भर्खरै :

नयाँ युगमा पार्टी निर्माण र कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम केन्द्रको कार्यसम्बन्धी अभिमुखीकरण–१

नयाँ युगमा पार्टी निर्माण र कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम केन्द्रको कार्यसम्बन्धी अभिमुखीकरण–१

(कोरियाली मजदुर पार्टी केन्द्रीय समितिका महासचिव किम जोङ उनद्वारा अक्टोबर १७, २०२२ का दिन व्यक्त ऐतिहासिक स्मरणीय मन्तव्य)

कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम केन्द्रको इतिहास पल्टाउँदा यसलाई पार्टी केन्द्रीय समितिको प्रत्यक्ष निर्देशनमा पार्टी कार्यकर्ताहरूलाई तालिम दिनका लागि स्थापना गरेको स्पष्ट छ । पार्टी निर्माण र सङ्घर्षको हाम्रो लामो र गौरवशाली इतिहास केन्द्रीय कार्यकर्ता तालिम विद्यालयको महान् योगदानसित सम्बन्धित छ ।
पार्टी स्थापनाको सुरुवाती दिनहरूमा नै केन्द्रीय पार्टी विद्यालय स्थापना गर्नु हाम्रो पार्टीको अत्यन्त न्यायोचित र बुद्धिमत्तापूर्ण कदम हो ।
देशको स्वाधीनतापछि राष्ट्र निर्माण र सेना निर्माणमा केन्द्रित हुनुपरेको हाम्रो पार्टीले तीव्रगतिले सेना विस्तार र सशक्तीकरण गर्नुपर्ने महत्वपूर्ण कार्य गर्नुपर्ने चुनौती सामना ग¥यो । त्यतिबेला नै भविष्यको लागि आफूलाई एक समाजवादी शासक पार्टीको रूपमा विकास गर्न अत्यन्त महत्वपूर्ण सङ्गठनात्मक र वैचारिक जगहरू हाल्यो ।
राष्ट्रपति (किम इल सङ) को दूरदर्शी पहलकदमी र नेतृत्वमा पार्टी कार्यकर्ताहरूलाई तालिम दिनका लागि जून १, १९४६ मा हाम्रो देशमा पहिलो पटक एक स्थायी पार्टी विद्यालय स्थापना गरिएको थियो र त्यसले क्रान्तिको जरूरी कार्यभार र यसको रणनीतिक र ऐतिहासिक कर्तव्य पूरा गरेको थियो ।
केन्द्रीय पार्टी विद्यालयको स्थापनाले हाम्रो पार्टीलाई धेरै मुख्य कार्यकर्ताहरूलाई व्यवस्थित ढङ्गले वैचारिक तालिम दिन र जटिल एवं कठिन परिस्थितिबिच पनि सैद्धान्तिक र व्यावहारिक समस्याहरू गहनरूपमा समाधान गर्न सक्षम बनाएको शक्तिशाली इतिहास स्थापित ग¥यो ।
क्रान्तिको हरेक चरणले माग गरेको जिम्मेवारी पूरा गर्न कोरियाली मजदुर पार्टी केन्द्रीय तालिम विद्यालयले निरन्तररूपमा कार्यकर्ताहरूलाई तालिम प्रदान ग¥यो, पार्टीको विचारधारा, सिद्धान्त र नीतिहरूलाई सैद्धान्तिक एवं विस्तृत तरिकाले प्रणालीगत ग¥यो र पार्टीको सङ्गठनात्मक र वैचारिक सशक्तीकरणको रक्षा गर्न र शैक्षिक, व्यावहारिक एवं प्राज्ञिक क्षेत्रमा नेतृत्वकारी गतिविधि गर्न सक्षम बनायो ।
