यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ कार्तिक । इन्जिनियर समाज नेपालको आयोजनामा नयाँ वर्ष नेपाल संवत् ११४३, छठ पर्व र शुभ दीपावली २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले इन्जिनियरहरूले आफ्नो कार्यक्षेत्र नछोड्न र घुस नखान जोड दिनुभयो । डाक्टर, इन्जिनियरहरूले राजनीति गर्नु हुन्न भन्ने मान्यता गलत रहेको चर्चा गर्दै उहाँले चीनका धेरैजसो नयाँ पुस्ताका नेताहरू इन्जिनियर भएको उदाहरण दिनुभयो ।
उहाँले भन्नुभयो, “देश र अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययनले इन्जिनियरहरूलाई ऊर्जा प्रदान गर्छ । पुँजीवाद र समाजवादको विषयमा अन्तरक्रिया चलाउनुपर्छ ।”
उहाँले नेपालका शासकहरूले शोषणको राजनीति गरिरहेको चर्चा गर्दै संसद् नीति निर्माण गर्ने थलो हो, तर शासक पार्टीहरूले सांसदहरूलाई विकासे कार्यकर्ता बनाउन खोजेको हुँदा सोको विरोध गर्नुपर्ने बताउनुभयो ।
“दास युग र सामन्ती युगको अवशेष अहिले पनि बाँकी रहेको चर्चा गर्दै उहाँले कामअनुसारको जात व्यवस्था र पेशा बदल्न नपाइनेलगायतका सामन्ती संस्कारहरूबाट हामी मुक्त हुनुपर्छ भन्नुभयो । समाजवादी व्यवस्थामा मात्र दास युग र सामन्ती युगको कुसंस्कारबाट मुक्ति हुनेछ,” उहाँले भन्नुभयो ।
प्रजातन्त्रमा राजनीतिक अधिकार प्राप्त हुने तर आर्थिक अधिकार प्राप्त नहुने भएकोले समाजवादको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
वरिष्ठ इन्जिनियर राजेन्द्र हाडाले नेपाल मजदुर किसान पार्टीले असल राजनीति गरिरहेको बताउनुभयो । देशभरबाट असल पार्टीका उम्मेदवारहरूलाई जिताउन उहाँले सम्पूर्ण इन्जिनियरहरूले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ई. जटाधर झाले दीपावली, छठ र नयाँ वर्ष नेसं ११४३ को महत्वबारे प्रकाश पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीबाट मोरङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. सुरेश कवांले पनि शुभकामना व्यक्त गर्नुभयो ।
साहित्यिक तथा साङ्गीतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा ई. लक्ष्मण पलिखेल, ई. वीरेन्द्र चवाल, ई. सुनिलकुमार श्रेष्ठ, ई. अमोद उलक र ई. निकेशराज तुल्सीवाख्योले गीत प्रस्तुत गर्नुभयो । इन्जिनियर समाजका अध्यक्ष रवीन्द्र फोजूको सभापतित्वमा भएको कार्यक्रममा ई.मुनिव वैद्यले पनि बोल्नुभयो ।
Leave a Reply