भर्खरै :

कामगरी खाने वर्गको सरकार हुनु आवश्यक

शोषणरहित समाज स्थापना आजको आवश्यकता हो । तर, शासक दलका नेताहरू शोषण अन्त्य भएको समाज चाहँदैनन् । उनीहरू समानता चाहँदैनन्, भेदभाव अन्त्य गर्न चाहँदैनन् । सामन्त, शोषक, प्रतिक्रियावादी र षड्यन्त्रकारीहरू भ्रम छर्छन्, झूटको खेती गर्छन्, जनता जनता जुधाएर सरकारको नेतृत्व गरिरहन्छन् । जनता जुधाउन, लडाउन उनीहरू छल गर्छन्, पैसा बाँडेर मत लिन्छन् । तिनीहरू अरूलाई थर्काएर, तर्साएर, झुकाएर आफ्नोतर्फ तान्ने प्रयास गर्छन् । हरेक निर्वाचनमा यस्ता घटनाहरू दोहोरिरहन्छन् ।
बहुमत जनताको सेवा भए पो देश विकास हुन्छ, उनीहरूको जीवन सुनिश्चित हुन्छ । तर, यहाँ बहुमत जनतामाथि शोषण हुन्छ, थिचिएको, मिचिएको हुन्छ । उनीहरूकै श्रममा शासकहरू रजाइँ गर्छन् । अनि तिनै शासकहरू सुखी जीवनको कुरा फलाक्छन् । सरकारले अल्पमतको होइन बहुमतको सेवा गर्नुपर्छ, बहुमत जनताको पक्षमा ऐन कानुन बनाउनुपर्छ । शासक दलका नेताहरूले अल्पमतको सेवा गरेर, अल्पमत वर्गको पक्षमा ऐन–कानुन बनाएर कसरी बहुमत जनताको सेवा हुन्छ ? मजदुर, किसान, भूमिहीन सुकुमवासी, आदिवासी, उत्पीडित जनता शासक दलका सत्ता चढ्ने भ¥याङ बनेका छन् । अनि तिनै शासकहरूलाई फेरि निर्वाचित गरेर सरकारको नेतृत्व गर्न दिनुपर्ने ?
जनताको मत हुँदाखाने जनताको पक्षमा सङ्घर्षरत दलका उम्मेदवारहरूलाई राख्नुपर्छ । चुनावको समयमा मात्र समृद्धिको बखान गर्ने, देश विकास र जनताको सेवा गर्ने कुरा उठाउने उम्मेदवारहरूलाई जनताले राम्ररी चिन्नुपर्छ र निर्वाचनमा हराउनुपर्छ । जनता जहिलेसम्म लोभलालचमा भुलिरहन्छन् तहिलेसम्म बहुमत जनताले सुख पाउने छैनन् । राज्यबाट हुने सेवा जनताको पहुँच नपुगेसम्म, समाज भ्रष्टाचारमुक्त, जनउत्तरदायी नभएसम्म जनताले सुख र सन्तोषको सास फेर्न पाउने छैनन् । सरकार चलाउने दलहरूले पेश गर्ने हरेक नीति, कार्यक्रम तथा बजेट बहुमत जनताको सेवा गर्ने खालको हुनुपर्छ । तर, अहिलेसम्म त्यस्तो बन्दोबस्त भएको देखिँदैन । गरिबहरूलाई माथि उठाउने, उनीहरूको जीवन सुनिश्चित गर्नेतर्फ शासक दलहरू किन पहल गर्दैनन् ? हुँदाखाने वर्गको जनजीविका सहज बनाउने नीति सरकारले किन ल्याउँदैन ? सत्ता र शक्तिको आडमा बहुमत जनतामाथि रजाइँ गरिरहने शासकहरूको वर्ग चरित्र नै त्यस्तै रह्यो । अनि स्थानीय तहदेखि सिंहदरबारसम्म भ्रष्टाचार संस्थागत नहुनु किन ¤ हुँदा खाने सर्वसाधारण जनताको जीवन कष्टकर नहुनु पनि कसरी ? समाजमा हेपिएका, चेपिएका उत्पीडित वर्गको पहुँच राज्यको तहमा पुग्ने कहिले ? व्यवस्था परिवर्तन गर्न हुँदाखाने वर्गले ज्यान फाल्नुपर्ने, रगत बगाउनुपर्ने ¤ अनि त्यसको फल सामन्त, पुँजीपति वर्ग र जालीफटाहाहरूले पाउने ? अतः व्यवस्था बदल्नको निम्ति ज्यानको बाजी राख्ने काम गरी खाने वर्गको हितमा सरकार केन्द्रित हुनुपर्छ । त्यस्तो सरकार कामदार वर्गको आफ्नै सरकार बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *