यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरेक राजनीतिक दलको उद्देश्य हुन्छ र वर्ग आधार हुन्छ । दलको उद्देश्य पूरा गर्न दलले विधान तयार गरेको हुन्छ । विधान नै त्यो दलको काम गर्ने आधार हो । त्यसरी नै दलले निर्वाचनको बेला घोषणापत्र बनाएको हुन्छ । घोषणापत्रको आधारमा निर्वाचित सांसदहरूले काम गर्नुपर्ने हुन्छ । दलको घोषणापत्र देखाउने दाँत होइन । यो जनताको मत तान्ने झूटो आश्वासन पत्र हुनुहुँदैन । दलले घोषणापत्र सार्वजनिक गर्छ । घोषणापत्र दलका नेता तथा कार्यकर्तामाझ मात्र होइन जनतामाझ पुगेको हुन्छ । कुन दलले के काम गर्ने उद्देश्य राखेको रहेछ भन्ने थाहा दिन या थाहा पाउन घोषणापत्र तय गरिएको हुन्छ ।
यतिबेला दलहरूले आ–आफ्नो घोषणापत्र जारी गर्न थालेका छन् । शासक दलले घोषणापत्र लागु गर्नेभन्दा जनताको मत तान्ने हिसाबले आकर्षक सङ्कल्पहरू राखेको छ । तर, विगतमा सरकारले घोषणापत्र लागु गरेन, घोषणापत्रअनुसार काम गरेन । नेकाले हालै जारी गरेको घोषणापत्रमा भारतसँग भएका सीमा विवाद सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा कूटनीतिक प्रयासबाट समाधान गरिने कुरा उल्लेख छ । चीन सरकारसँग हस्ताक्षर भएको बीआरआईअन्तर्गतका परियोजना राष्ट्रिय आवश्यकता र प्राथमिकताको आधारमा लागु गर्ने प्रतिबद्धता नेकाले गरेको छ । नेपाली भूमि सुस्ता, कालापानी, लिपुलेक नेपालको कायम गर्न चुनाव पर्खनु पर्दैन । तिनै दलको नेतृत्वमा अहिले सरकार छ । नेकाको नेतृत्वमा रहेका सत्तासीन दलका नेताहरूले ती भूमि आफ्नो बनाउन पहलै गरेनन् । योभन्दा अगाडिको सरकारले पनि गरेन । निर्वाचनको यो बेला आफूलाई देशभक्त देखाउन र जनताको मत तान्न देशभक्ति देखाएर के झूटको खेती गर्न लागेको होइन ? के यो आश्वासनमात्र होइन ? हरेक नेपालीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न ‘एक घर एक धारा’ कार्यक्रम अर्काे लोभलाग्दो आश्वासन हो । यस्तै यस्तै लोभलाग्दो कुरा जनतामाझ पु¥याएर मत तान्ने आश्वासन शासक र ठूला दलका नेताहरूले गर्दै छन् ।
प्राध्यापक कृष्ण खनालले नेकाको घोषणापत्रलाई घोषणापत्र कति कार्यान्वयन होला भन्दा पनि विशुद्ध कर्मकाण्डीमात्रै हो भनेका छन् । सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्ति भ्रष्टाचार, सामाजिक विचलन, अनियमितता वा फौजदारी कसुरको आरोप लागेमा तत्काल पदमुक्त गरी छानबिन गर्ने प्रतिज्ञा जनाएको काङ्ग्रेसले भ्रष्टाचारको आरोप लागेका विजयकुमार गच्छदारलाई सुनसरी ३ बाट उम्मेदवारी उठाएको छ । त्यस्तै ५ वर्षमा ५० प्रतिशत परिवारलाई बिजुलीबाट खाना पकाउने व्यवस्था गर्ने लक्ष्य पनि मनको लड्डू नै हो । यसरी गर्नै नसकिने सपना बाँडेर नेका जनतामाझ झूटको खेती गर्दै छ । यसबारे जनता चनाखो हुनुपर्छ । कसैको लोभलालच, मिठो आश्वासनमा जनता भुल्नु हुँदैन । जनता सचेत भएर आफ्नो अमूल्य मत सही व्यक्तिलाई दिनुपर्छ ।
Leave a Reply