कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २० कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका परिसरमा सम्पन्न जिल्ला निर्वाचन कार्यालय, भक्तपुरद्वारा आयोजित नमुना मतदानमा आइतबार मतदान गर्नुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीस्वरुप नमुना मतदान गरिएको हो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला प्रहरी परिसर, भक्तपुरका प्र.ना.उ. राजु पाण्डे, इन्द्रबक्स गण, सूर्यविनायक ब्यारेकका सेनानी श्यामराजा विक्रम थापा, सशस्त्र प्रहरी बल गुहेश्वरीका स.प्र.उ. नरबहादुर राउत, कार्यालय प्रमुखहरू, पत्रकारहरू, नगरपालिकाका कर्मचारीहरूलगायत सर्वसाधारण गरी ११० जनाले नमुना मतदान गर्नुभएको थियो ।
नमुना मतदानमा जिल्ला निर्वाचन कार्यालय र भक्तपुर नगरपालिकाका कर्मचारीहरूले मतदान कार्यमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी तथा स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।
Leave a Reply