नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
कानुनका प्राध्यापक कटक मल्ल हाल स्वीडेनको स्टकहोम विश्वविद्यालयको ‘सेन्टर अफ इन्टरनेसनल एन्ड जस्टिस’ का सिनियर फेलोको ‘के संसार तेस्रो विश्वयुद्धको सङ्घारमा पुगेको हो ?’ शीर्षकको विचारोत्तेजक लेख ‘नयाँ पत्रिका’ २ मङ्सिर २०७९ मा छापियो ।
लेखकको भनाइमा परमाणु युद्ध भएमा कोही पनि बाँच्ने ग्यारेन्टी नहुने भएकोले सामुहिक विनाशकारी युद्धहरू कुनै पनि माध्यमबाट रोकिनुपर्छ भन्ने हो ।
उहाँ लेख्नुहुन्छ, “वास्तवमा अमेरिका र रूसले नै सबैभन्दा बढी अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खलल पु¥याइरहेका छन् । समयमा बढ्दो विश्वव्यापी असुरक्षा सुरक्षा परिषद्को असफलताको कारण र परिणाम हो ।”
मल्लजीले पुँजीवादी व्यवस्थामा पुँजीवादी देशहरू आपसी बजार र व्यापार एवं सस्तोमा कच्चा मालको क्षेत्र कब्जा गर्न आक्रमण र युद्ध गर्छन् भन्नेबारे केही ध्यान नगएको देखापर्छ ।
यसकारण, हरेक पुँजीवादी देशको चरम विकास नै साम्राज्यवादी युद्धको कारक हुने गर्छ । आज संरा अमेरिका नै संसारको सबभन्दा ठूलो पुँजीवादी देश हो र संसारमा २ सत्न्दा बढी देश र क्षेत्रहरूमा आफ्ना सैनिक अखडाहरू राखेका छन् । अमेरिकी सेना कोठामा सजाउने फूलदानको गुलाब होइन । कोरिया प्रायःद्वीप, भियतनाम, लावस, कम्बोडिया, इराक, लिविया, अफगानिस्तान र सिरिया यसका उदाहरण हुन् ।
संसारका सबै न्यायप्रेमी देशहरू र जनता अमेरिकी साम्राज्यवादको विरोधमा शान्ति आन्दोलनको निम्ति अग्रसर हुनु आवश्यक छ । संरा सङ्घ र सुरक्षा परिषद्समेत अमेरिकी प्रभुत्वमा छ । संरा सङ्घ र सुरक्षा परिषद्बाट नराम्रो निर्णय संरा अमेरिकाकै कारण हुने गरेको सारा सचेत जनताले अनुभव गरिसकेको विषय हो ।
मल्लजीको अर्को खोटपूर्ण निष्कर्ष हो, “युक्रेनमा स्पष्टरूपमा रूस आक्रामक छ ।”
सोभियत सङ्घ साम्राज्यवादी देशहरूकै षड्यन्त्र र अन्तरध्वंशको कारण १४–१५ टुक्रामा विभाजित भयो । साम्राज्यवादी देशहरूले सोभियत सङ्घबाट अलग हुने आफ्ना प्रान्तहरू र जातीय राज्यहरूलाई नाटोको सदस्य नबनाउने सर्तमा सोभियत सङ्घको विघटन भएको थियो । यसमा अमेरिकी साम्राज्यवादको नेतृत्वमा नाटोले सोभियत सङ्घ, पछि रूस र रूसी जनतालाई विश्वासघात गरेको थियो ।
युक्रेनमा अमेरिकी साम्राज्यवाद र नाटोले ३० वटा किटाणु युद्धको निम्ति गुप्तरूपमा प्रयोगशालाहरू चलाएको र अनेक अत्याधुनिक हातहतियार जम्मा गरेका थिए ।
८० प्रतिशत रूसी जाति भएको दोनवास्क र दोनेस्कका दुई गणतन्त्रहरूमाथि युक्रेनका नवनाजीवादीहरूले सन् २०१४ देखि अर्थात् ८ वर्षदेखि आक्रमण गर्दै थिए ।
नवनाजीवादीहरू युक्रेनलाई दुई भागमा विभाजित गरी एक भागमा बेलायती अङ्ग्रेजी र अर्को भागमा अमेरिकी अङ्ग्रेजीभाषी विद्यालयहरू चलाएर रूसी भाषा बोल्न नपाउने र रूसी साहित्यलाई जलाउने प्रतिक्रियावादी र जातिवादी गतिविधि गरेका थिए । यसका मुख्य सूत्रधारहरू नै अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईए र बेलायती जासुसी संस्था हुन् भन्नेबारे व्यापक चर्चा गएका वर्षहरूमा भएको थियो ।
यस घटनाबाट थाहा हुन्छ – रूस आक्रामक होइन बरू आत्मरक्षाको निम्ति प्रत्याक्रमण रूसको स्थिति हो । यसको एक कारण संरा अमेरिका र नाटोसँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार माग्ने अनि तुरून्तै पूर्ति गर्ने तथा थप युद्धको निम्ति उत्तेजित गर्ने कार्य पश्चिमी देशहरूकै नीति प्रस्ट छ ।
मल्लजीको खोटपूर्ण ठम्याइ हो, “अहिले सङ्कट रूस र चीनको ढोकामा छ ।”
मल्लजीको यो ठम्याइ इतिहासको रङ्गमञ्चमा उल्टो छ । युक्रेन हिजो रूसकै भाग थियो र थाइवान वा फार्मोसा पनि चीनकै अभिन्न अङ्ग थियो । संरा अमेरिका र नाटो युक्रेनलाई बाटो बनाएर संसारको एक अथाह प्राकृतिक स्रोत र साधनलाई कब्जा गर्न संरा अमेरिकाले युक्रेनको काँधमा बन्दुक बिसाएर रूसी महासङ्घमाथि हमला गर्दै छ । सन् २०१४ देखिकै त्यो हमलालाई पश्चिमेली सञ्चारमाध्यम मौन रहनु स्वयं गम्भीर विषय थियो ।
क्युवामा सोभियत मिसाइल पुग्नु सोभियत कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रवाद थियो र मिसाइल फिर्ता ल्याउनु अमेरिकी साम्राज्यवादको आतङ्कवादको सामुने आत्मसमर्पणवाद थियो ।
युद्धको सम्भावना र युद्धबाट जित्ने सुनिश्चितता
साम्राज्यवादी देशहरूले निर्दोष जनता र देशहरूको धनजनको क्षतिलाई मानवीय दृष्टिले हेर्ने गरेको भए युद्ध हुने नै थिएन । दोस्रो विश्वयुद्धमा जापानको अमेरिकी क्षेत्रमा भएको आक्रमणले बदलाको भावना, जापानले आत्मसमर्पण नगरे ४–५ वर्ष युद्ध लम्बिने, त्यस्तो स्थितिमा पुनः अमेरिकी सेना र पश्चिमी देशका ४–५ लाख सेनाको हताहत हुने र अनेक धनजनको क्षति हुने साथै दक्षिणपूर्वी एसियामा पूर्णरूपले साम्यवादी प्रभाव बढ्ने हुनाले छिटो युद्ध समाप्त गर्न जापानमा ‘नयाँ हतियार’ (अणु बम) प्रयोग गरी अमेरिकी साम्राज्यवादको शक्तिलाई दक्षिणपूर्वी एसिया र संसारमा आफ्नो विजयको उद्घोष गरेको थियो ।
यदि साँच्चै साम्राज्यवादी सरकारहरू युद्ध नचाहेका र धेरै जनधनको क्षति नचाहेका भए कोरिया युद्ध (१९५०–५३) देखि अहिलेसम्मको क्षेत्रीय युद्धहरूमा भएको धनजनको क्षति पहिलो र दोस्रो विश्वयुद्धमा भएको ध्वंशभन्दा कम होइन भन्ने आकलन धेरै विद्वानहरूको छ । तर, फेरि पनि युद्ध किन हुँदै छ ¤?
