भर्खरै :

प्रजग कोरिया बुद्धिजीवीकरणको अभियानमा : नेपाल अझै निरक्षर

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया साम्राज्यवादविरोधी देश हो । स्वाधीनता प्राप्त गर्ने क्रान्तिकारी विचारधाराबाट निर्देशित प्रजग कोरिया समाजवादी राज्य हो । प्रजग कोरियाको सार्वभौमिकता मजदुर, किसान, कामदार तथा बुद्धिजीवी जनतामा निहित छ । प्रजग कोरियाका सबै राज्यका अङ्गहरू प्रजातान्त्रिक केन्द्रीयतावादको सिद्धान्तमा लागु हुन्छ । प्रजग कोरियाको सामाजिक व्यवस्था जनताकेन्द्रित व्यवस्था हो । त्यहाँ कामदार जनतालाई नै मालिक ठान्छन् । समाजको हरेक क्षेत्रले मजदुर वर्गको मजदुर, किसान, बुद्धिजीवी र अन्य कामदार जनताको हित र सुरक्षा राज्यले गरिरहेको छ । प्रजग कोरियालाई पूर्णतः समाजवादी व्यवस्था बनाउन सरकार, पार्टी, जनता र सेना लागिरहेका छन् ।
मजदुर वर्गको नेतृत्वमा रहेको मजदुर किसानमा आधारित जनताको राजनैतिक र सैद्धान्तिक एकतामा प्रजग कोरिया अडेको छ । राज्यले समाजका सबै सदस्यहरूलाई क्रान्तिउन्मुख बनाउने काम गरिरहेको छ । त्यहाँका सबै क्रियाकलापहरू कोरियाली मजदुर पार्टीको नेतृत्वमा सञ्चालन भइरहेको छ । प्रजग कोरिया विश्वका जनतासँग एकता बढाउन तयार छ । साम्राज्यवादविरुद्ध लड्न संसारका न्यायप्रेमी जनता एकजुट हुन आवश्यक छ । प्रजग कोरिया कुनै पनि देशको आक्रमण र हस्तक्षेपको विरोध गर्छ । प्रजग कोरिया सानो देश भएर पनि संसारकै शक्तिशाली ठान्ने साम्राज्यवादी देश अमेरिकासँग नडराउने र नझुक्ने देश हो ।
प्रजग कोरिया साम्राज्यवादी नीतिको विरोध गर्न कहिल्यै पछि परेन । साम्राज्यवादी देश अमेरिकाले प्रजग कोरियाली सरकारलाई झुकाउन, आफ्नो दबाबमा राख्न पटक–पटक आक्रमण गर्ने चेतावनी दिएको थियो । साम्राज्यवादविरोधी भावना शिथिल पार्न नै अमेरिकाले प्रजग कोरियामा पहिलेदेखि आर्थिक नाकाबन्दी गरिरहेको छ । अमेरिकी सरकारले अरू देशको सामान प्रजग कोरियामा नपठाउन र प्रजग कोरियाको सामान अन्य देशले नकिन्न दबाब दिएको थियो । यसरी अमेरिकाले नाकाबन्दी गरेर प्रजग कोरियाको अर्थतन्त्र कमजोर बनाउने षड्यन्त्र ग¥यो । तर, पनि प्रजग कोरिया साम्राज्यवादी देश अमेरिकासामु झुकेन । प्रजग कोरियामा आर्थिक नाकाबन्दी नभएको भए, आणविक परीक्षणमा खर्च गर्न नपरेको भए प्रजग कोरिया संसारकै अर्काे एक विकसित देश बन्नेमा शङ्का छैन ।
प्रजग कोरिया सरसफाइको देश हो, शिक्षाको देश हो । कोरियाली सरकार, पार्टी र जनता प्रजग कोरियालाई बुद्धिजीवीकरणको देश बनाउने अभियानमा छन् । तर, नेपाल अहिले पनि साक्षर देश बनेको छैन । साक्षर देश बनाउने सरकारको उद्देश्य पूरा भएको छैन । यसको कारण हो, नेपालका शासकहरू देश र जनताप्रति जिम्मेवार छैनन् । ती शासक नेताहरूले देश बनाउन, बहुमत जनताको सेवा गर्न राजनीति गरेका होइनन् । जसरी भए पनि दल ठूलो बनाउने, सरकारको नेतृत्व गर्ने तथा दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न नै शासक दलका नेताहरू राजनीतिमा लागेका हुन् । यहाँका ठूला दलका नेताहरूले पालैपालो शासन गरे । काङ्ग्रेस र कम्युनिस्ट भनिने दलले पनि शासन गरे । तर, कुनै पनि दलले देशको विकास गर्ने, जनताको जीवनस्तर उठाउने र बहुमत जनताको सेवा गर्नेतर्फ ध्यान दिएन, बहुमत जनताको सेवा हुने ऐन कानुन बनाएन, देशलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिएन । यही कारण नेपाल परनिर्भर बनिरहेको हो, नेपाल विकासशील देश त के साक्षर देश पनि बन्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *