भर्खरै :

वैज्ञानिक पक्ष बुझेर चाड पर्व मनाउनुपर्ने

भक्तपुर, ८ भाद्र । नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा बिहीबार तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सांसद डिल्लीप्रसाद काफ्लेले चाड पर्वको वैज्ञानिक पक्ष बुझेर मात्र मान्नु उपयुक्त हुने विचार राख्नुभयो । उहाँले परम्परामा रहेका विकृतिजन्य पक्षलाई क्रमशः कम गर्दै लान विद्यार्थीहरू नै अग्रसर हुन जरुरी भएको बताउनुभयो ।
उहाँले संसदमा नेमकिपाका सांसदहरूले देश र कामदार जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजीरसिं बिकले चाड पर्व एकै भए पनि शोषक वर्ग र शोषित वर्गबीच मनाउने तरिका र अवस्था फरक हुने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आफू कुन वर्गको हो भन्ने निश्चय गरी त्यही अनुसारको विचार बनाउन जरुरी भएकोमा जोड दिनुभयो ।
नेक्राविसङ्घ बाह«ौ राष्ट्रिय सम्मलेन तयारी समितिका संयोजक नीरज लवजूले तीजलाई नेपाली कामदार महिलाको दिवसको रुपमा मनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले तीजलाई मनोरञ्जन र झिलिमिलीको रूपमा मात्र नहेरी नेपाली महिलाको अवस्था र महिला मुक्ति आन्दोलनको समीक्षा गर्ने दिनको रूपमा उपयोग गर्नुपर्ने विचार राख्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य मञ्जु चौधरीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरू जानकी सिजापति र कोपिला तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *