भर्खरै :

चुनाव प्रचार अभियानमा जे सुनियो र देखियो

चुनाव प्रचार अभियानमा जे सुनियो र देखियो

२०७९ मङ्सिर ४ गते नेपालभरि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा स्वतन्त्र र विभिन्न राजनीतिक दलहरू आआप्mनो चुनाव चिह्न र घोषणापत्र लिएर चुनावी मैदानमा उत्रेका छन् । मतदाताहरूको मत आफ्नोतिर तान्ने होड चलिरहेको समयमा अधिकांश मतदाताहरू दिक्क मानिसकेका छन् । राजनीतिक दल र उम्मेदवारहरू कोही आचारसंहिता उल्लङ्घन गरेर पनि मत मागिरहेका छन् भने कोही आचारसंहिताअनुसार नै मत मागिरहेका छन् । मत माग्न आएका उम्मेदवारहरूलाई मतदाताहरूले आफ्ना धेरै गुनासाहरू पोखे भने कतिले रिस पनि पोखे । यही क्रममा मतदाताहरूले पोखेका गुनासा, व्यक्त गरेका भावना मत माग्न जाने ठाउँमा जे देखिएका कुरालाई उहाँ प्रस्तुत छ ।
गठबन्धनदेखि वाक्कदिक्क
आउने चुनावमा जुन गठबन्धन गरेर चुनावी मैदानमा राजनीतिक दलहरू आएका छन् त्यो भनेको अरू केही होइन जनतालाई झुक्याउनको लागि गठबन्धन गरेका हुन् । चुनावपछि उनीहरू एक आपसमा कुर्सीका लागि कुकुरझगडा गर्नेछन् ।
गठबन्धनले गर्दा जनता अलमलमा
यो गठबन्धन सिद्धान्तहीन छ । पुँजीवादी पार्टीसँग कम्युनिस्ट पार्टीको विचार कसरी मिल्छ ? सत्ताको लागि मात्र गठबन्धन गर्ने हो ? हिजो हाम्रै नेताको टाउकोको मूल्य तोक्ने पार्टीलाई भोट हाल्न हाम्रो हात कसरी जान्छ ? सिद्धान्तहीन गठबन्धन नै गर्नुछ भने गठबन्धनमा भएका ती सबै पार्टीको एउटै पार्टी बनाए भइहाल्छ नि ।
गठबन्धन हो भने गइहाल्नु होइन भने आउनु मज्जाले कुरा गरौँ ।
मत माग्दै जाने क्रममा एउटा पाटीमा गर्मी छलिरहनुभएका बाजेले ठाडो भाषामा भनिहाल्नुभयो कि, पख्नुस् यदि तपाईंहरू गठबन्धनबाट हो भने गइहाल्नुहोस् । यदि गठबन्धनबाट होइन भने आउनुहोस् स्वागत छ, मज्जाले गफ गरौँ । त्यसपछि हाम्रो गफ सुरू भयो । आफ्नो लागि मत माग्नुका साथै दशकौँ पहिलेदेखिको ठूला राजनीतिक दल र शासक दलको देश हितविपरीतका गतिविधि र दूरदृष्टि अभावका कारण देश दुर्घटनामा पुगेको विषयमा धेरै लामो कुराकानी भयो ।
एमालेको नीतिदेखि रिस
म कम्युनिस्ट विचारले प्रभावित र एमालेको कार्यकर्ताका साथै मतदाता पनि हुँ । तर, एमालेले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका निभाउनुपर्ने जुन भूमिका निभाउनुपर्ने थियो त्यो निभाउन सक्ने आँट गरेन । एमसीसी पास गर्न मौन समर्थन ग¥यो । नागरिकता विधेयकमा पनि मौन बस्यो । त्यसैले एमालेको नीतिदेखि थुप्रै मतदाताहरू आक्रोशित भइसकेका छन् ।
उम्मेदवारको अपिल र पर्चाभित्र हजारको नोट
पार्टी र पार्टीको चुनाव चिह्न प्रचारकै क्रममा एउटा चौतारीमा साँझको समयमा केही युवा र वृद्धहरू समूह गफिरहेका थिए । त्यही ठाउँमा हाम्रा प्रतिनिधिसभा सदस्य उम्मेदवारले सबैलाई आफ्नो परिचय र घोषणापत्रका सारसहितको अपिल वितरण गर्दै मत माग्नुभयो । ती युवकहरूले अपिल टक्टक्याउनुभयो । हामी एकछिन त हेरेर बस्यौँ । त्यही क्रममा एक जना युवकले भन्यो, खै त यसबाट त झरेन नि ? हाम्रो भाग खै ? यसभित्रको हजारको नोट खै ? त्यसपछि हामीलाई थाहा भइहाल्यो । यस ठाउँमा मतदाताहरूको मत पैसा बाँडेर प्राप्त गरिने रहेछ । हामीले जवाफ फर्काइहाल्यौँ, हामीसँग तपाईंहरूलाई दिने यही अपिल हो र यसमा भएको हाम्रो विचार हो ।
बेलुका भएपछि नोट बाँड्ने काम
दिनभरीको प्रचार अभियानपछि झन्डै ५७ किलोमिटर टाढा हाम्रो बसाइँ रहेको ठाउँ जाने क्रममा हामीले बाटो भुलेर बाटो सोध्न भनेर एउटा घरभित्र प्रवेश ग¥यौँ । तर, संयोगले त्यस घरको आँगनमा काङ्गे्रस पार्टीका उम्मेदवारसहितको बैठक भइरहेको थियो । त्यसभित्रको एक जनाले हामीलाई बाटो बताइदिनुभयो । हामी बाहिर आइरहेकै क्रममा त्यसैभित्रबाट आएको आवाज थियो, अब घरघर जानुपर्छ र वितरण गर्नुपर्छ । नपुगे थपेर भए पनि दिनु । हामीले अनुमान गरिहाल्यौँ त्यहाँ पैसाको चलखेल भइरहेको छ ।
गाउँमा पार्टीलाई प्रवेश गर्न नदिने
दशकौँदेखि सत्तामा लिप्त रहेका राजनीतिक पार्टीहरूले नेपाली जनतालाई पटकपटक शासन गरे । भ्रष्टाचार गर्न र कमिसन खान पल्केका राजनीतिक दल र त्यसका नेताहरूको व्यवहार र अदूरदृष्टिका कारण जनताको दुःख जहाँको त्यहीँ छ । चुनावका बेला ठूलाठूला आश्वासन बाँड्दै हिँड्ने र चुनाव सकिसकेपछि आप्mनो निर्वाचन क्षेत्र नै नछिर्ने र पुनः पाँच वर्षपछि आप्mनो अनुहार देखाउन आउने राजनीतिक पार्टी र नेताहरूलाई गाउँमा प्रवेश नै नगराउने, पार्टी नै बहिष्कार गर्ने कुरा अधिकांश मतदाताहरूले बताएका छन्
घुसखोरी र दादागिरीको बिगबिगी
अहिलेका शासक दल र कम्युनिस्ट भनाउँदा राजनीतिक दलले पटकपटक शासन गरे । साथै नगरपालिका र वडा कार्यालयहरूमा पनि तिनै शासक दलका नेताहरू जितेका छन् । तर, ती नेतादेखि नगरपालिका र वडा कार्यालयमा घुसखोरी र दादागिरी धेरै देखिन्छ । अभैm पनि ती पार्टीहरूलाई नै जिताएर पठाउने हो भने फेरि भ्रष्टाचार गराउनु हो, दादागिरीबाट जनता फेरि दुःखमा बाँच्नु हुनेछ ।
खराब नेता र पार्टीले गर्दा राम्रा नेता र पार्टीलाई पनि खराबको सूचीमा राख्नुप¥यो ।
सबै नेताहरू खराब हुन्छन् भन्ने होइन । राम्रा पार्टी र असल नेताहरू पनि हाम्रा देशमा छन् । अहिलेसम्म जति पनि राजनीतिक पार्टीहरू सरकारमा गए, ती पार्टीले देशको हितविपरीतका सन्धि सम्झौता गरे । खराब नेता र पार्टीले गर्दा राम्रा नेता र पार्टीलाई पनि खराबको सूचीमा राख्नुप¥यो । तर त्यस्ता देश हितविपरीतका सन्धि सम्झौताको सधैँ खुलेर विरोध गर्ने पार्टी नेमकिपा हो ।
चुनाव प्रचार गर्दै जाने क्रममा कति मतदाताहरूले आउँदो निर्वाचनमा भोट हाल्न नजाने विचार राखे । दशकौँदेखि शासन गर्दै आएका राजनीतिक पार्टीको गतिविधि र अहिले गठबन्धनको नाममा जनतालाई झुक्याउने सिद्धान्तहीन गठबन्धनले दिक्क मानिरहेका दलका नेताहरूलाई भोट नै हाल्न नजाने निर्णय भएको बताइरहँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले त्यस्ता राजनीतिक दल र नेताहरूको विरोध गर्न र भण्डाफोर गर्न एकएक मत महत्वपूर्ण र अमूल्य भएको बताए ।
सुजाताको गाडी, ऋषिकेशको गाडी धुलो उडाएर गए (मोरङको झुरकिया)
पाँच वर्ष अगाडिको निर्वाचनमा बाटो बनाइदिने आश्वासन दिएका थिए । पाँच वर्ष त बित्यो तर बाटो जस्ताको तस्तै छ । अहिले भर्खरै सुजाता र ऋषिकेशको गाडी धुलो उडाउँदै मेरै घर अगाडिबाट हिँड्यो । तपाईंहरूजस्तै हामी यहाँका जनतासँग घरभित्रै आएर भोट माग्नु पर्दैन तिनीहरूले ? गठबन्धनमा रहेका सबै राजनीतिक पार्टीसँग दिक्क लाग्यो । त्यसैले हाम्रो घर आँगनसम्म आएर भोट माग्ने नयाँ पार्टीलाई भोट दिनेछौँ ।
आश्वासन बाँड्ने तर पूरा नगर्ने