तालिम विद्यालयले उत्पादन गरेका ठुलो सङ्ख्याका पार्टी अधिकारीहरू र प्रतिभावान कार्यकर्ताहरूले आफ्नो प्रभावकारी तथा सक्रिय पार्टी गतिविधिको माध्यमले पार्टी एवं राज्यको निर्माणमा र क्रान्तिकारी सङ्घर्षको सबै क्षेत्रमा जनमानसको सक्षम नेतृत्वको उदाहरण कायम गरेका छन् र हाम्रो पार्टी र क्रान्तिको विजय अभियानमा ठुलो योगदान पु¥याएको छ ।
यो हाम्रो पार्टीको गौरव रहँदै आएको छ कि हामीसित प्रतिष्ठित शैक्षिक र वैचारिक क्याम्प रहेको छ र त्यसले उच्च चेतनाको जिम्मेवार कायम राखेर र क्रान्तिकारी आजु र सही शिक्षण पद्धति कायम राखेर हाम्रो समाजवादी शासक पार्टीको सङ्घर्षमा भरपर्दो टेवा दिइरहेको छ ।
आज हाम्रो पार्टीले अत्यन्त जिम्मेवार अवधि सामना गरिरहेको छ र यतिखेर पार्टीले आफूलाई अवश्यम्भावीरूपमा आफ्नो नेतृत्वको ८० वर्षदेखि १०० वर्ष वा त्योभन्दा पनि बढी लामो इतिहाससित जोड्नुपर्दछ । यस कार्यका कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम विद्यालयको भूमिका अत्यन्त महत्वपूर्ण छ ।
निश्चय पनि यदि पार्टीको ठुलो कार्यकर्ता पङ्क्तिलाई तालिम दिन शिक्षण प्रणाली पर्याप्त सक्षम नभएको भए पार्टीको दर्शन र क्रान्तिकारी विचारधारा महान् भए तापनि पार्टीले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनथ्यो । यदि पार्टीको लक्ष्यप्रति कटिबद्ध कार्यकर्ताहरूको लामो पङ्क्तिलाई जिम्मेवारी लिन सक्षम हुने गरी तयार नगरेको भए आफ्नो विचारधारा पुस्तान्तरण गर्न र उपलब्धि हासिल गर्न नसकेर हाम्रो पार्टीको भविष्य असोचनीय हुनसक्थ्यो । अब हामीले भावी कार्यकर्ताहरूलाई शिक्षा दिने प्रणाली र पार्टी कार्यकर्ताहरूलाई तालिम दिने कार्यमा नयाँ अन्वेषण र विकास ल्याउन जोड दिनुपर्छ ।
यतिखेर पार्टी केन्द्रीय समितिले समाजवादी निर्माणको व्यावहारिक आवश्यकतालाई दृष्टिगत गरेर पार्टी निर्माण र गतिविधिलाई सुधार र सशक्तीकरण गर्न जरुरी स्पष्ट विचारधारा, सिद्धान्तहरू र नीतिहरू तय गरेको छ । साथै जुछे क्रान्तिको भावी विकासका लागि अत्यावश्यक योजनाहरू तयार गरेको छ र तिनीहरूलाई कार्यान्वयन गर्न ठूलो प्रयास गरिरहेको छ । महत्वपूर्ण विचारधाराहरू, सिद्धान्तहरू र व्यावहारिक अनुभवहरूको खोजी गरिएका छन्, तिनीहरूको विकास गरिएका छन् र ऐतिहासिक सङ्घर्षको क्रममा पार्टी नेतृत्वको क्षमता सुधार गर्न, लडाइँको सक्षमता वृद्धि गर्न र नेतृत्वकला विकास गर्न कार्यान्वयन गरिएका छन् । पार्टीले नयाँ युगअनुसार क्रान्तिको विकास गर्न पार्टी कार्यकर्ताहरूको विकासलाई सुनिश्चित गर्ने, प्रणालीगत गर्ने र विलम्ब नगरी सिङ्गो पार्टीलाई सशक्त पार्ने कार्यमा वैज्ञानिक तरिकायुक्त बनाउने र पार्टीलाई दीर्घकालीनरूपमा विकास गर्ने कार्य पार्टीले गरिरहेको छ ।
कोरियाली मजदुर पार्टीले हासिल गरेका उपलब्धिहरू असङ्ख्य छन् । पार्टी विकासको क्रममा विगतका दशकहरूमा पनि पार्टीले नयाँ युगमा पार्टी निर्माणको नयाँ तरिका अभिमुखीकरण गरेको थियो र पार्टी विद्यालयको कार्यलाई व्यापक सुधार गरिएको थियो । तीमध्ये सिङ्गो पार्टीलाई किम इल सङवाद र किम जोङ इलवादको नमुना बनाउने दसवर्षे सङ्घर्ष अत्यनत महत्वपूर्ण थियो र त्यो एक दशकले हाम्रो पार्टीको अस्तित्व र भविष्य रक्षा गर्नमा निर्णायक भूमिका निर्वाह गरेको थियो ।
हाम्रो पार्टी र क्रान्तिले विगतका दशकहरूमा क्रान्तिको आधारभूत विशेषता कायम राख्दै उल्लेखनीय प्रगति र विकास ग¥यो । ती त्यतिबेलाको समय र सङ्घर्षका परिणाम भएकोमा कुनै शङ्का छैन । क्रान्ति हाम्रो पार्टीको अपराजित सङ्घर्षको परिणाम थियो र त्यसको निरन्तरता पार्टीले हरबखत सही सिद्धान्त र नीति विकास गर्न सक्नु तथा त्यसका लागि गहिरो सोचाइयुक्त वैचारिक जिम्मेवारी सफल हुनुको प्रतिफल हो । ती सबैविना आजको महान् वास्तविकता हामीसामु हुने थिएन ।
विगतका दशकका हाम्रो पार्टी निर्माणको विशेषताहरूमा वैचारिक पुस्तान्तरणको निरन्तरता र नयाँ अन्वेषणको एकीकरण थिए । उक्त एकीकरणले पार्टीलाई तत्कालीन क्रान्तिकारी कार्यभारहरू सम्पादन गर्न र दीर्घकालीनरूपमा पार्टी निर्माण गर्न सशक्तीकरण ग¥यो र क्रान्तिको भावी विकासलाई सुनिश्चित ग¥यो ।
बितेका दशकहरूमा कोरियाली मजदुर पार्टी आत्म सशक्तीकरणको लागि वैचारिक पुस्तान्तरण र एक ऐतिहासिक महत्व विकासमा लाग्यो । हाम्रो पार्टी निर्माणको विधिमा परिवर्तन ल्याउने विशेष घटनाका रूपमा एक पटकको पार्टी राष्ट्रिय सम्मेलन र दुई पटकको पार्टी महाधिवेशनलाई लिने गरिन्छ । हाम्रो पार्टीमा चौथो पार्टी राष्ट्रिय सम्मेलन र सातौँ र आठौँ पार्टी महाधिवेशनहरू पार्टीमा युग र पुस्ता परिवर्तन गर्ने उच्चस्तरीय बैठकहरूमात्र थिएनन् बरु ती क्षण पार्टी निर्माणको लागि नयाँ विधि स्थापित गर्ने अत्यन्त जरूरी र सक्रिय विकासको चरणको रूपमा अत्यन्त महत्वपूर्ण अवसर थिए ।
अप्रिल २०१२ मा भएको कोरियाली मजदुर पार्टीको चौथो राष्ट्रिय सम्मेलनले क्रान्तिकारी आजुलाई अगाडि बढाउनुपर्ने ऐतिहासिक कार्यभारलाई अक्षुण्ण राखी पार्टीको निर्देशक विचारधारा र सर्वोच्च कार्यक्रम परिभाषित ग¥यो । साथै क्रान्तिको पुस्तान्तरणलाई सुनिश्चित गर्दै आत्मविश्वासका साथ कार्यक्रमलाई कार्यान्वयनमा लान सक्षम नयाँ नेतृत्व चयान ग¥यो । त्यस सम्मेलनले पार्टीलाई ठोस राजनीतिक, सङ्गठनात्मक र विचारधारात्मक सुनिश्चितता प्रदान गर्नुका साथै जुछेको नयाँ शताब्दीको दृष्टिकोणले किम इल सङवादी–किम जोङ इलवादी पार्टी निर्माण गर्ने लक्ष्यलाई अगाडि बढायो ।
मे, २०१६ मा भएको सातौँ पार्टी महाधिवेशन कोमपाको इतिहासमा ३६ वर्षपछि भएको पार्टी महाधिवेशन थियो र त्यसले पार्टीको सशक्तीकरण र विकासमा नयाँ चरण थालनी ग¥यो । सातौं महाधिवेशनले गौरवपूर्वक कोमपालाई प्रतिष्ठित किम इल सङवादी–किमजोङइलवादी पार्टीमा रूपान्तरण गर्ने कार्यको समीक्षा ग¥यो, पार्टीको क्रान्तिकारी विशेषतालाई बलियो बनाउने सङ्घर्षको कार्यभार अगाडि बढायो र क्रान्तिको विकासको आवश्यकताअनुसार आफ्नो नेतृत्वकारी भूमिकालाई सुनिश्चित ग¥यो । त्यसले हाम्रो पार्टीको नेतृत्व र सङ्गठित शक्तिलाई स्पष्ट प्रदर्शन ग¥यो ।
जनवरी २०२१ मा भएको कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनले नेतृत्वलाई क्रान्तिकारी मोड प्रदान ग¥यो र हरेक तवरले पार्टीको प्रभावकारिता वृद्धिको लडाइँमा नेतृत्वलाई बलियो बनायो । आठौँ महाधिवेशनलाई थालनी बिन्दु बनाएर हाम्रो पार्टीले आफ्नो नियमित र प्रभावकारी कार्य प्रणाली कार्यान्वयन ग¥यो । त्यसले क्रान्तिको विकासलाई अगाडि बढायो र पाँच वर्षको चक्रमा आत्म सशक्तीकरण गर्ने प्रणाली स्थापित ग¥यो । आठौँ महाधिवेशनले समग्र पार्टी कार्यलाई पार्टीको नीति नियमबमोजिम गर्न दिगो र नयाँ तरिका विकास ग¥यो र पार्टीका केन्द्रीय अङ्गहरूको कार्य र भूमिकालाई पुनर्सङ्गठन र पुनव्र्यवस्था ग¥यो ।
यसबाहेक पार्टीको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न र सिङ्गो पार्टीलाई सशक्तीकरण गर्न अत्यावश्यक तत्व र सम्बन्धका लागि कोमपाको केन्द्रीय समितिको पूर्ण बैठकहरू र क्षेत्रीय बैठकहरू योजनाबद्धरूपमा भइरहेका छन् ।
हामी देख्न सक्छौँ, जनतालाई प्राथमिकतामा राख्ने सिद्धान्तहरूमा र पार्टीलाई सशक्त बनाउने र विकास गर्ने कुरामा हाम्रो पार्टीले ठूलाठूला लहरहरू ल्याएको छ र तिनले पार्टी निर्माण र विकासमा तथा पार्टी कार्यमा र पार्टी विकासको मार्गमा कोशेढुङ्गा स्थापित गरेको छ । हाम्रो पार्टी अनिवार्य पुस्तान्तरण र विकासको कार्यभारलाई क्रान्तिकारी तरिकाले एक समाजवादी शासक पार्टीको नेतृत्वको उत्तराधिकारमा आउनसक्ने द्विविधा र सङ्घर्षलाई रोक्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *