नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
नोभेम्बर १६ को दिन जी २० को १७ औँ शिखर सम्मेलन इन्डोनेसियाको बाली टापुमा सम्पन्न भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ‘विकास’ लाई केन्द्रीय शब्द बनाएर जी २० का सदस्यहरूले अझ सहिष्णु, सहुलियत र लचिलो वैश्विक विकासलाई अघि बढाउँदै जाने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । उहाँको सम्बोधनलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ ।
विकास नै सबै समस्याको समाधान हुने मुख्य बिन्दु हुनुका साथै पुनरूत्थानलाई प्रवद्र्धन गर्ने केन्द्रीय शक्ति पनि हो । वर्तमान अवस्थामा हामीलाई के कस्तो विकास चाहिन्छ र ? उक्त शिखर सम्मेलनमा यस विषयबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले अझ सहिष्णु, अझ सहुलियत र अझ लचिलो वैश्विक विकासलाई अघि बढाउँदै जाने ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभएको हो । राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको ती तीन वटा प्रस्ताव निकै आवश्यक र महत्वपूर्ण रहेकोले अन्तर्राष्ट्रिय जगतले समर्थन गरेको हो । विश्व दिगो विकासमा जीवन्त शक्ति थपिदिएको मात्र नभई विश्वमा हामी के गर्दै छौँ भन्ने युगको समस्याको समाधानका लागि पनि उक्त प्रस्ताव आवश्यक छ ।
Leave a Reply