भर्खरै :

काठमाडौँमा घरदैलो तथा कोणसभा चालु

काठमाडौँमा घरदैलो तथा कोणसभा चालु

काठमाडौँ, २० कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारको क्रममा नेपाल मजदुर किसान पार्टीको आयोजनामा काठमाडौँ क्षेत्र नं. १० अन्तर्गत कीर्तिपुर नगरपालिका वडा नं. ५ देउखेल चोकमा कोण सभा भयो । सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधिसभा उम्मेदवार नारायण महर्जनले ससद् कानुन बनाउने थलो भएकोले नेमकिपाका सांसदहरूले जनताको पक्षमा कानुन बनाउने काममा अग्रसर हुने बताउनुभयो ।
अहिलो चुनावमा स्थानीय निकायको कुरा गर्ने हो भने स्थानीय तहको आवश्यकता नहुने धारणा उहाँले राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले राष्ट्रघाती एमसीसी र नागरिकता विधेयक पारित गर्ने पार्टीका उम्मेदवारलाई जितायो भने थप दुःख हुने निश्चित छ ।”
काठमाडौँ क्षेत्र नं. १० प्रदेशसभा ‘क’ का उम्मेदवार हरिकुमार महर्जनले जनताले सोचविचार गरेर मतदान गरेमा गलत सांसद हार्ने र जनताले जित्ने बताउनुभयो ।
समानुपातिक उम्मेदवार श्रीकृष्ण महर्जनले जनताको हितमा शिक्षा, स्वास्थ्य निःशुल्क व्यवस्था गर्न नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यक्रममा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।
काठमाडौँ क्षेत्र नं. ८ मा नेमकिपाको घरदैलो
नेपाल मजदुर किसान पार्टीको तर्फबाट काठमाडौँ १ क्षेत्र नं. ८ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णमाया मानन्धरको टोलीले उक्त क्षेत्रका विभिन्न स्थानमा घर दैलो तथा पर्चा विचरण कार्यक्रम थालेको छ ।
प्रतिनिधिसभाका उम्मेदवार कृष्णमाया मानन्धरको अगुवाइमा भएको उक्त चुनावी प्रचार अभियान भीमसेन स्थानबाट सुरू भएको थियो ।
चुनावी प्रचार टोली मरूटोल, झोछेँ, न्हुगु साँय्मी, लाखा साँय्मी, ओम बहाल, बाखा छेँ, नौचोक, जैसीदेवल हुँदै को हिटीमा पुगेको थियो ।
त्यस्तै रामघाट, शान्ति निकुञ्ज, चिकंसा, बन्जाहिटी, दबैँ टोल, कंग अजिमा, चागल, डल्लु, ताहाचल हुँदै भीमसेन स्थानसम्म पुगी प्रचार सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *