नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
२०५२ माघ १५ गते स्थापना भएको ‘नइ प्रकाशन’ का संस्थापकमध्ये एक जना नरेन्द्रराज प्रसाई नेपाली साहित्यमा एक चिनिएका र चर्चित व्यक्तित्व हुन् । २०७८ सालकै त्यस प्रकाशनले उनका साढे ६ दर्जनभन्दा बढी कृति लिखित र सम्पादित प्रकाशित भइसकेका छन् ।
२०७८ साल अर्थात् सन् २०२१ मा प्रकाशित नरेन्द्रराज प्रसाईको ‘प्रिय इन्दिरा’ शीर्षकको पत्र साहित्य हेर्दा दाम्पत्य जीवन र नाताकुटुम्ब, इष्टमित्रका साथै दक्षिण भारतको एक महाविद्यालयमा अध्ययनरत छोरा कङ्चनजङ्गाको जीवन, परिवारजन, परीक्षाको बेला एक्लो अनुभव नहोस् भन्ने उद्देश्यले हेरविचार गर्न जाँदाको यात्रा वर्णनले भारतको उत्तर प्रदेशको बस सेवामा भोगेका सुख–दुःख र चेन्नाईका जनजीवनको वर्णनले नेपाली पाठकहरूलाई नौलो जानकारी अनुभव हुनु राम्रो विषय हो ।
‘…एक दुई दर्जन फटाहाले गर्दा गोरखपुर बदनाम सहर मानिन थालेको छ । यहाँका केही मान्छेले नौला आगन्तुकलाई नसा लाग्ने वस्तु मिलाएर खुवाउने प्रबल सम्भावना हुँदो रहेछ । अनि त्यस्तो कुरा खाएर मान्छे बेहोस भएपछि उसका झिटीगुन्टा लुट्ने गरिँदो रहेछ ।’ (पृष्ठ, २३–२४)
गोरखपुर आउँदा सुनौलीदेखि भाडाका जिप, कार र सुमो चढ्ने गर्थेँ …ती गाडीमा दुई जनाको सिटमा पाँच जना बसाल्ने गरिँदो रहेछ । अनि पछाडिका सिटमा कति मान्छे बसाउँदा होलान्…। कानको जाली फुट्ने गरी हिन्दी गीत बजाएर गाडी हाँक्ने र सडकमा जिप, कार र सुमोहरू सडकमा पल्टिरहेका थिए । सुनौलीमा बसमा झोला राख्न पाएको हुँदैन निजी भाडाका खलासी र ड्रात्र आएर मालिकसँग नसोधे झोला तिनीहरूको लगेर राख्दा रहेछन् । भारतीय पर्यटकहरूको झोला पनि त्यसै अर्को जिपमा राख्दा भैरहवा एयरपोर्टदेखि मारुटी ड्रात्रले बल्ल बसमा राखिदिए । भारतीय पर्यटकहरूले समेत प्रसाईजीलाई गुनासो गरे, “हाम्रो बम्बईमा त यसो हुँदैन । यहाँ त खुला गुण्डागर्दी हुँदोरहेछ । यहाँका पुलिस के हेर्छन् ?’ (पृष्ठ २५)
गोरखपुरको टेलिफोन बुथमा पनि मनपरी र चर्को भाउ रहेछ र कम्प्युटर देखाएर भाउ बढाउँदा रहेछन् । दस रूपैयाँको बदला बीस रूपैयाँ ठटाउँछन् । इन्दिरालाई नरेन्द्र बताउँछन्, “यो गोरखपुर सहर सा¥है बिग्रेको रहेछ । यहाँ जसले जे गरे पनि हुनेरहेछ । यहाँको प्रशासन यिनीहरूको सामु एकदमै फितलो भई दिँदोरहेछ ।” (पृष्ठ – २५) आज एक ठाउँमा जाँदा ट्याक्सीले ६० रूपैयाँ लिन्छ भने भोलि त्यसै ठाउँमा १०० रूपैयाँ लिन्छ ।