संरा अमेरिका र नाटो देशहरू अन्य कुनै पनि तेस्रो देशका मुलुकको आर्थिक विकास, शिक्षा–स्वास्थ्य, विज्ञान–प्रविधि र जीवनस्तर उठेको हेर्न चाहँदैनन् । इराक र लिवियाका जनताले पाएका सुविधाहरू के संरा अमेरिकामा थियो ? झूटो मानव अधिकारको नाउँमा आफै धामी र आफै बोक्सीको खेल खेली तेस्रो देशलाई उठ्नै नदिनु के सभ्यताकै लडाइँ होइन ? ती देशमा समाजवाद कहाँ थियो ?
ती सबै मूल्याङ्कनको आधारमा पश्चिमेली प्रगतिशील विद्वानहरू र रणविद्हरूले समेत २० वर्षअघि नै अनुमान गरिसकेका थिए – क) दुइटा विश्वयुद्ध झेलेको पश्चिमी संसारले अब तेस्रो विश्व युद्ध ठेग्न सक्दैन ।
अबको युद्ध जनसङ्ख्या र आर्थिक वृद्धिमा अगाडि बढ्दै गरेको एसियाले तेस्रो विश्वयुद्ध ठेग्न सक्छ । त्यसको अर्थ प्रस्ट हुन्छ –
एक, तेस्रो विश्वयुद्ध यूरोपमा होइन एसियामा पु¥याउनुपर्छ । त्यसको निम्ति युक्रेनबाट युद्ध सुरू गरी रूसको छुटिएका पश्चिमी राज्यहरू स्टोनियादेखि मोल्डोभियासम्म नाटोले लिएपछि मध्य एसियाका पूर्व सोभियत गणतन्त्रहरू जर्जियादेखि कजाकिस्तान, तुर्कमनिस्तान, उज्वेकिस्तानसमेतलाई भड्काउँदै ब्लाडिभोस्टकसम्म पुग्ने बाटो खोल्नेछ ।
त्यसपछि चीनलाई उत्तर र पूर्वबाट घेर्न तथा भारतको अगुवाइमा दक्षिणबाट चीनलाई हान्ने उद्देश्य बताइन्छ ।
दोस्रो, नत्र चीन र भारतको आर्थिक विकासले पश्चिमी देशको अर्थतन्त्रको प्रगतिमा ठूलो बाधा सिर्जना हुनु स्वाभाविक हो ।
तेस्रो, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा भइरहेको जनसङ्ख्या वृद्धि स्वयं आत्महत्या सावित हुने अथवा माल्थसको सिद्धान्तलाई आत्मसात गरेमा जनसङ्ख्याको स्वाभाविक सन्तुलन हुनेछ ।
चौथो, सैनिक र आर्थिक स्थितिले दिएका र जनमतलाई भाँड्न सक्ने देखेमा पश्चिममा बढ्दै गएको अति दक्षिणपन्थी शक्तिले युद्धको वकालत गर्न सक्नेछन् । यसबारे हतियारका व्यापारी र युद्धबाट फाइदा उठाउने कम्पनीहरूमाथि पश्चिमी देशका जनताले रोक्न सक्ने स्थिति तयार हुने आशा छ ।
सारमा, संसारका जनता तुलनात्मकरूपले सचेत भइसकेको र शान्ति र प्रगतिको पक्षमा उभिएको हुँदा विश्व प्रजातान्त्रिक आन्दोलनले युद्धविरोधी आन्दोलनलाई समर्थन जनाउनु आवश्यक छ ।
Leave a Reply