ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
देशको अर्काे महत्वपूर्ण चाड तिहार नजिकिँदै छ । तिहारसँगै रमाइलो या मनोरञ्जनको नाउँमा आगजन्य विस्फोटक पदार्थहरू बाल्ने काम गरिएको हुन्छ । विशेषगरी यसबेला पटाका, बारुद तथा अन्य विस्फोटक वस्तुहरू बाल्ने र उडाउने गरिएको हुन्छ । यो सुखाको समयमा पटाका र बारुदजस्ता आगजन्य वस्तुहरू बाल्दा एकातिर आगलागीको सम्भावना हुन्छ भने अर्काेतिर आगजन्य वस्तु आँखामा लागेर अन्धो हुने सम्भावना हुन्छ । जहाँतही बाल्ने या पड्काउने यस्ता आगजन्य वस्तुमा प्रतिबन्ध गरेको भए या किनबेचमा रोकेको भए कुनै हानि हुनेछैन । कुनै क्षति हुनेछैन । यस कार्यमा प्रहरी प्रशासनको ध्यान जानु आवश्यक छ ।
आगजन्य वस्तु बाल्ने काम रोक्न बारुद, पटाकाजस्ता वस्तु आयातमा नै सरकारले रोक्नुपर्छ । कसैले लुकीछिपी आयात गरे बेचबिखनमा रोक्नेतर्फ प्रशासनले ध्यान पु¥याउनुपर्छ । आगजन्य वस्तु पड्काउने काम रोक्न तिहारको केही दिनदेखि प्रहरीले माइकिङ गरेर ध्यानाकर्षण गर्नुपर्छ । प्रहरी प्रशासनले पटाका र बारुद नपड्काउन आग्रह या प्रचारप्रसार गरेमा आगजन्य वस्तु बाल्ने काममा धेरै हदसम्म नियन्त्रण हुन्छ ।
एकातिर प्रहरी प्रशासनले बारुद र पटाका पड्काउने कार्य रोकन कडाइ गर्नुपर्छ भने अर्काेतिर यस्ता चाडमा खेलिने जुवा तास पनि नियन्त्रण गर्नु जरुरी छ । यसबेला ठूलठूला जुवातासजस्ता खेल खेलेको हुन्छ । लाखौँलाख हारजित हुने यस्ता खेलहरू रोक्नेतर्फ पनि प्रहरी प्रशासनको ध्यान जानुपर्छ । यस्ता कार्य रोक्न शिक्षक–शिक्षिकाहरूले पनि आ–आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई सचेत पार्नुपर्छ । टोलका बुद्धिजीवी, समाजसेवी र अभिभावकहरूले पनि आ–आफ्नो स्थानमा सचेत पार्ने काम गरेका भए आपराधिक क्रियाकलाप नियन्त्रण गर्नमा ठूलो टेवा पुगेको हुन्छ । यसले आदर्शाेन्मुख समाज निर्माणमा टेवा पु¥याउँछ ।
Leave a Reply