सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
सिस्नो पानी देउसी भैलो २०७९ प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएको छ । सिस्नो पानीको २५ औँ वार्षिकोत्सवको रुपमा मनाइएको हास्यव्यङ्ग्य देउसी भैलोमा देशका शासक दलहरूमाथि तिखो व्यङ्ग्य गरिएको छ ।
केपी ओली, प्रकाशमान सिंह, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, राजेन्द्र लिङ्डेनलगायतका नेताहरूको उपस्थितिमा प्रज्ञा प्रतिष्ठानमा खचाखच दर्शकहरूबीच भएको उक्त कार्यक्रममा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपामाथि सिद्धान्तनिष्ठ राजनीति नगरेकोमा चर्काे प्रहार गरिएको छ ।
कोरोनाका कारण विगत दुई वर्ष कार्यक्रम गर्न नपाए पनि यस वर्ष गर्न पाएकोमा खुसी व्यक्त गर्दै सुरु भएको उक्त हास्यव्यङ्ग्यमा एमसीसीमा शासक नेताहरू नाङ्गिएको भनी छ्यास्नुसम्म छ्यासिएको छ । एमसीसीको सन्दर्भमा नेताहरूलाई छ्यास्दा दर्शकले समर्थन गर्दै हुटिङ गरेका थिए । त्यही सन्दर्भमा गगन थापाले विगतमा थानकोट कटाउनु भनेको सन्दर्भमा पनि दर्शकले हुटिङ गरे ।
जान्नेलाई इसारा काफी भनिन्छ । तर, हाम्रो देशका शासक नेताहरू यति नकचरा छन् कि उनीहरूलाई देउसी भैलोमा नाङ्गो पार्दा पनि रतिभर छोएको देखिँदैन । हिजो देउवा, प्रचण्ड एक अर्कालाई सिध्याउन लागेका ज्यानी दुश्मन थिए तर आज एउटै भएर हिँडेका छन् । ओलीले हिजो संसद्मा झन्डै दुईतिहाइ सिट पाएकै हुन् तर थाम्नै सकेनन् । अहिले निर्वाचनमा फेरि दुईतिहाइको मत माग्दै छन् ।
प्रचण्ड निर्वाचनपछि कहिले सडकमा उत्रन्छु भन्छन् त कहिले निर्वाचनपछि प्रधानमन्त्री बन्छु भन्छन् । जनताले उनलाई भोट दिए सडकमा आउन पाउँदैन, भोट नदिए प्रधानमन्त्री बन्न पाउँदैन । ओलीले भीम रावल र घनश्याम भुसालजस्तालाई पाखा लगाएर कमल थापालाई काखी च्यापेको र प्रचण्ड काठमाडौँबाट सर्लाही हुँदै चितवन पुगे । चितवनबाट अहिले गोर्खामा डेरा सरेको र पाँच वर्षपछि फेरि अन्त सर्ने अस्थिर नेता भनेर व्यङ्ग्य गरिएको छ ।
राप्रपाको चिह्न सूर्य, एमालेको हलो, काङ्ग्रेसको हँसिया हथौडा र माओवादीको रुख चिह्न भनेर व्यङ्ग्य गर्दा पनि शासक दलहरूलाई शरम लागेको जस्तो देखिँदैन । कार्यक्रमको रेकर्ड युट्युवमा हेर्न सकिन्छ ।
Leave a Reply