यो यात्रा सन् २००४ को थियो । तर, आज उत्तर प्रदेशमा भाजपाको सरकार छ त्यसमा पनि मुख्यमन्त्री एक जोगी आदित्यनाथ हुन् । सालाखाला भारतको पुँजीवादी व्यवस्थामा अराजकताको राजभन्दा फरक नपर्ला ।
भारतको आन्द्र प्रदेशको चेन्नाइमा लेखकका छोरा कञ्चनजङ्घासँग बसको यात्रा गरे । कन्डक्टरले यात्रीसँग पैसा उठाउन नआएमा यात्रुले कन्डक्टरसँग गई पैसा दिएर टिकट लिनैपर्छ, पैसा नतिरी यात्रीका खुट्टाले भुइँ टेक्यो भने त्यही समय चेकिङमा प¥यो भने ५०० रूपैयाँ तिर्नुपर्ने, चेकिङले अरु पनि सजाय दिन सक्ने रहेछ ।
‘चेन्नाईमा तामिल र अङ्ग्रेजी भाषाका मात्रै लिपिका कागज पाइन्छ । ‘चेन्नाईमा हिन्दी भाषा बोल्ने मान्छे नै प्रायः भेटिँदैन । कथंकदाचित त्यस कोटीका मान्छे भेटिए भने तिनीहरूलाई हेय दृष्टिले हेरिँदो रहेछ । यस ठाउँमा हिन्दी भाषाका चलचित्र पनि देखाइँदैनन् र हिन्दी भाषाका गीत पनि गाइँदैनन् । यहाँ अङ्ग्रेजी र तामिल भाषालाई मात्र औपचारिक र सार्वजनिकीकरण गरिएको रहेछ ।
चेन्नाईमा बलिया बलिया लामखुट्टेका लागि त धुवाँ आउने हरियो अथवा कलेजी रङको चक्रदार धूपको धुनी नै जगाउनुपर्ने रहेछ ।’
‘टेबुलबाट भात खाएर उठेपछि मैलो कपडाले टेबुल पुछिँदो रहेछ र त्यसैमा अर्को मान्छे गएर बस्दो रहेछ । त्यसै रीतले हामी पनि त्यस्तै कुर्सीमा बस्यौँ । त्यहाँ हामीले केराका पातमा भात खायौँ । (पृष्ठ–४९)
हामी बसेको कोठाको छिमेकीले आज बिहानैदेखि उसकी स्वास्नी कुटिरहेको छ । … “बुबा ! त्यो अन्टी कस्ती सोझी छ । उसको लोग्नेले उसलाई प्रायः सधैँ कुटिरहन्छ ।” लेखकको भावुकता प्रस्टिन्छ – ‘आफैँलाई जन्माउने, हुर्काउने र लालनपालन गर्ने नारी जातिमाथि हातपात गर्ने पुरुष जातिलाई कसरी सभ्य भन्न सकिएला र ?’
भन्ने गरिन्छ– कुनै देश भौतिक प्रगतिले मात्रै विकास गरेर हुन्न, ठूलठूला र अग्ला अग्ला भवन होलान्, सडक सा¥है चौडा र राम्रो कालोपत्रे होलान्, तर बोली वचन, आपसी व्यवहार, खानपान, बानी–व्यहोरा, उठबस राम्रो भएन भने सभ्य र सुसंस्कृति मानिँदैन । भारतको उत्तर प्रदेश र विहारको प्रभावबाट मात्र नेपाललाई जोगाएर पुग्दैन । बरु, दक्षिण भारतकै नराम्रो संस्कृतिबाट जोगाउनु आवश्यक छ ।
‘चेन्नाईका मान्छेलाई पिसाब आयो भने भित्तातिर फर्कँदा रहेछन् । … बिहान हरेकका बाबुआमाले आफ्ना छोराछोरीलाई पिच रोडमा लगेर राख्दा रहेछन् । त्यसैले पुन्डलुमका पिच रोडमा राति हिँड्दा दिसामा टेकिने डर रहेछ ।’
पत्रमा यहाँ लेखकले इन्दिराजीलाई ‘राजधानी बागबजार’ र ‘भक्तपुर सहर पनि पहिला पहिला प्रायः दिसापिसाबकै थलो हुने गरेको मैले देखेको थिएँ ।’ (पृष्ठ–५६)
तर, ‘चेन्नाईका घरहरूमा सधैँ पूजा गर्ने चलन रहेछ । यहाँका मान्छे धनी गरिब जोसुकैले पनि आ–आफ्नो घरको परिसरको दैलो बाहिरको बिच भुइँमा पीठोले षट्कोण अर्थात् विभिन्न ढाँचाका नक्सा बनाई पुजा गर्दा रहेछन् । अनि षट्कोणको बिचमा एउटा फूलको थँुगो राखिँदो रहेछ । त्यो रीत यहाँ दैनिक कार्यमा नापिँदो रहेछ ।’
चेन्नाईका नारी जातिको हाउभाउ सा¥है सरल देखिन्छ । उनीहरूको पोसाकमा उच्छृङ्खलता हुँदैन । यहाँका नारीहरू मेकअप पनि गर्दैनन् भनेर म यहाँ आउनुअघि सुनेको थिएँ । हो, .. मैले चेन्नाईका एउटी नारीले पनि क्रिम र पाउडर लाएको देखिनँ । प्राध्यापक, अध्यापक, डाक्टर, इन्जिनियर, व्यापारी र अन्य कुनै पनि महिलाका गालामा कुनै रातो सेतो रङ दलेको मैले देखिनँ । बरु, पुरुष र स्त्रीहरूका निधारमा ठूलठूला बिगुत अथवा सेतो टीका देखेँ । (पृष्ठ : ५४–५५)
‘पुन्डलुममा एक पावा गाईका दूधमा चार पावा पानी र पिठो हालेर गाईको दूधको उत्पादन गर्दै बेच्ने चलन रहेछ । पेसागतरूपमा आबद्ध धेरैजसो अत्तो ड्रात्र त यहाँ छोटा नै छन्† पानी र दूध बेच्नेहरू पनि फटाहा हुँदा रहेछन् । हामीलाई सिलवाला खाने पानी बेच्ने परशुराम पनि त्यत्तिकै फटाहा थियो । नक्कली सिल हालेर ऊ लोकल पानी बेच्दै हिँड्दो रहेछ । हुन त नेपालमा पनि यीभन्दा चोट्टा मान्छेहरू पनि छन् ।’ (पृष्ठ–६०)
लेखकले आफ्नो चिट्ठीमा रोहितका जेलका चिट्ठीहरूबारे उल्लेख गर्दा पाठकलाई थाहा भयो कि ती रोहितका चिट्ठीहरूका पाण्डुलिपी चेन्नाईले अध्ययन गरेको उल्लेख छ ।
हामीले हाम्रा छिमेकी देशहरूको राम्रो र नराम्रो कुरा सिक्नुको अर्थ हो– राम्रो कुरा नेपालीहरूले पनि अँगाल्ने र नराम्रो छोड्नुपर्ने भनी बुझेर छोड्न छोडाउनुपर्ने रहेछ । पुस्तकको भाषा सरल छ र शब्दहरूको चयन पुरानो लेखाई भएर होला–लेखकका अन्य रचनाभन्दा फरक अनुभव हुन्छ ।
छोरोको अध्ययन र परीक्षाबारे हाम्रा सबै नेपाली नरेन्द्रजीजस्तै गम्भीर हुने भए कस्तो प्रगति हुन्छ होला । तर, हरेक घरका अभिभावकले भन्दा देशका अभिभावक , शिक्षामन्त्री, शिक्षा मन्त्रालयका ठालूहरू र जिल्ला शिक्षा अधिकारी एवम् कर्मचारीहरूले पिर लिएका भए देशको शिक्षामा एकरूपता आउने थियो र अभिभावकहरूले लेखक नरेन्द्रजीको जस्तै दुःख खेप्नुपर्ने थिएन विदेशमा ।
८४ पृष्ठको प्रिय इन्दिराको पत्रले नरेन्द्रजीको अनुभव हामी नेपाली पाठकहरूलाई भारतका केही प्रान्तका यातायात, बस व्यवस्था एवम् भाषा, साहित्य, धर्म र संस्कृति जान्ने अवसर प्राप्त भएकोमा लेखकप्रति पाठकहरू आभारी हुनु स्वाभाविक छ ।
Leave a Reply