चुनावको बेला थुप्रै आश्वासनको पोको बाँड्ने तर चुनावपछि ती सबै कुरा बिर्सिने हाम्रो शासक दल र त्यसका नेताहरूसँग रहेका छन् । त्यसैले अब जनता पहिलेका जस्तै मुर्ख छैनन्, सचेत भइसकेका छन् । अब सचेत भएर भोट हालिन्छ ।
पान पसलका एक जना ग्राहकलाई हाम्रा उम्मेदवारले अपिल बाँड्ने क्रममा उक्त ग्राहकले कुनै पनि राजनीतिक पार्टी र उम्मेदवारको कुनै पनि कुरा सुन्न नचाहेको बताउनुभयो । अपिल पनि नलिइ उहाँ आप्mनो बाटो लाग्नुभयो । शासक दलको देश हितविपरीतका गतिविधि, चुनावको बेला दिने आश्वासन पूरा नगर्ने, भ्रष्टाचार, कमिसनतन्त्रले गर्दा जनतामा रिस व्याप्त भएको र निराश भएको हामीले महसुस ग¥यौँ ।
सबै पार्टीलाई हेरिसक्यो अब नयाँलाई हेर्नुपर्छ 
दशकौँ अगाडिदेखि धेरै पार्टीलाई हेरिसक्यौं । अब नयाँलाई हेरिनेछ । यस जिल्लामा नेपाल मजदुर किसान पार्टी प्रवेश गरेको छ । संसदमा एक्लै भए पनि सङ्घर्ष गरेर कहिले पनि नथाक्ने पार्टी अब नेपाल मजदुर किसान पार्टीलाई पनि हेरिनेछ ।
धेरैसँग दोहोरो नागरिकता
चुनाव प्रचारप्रसार गर्दै जाने क्रममा हामी झन्डै नेपाल–भारत सिमानामा पुग्यौँ । भोट पनि माग्यौँ र हामीले आप्mनो विचार र सिद्धान्तको कुरा पनि राख्यौँ । नागरिकता विधेयकको कुरा गरिरहेकै बेला एक जनाले भनिहाले, यहाँका अधिकांश जनतासँग नेपाल र भारतको दोहोरो नागरिकता छ । नभन्दै केही दूरीमा हामीले एक जना नेपाली, पोखरेल थरको व्यक्तिसँग भारतीय रासन कार्ड पनि पायौँ ।
भारतीय नम्बर प्लेट भएको गाडी चढेर उम्मेदवारहरू चुनावी कार्यक्रममा
चुनाव प्रचारप्रसार सकेर हामी बस्ने कोठा पुग्यौँ र कोठाको बाहिर बसेर हामी सबै साथीहरू गफ गर्दै बस्दा एउटा भारतीय नम्बर प्लेट भएको गाडी हामी नजिक आएर रोक्यो । एकआपसमा परिचय भयो । परिचयपछि उक्त गाडीबाट आएका सबै जना नेपाली काङ्ग्रेसका विभिन्न सङ्गठनका कार्यकर्ता रहेको उनीहरूकै मुखबाट सुनियो । यसरी शासक दलहरू आप्mनो चुनाव प्रचार प्रसारमा भारतीय गाडी पनि प्रयोग गर्ने गरेको कुरा थाहा भयो ।
आचारसंहिताविपरीत ठाउँठाउँमा पार्टी र चुनाव चिह्नको झन्डा
निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता सबै पार्टीको लागि समान लागू हुनुपर्छ । तर, यहाँ निर्वाचन आचारसंहिता विपरीत निर्वाचन आयोगले स्वीकृति नदिएको साना गाडि, रिक्सा, टेम्पोलगायतका गाडीहरूमा गठबन्धनलगायतका राजनीतिक दलहरूको झन्डा धेरै देख्न सकिन्छ । उक्त दृश्य हेर्दा लाग्छ, आचारसंहिता भनेको ठूला दललाई होइन साना राजनीतिक दललाई मात्र लाग्ने रहेछ । निर्वाचन आयोगले केही गरेको देखिएन । यसमा निर्वाचन आयोग चुकेको देखिन्छ ।
ढिलो आउनुभयो अब राम्रो गर्नुपर्छ 
मोरङको यस क्षेत्रमा नेमकिपा ढिलो आएको देखियो । नेपालको राजनीतिमा सही र आप्mनो सिद्धान्तभन्दा बाहिर नगई काम गर्ने, सङ्घर्ष गर्ने अनि देश र जनताको पक्षमा सडक र संसद्मा आवाज उठाउने पार्टी नेमकिपा हो । अब यहाँ पनि सङ्गठन विस्तार गर्नुपर्छ ।
अबको चुनावमा जनता सचेत भएर मतदान गर्नुपर्ने भएको छ । देश र जनताको हितविपरीत सन्धि सम्झौता गर्ने पार्टीलाई भन्दा देश र जनताको सेवा गर्ने र राजनीतिलाई व्यापारभन्दा पनि देश र जनताको निःस्वार्थ सेवा गर्ने पार्टीको पक्षमा मतदान गर्नु नै हामी सबैको बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *