यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनबाट सर्वसम्मत महासचिव पदमा निर्वाचित हुनुभएकोमा कामरेड सी चिनफिङलाई नेपाल मजदुर किसान पार्टीको तर्पmबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष बिजुक्छेँले सोमबार पठाउनुभएको बधाई तथा शुभकामना सन्देशमा भनिएको छ –
विश्व राजनीतिको आजको महत्वपूर्ण अवधिमा चिकपाको एक दशक लामो नेतृत्व गरिसक्नुभएका महामहिमको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले प्राप्त गरेको ऐतिहासिक उपलब्धि तथा सफलताले आगामी ५ वर्षको यस महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा हुनेछ भन्नेमा हामी आशावादी छौँ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले चिनियाँ प्रजातन्त्र जनताकेन्द्रित, गतिशील, व्यापक सहमति तथा सहकार्य र स्वस्थ प्रतिस्पर्धामा आधारित रहेको कुरा विश्वसमक्ष राखेकोे छ ।

सी चिनफिङ
साथै महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरूमा पनि हार्दिक बधाई दिन्छौँ । चिकपाको नयाँ नेतृत्वले माक्र्सवाद–लेनिनवाद तथा माओ त्सेतुङ विचारधाराका साथै नयाँ युगको लागि चिनियाँ शैलीको समाजवाद अगाडि बढाउन विकास गरिएका नयाँ सिद्धान्त र विचारहरूको रातो झन्डा फहराउन सफल हुनेछ भन्ने हामी विश्वास व्यक्त गर्दछौँ । संसारको सबभन्दा ठूलो माक्र्सवादी—लेनिनवादी पार्टीको नाताले संसारको प्रगतिशील आन्दोलन, कामदारवर्गको आन्दोलन र साम्राज्यवाद तथा फासीवादविरोधी सङ्घर्ष निरन्तर अगाडि बढाउन योगदान पु¥याइरहनेछ भन्ने हामी आशा गर्दछौँ ।
यस महत्वपूर्ण घडीमा चीनको समाजवादी निर्माण विश्वको समाजवादी आन्दोलनको विजयको निम्ति मात्र होइन विश्व शान्तिको निम्ति पनि महत्वपूर्ण हुनेछ । अमेरिकी व्यापार युद्ध, कोभिड १९ महामारी, प्राकृतिक प्रकोपहरू र अमेरिकाद्वारा छेडिएको नयाँ शीतयुद्धको बीच पनि १ सय ४० करोड चिनियाँ जनतालाई गरिबीबाट माथि उठाएर र मध्यम खालको समृद्ध समाज निर्माण गरी चिकपाले समाजवादी व्यवस्थाको सामथ्र्यलाई पुष्टि गर्नुको साथै विश्वका प्रगतिशील, न्यायपे्रमी तथा शान्तिपे्रमी जनतालाई उत्साहित गर्दै छ ।
चिकपाले निर्धारित गरेको चीनलाई समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, उन्नत संस्कृतिले युक्त, सद्भावपूर्ण तथा सुन्दर देश निर्माण गर्ने दोस्रो शताब्दी लक्ष्यले २१ औँ शताब्दीमा समाजवादलाई विजयोन्मुख बनाउन नयाँ ढोका खोल्नेमा हामी विश्वस्त छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीको दूरदर्शी नेतृत्व र चिनियाँ जनताको एकमनको एकताको बलबाट चीनले राष्ट्रिय पुनर्जागरणको लक्ष्य र शान्तिपूर्ण पुनःएकीकरणको सपना पूरा गर्नेछ ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको मैत्रीपूर्ण सम्बन्ध समयसँगसँगै थप बलियो हुनेछ भन्नेमा हामी विश्वस्त छौँ । साथै, नेपाली जनता र चिनियाँ जनताबीचको ऐतिहासिक सम्बन्ध तथा सहकार्य सधैँझैँ आपसी समझदारी र आपसी सम्मानभावको आधारमा अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछौँ । धन्यवाद !
Leave a Reply