सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवा युवतीभन्दा धेरै आम्दानी गरिरहेको पनि हाम्रै गाउँ ठाउँमा देख्न सक्छौँ । कामलाई ठूलो र सानो भनी हेला गर्न हुँदैन । काम समाजका लागि उपयोेगी हुनुप¥यो र आम्दानी हुनेखाले हुनुप¥यो । इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन । लगन र मेहनत भए सानोतिनो काम र उच्च अध्ययनबिना पनि नेपालमा नै प्रशस्त रूपैयाँ आर्जन गरेर सपना साकार पार्न असम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *