नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
आज आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, विश्वसनीय र मर्यादित हुनुपर्छ । सरकार र निर्वाचन आयोगले पनि निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था मिलाइसकेको छ । प्राप्त जानकारीअनुसार प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन निष्पक्ष र मर्यादित भयो भने निर्वाचन शान्तिपूर्ण हुन्छ । निर्वाचन शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुनुपर्छ ।
निर्वाचन शान्तिपूर्ण बनाउन कहीँ कतैबाट कसैले पनि गल्ती काम गर्नुहुँदैन । निर्वाचनमा खटेका निर्वाचन अधिकृत, सहायक अधिकृत तथा सम्बन्धित कर्मचारीहरू सबै इमानदार हुनुपर्छ । कसैलाई पक्षपात नगरी राम्रो व्यवहार गर्नुपर्छ । तिनीहरू कलुषित हुनुहुँदैन । मत पत्रमा निर्वाचन अधिकृतको सही भएन, मतपत्रमा दलको चिह्न भएन भने त्यहाँ स्वाभाविकरूपमा विवाद हुन्छ । निर्वाचन निष्पक्ष बनाउन कुनै पनि दल र दलका नेताहरूले शक्ति र सत्ताको आधारमा कसैलाई डर, धम्की दिने काम गर्नुहुँदैन । निर्वाचन बिथोल्नको निम्ति कसैले हुलदङ्गा मच्चाउन सक्छ, हाहु गरेर या मतदातालाई आतङ्कित बनाएर कममात्र मत खसाल्ने जाल बुनेको हुनसक्छ । निर्वाचन अघिको मात्र हाइन निर्वाचनकै दिन कुनै पनि दलका नेता तथा कार्यकर्ताले पैसा बाँडेको हुनसक्छ । कुनै न कुनै निहुँ खोजेर मतदान केन्द्रमा हस्तक्षेप गर्नसक्छ, मतपेटिका जलाउन सक्छ । विगतका यस्ता घटनालाई मध्यनजर गरेर सुरक्षा निकाय सतर्क र चनाखो हुनुपर्छ ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएरमात्र पुग्दैन । निर्वाचन सम्पन्न भएपछि सुरक्षाकर्मीको रोबहरमा मतपेटिका निश्चित स्थानमा पु¥याउनुपर्छ । मतपेटिका निश्चित स्थानमा पु¥याउन विलम्ब भएमा अनेक शङ्का उत्पन्न हुन्छ । मतपेटिका सबै निश्चित स्थानमा पुगिसकेपछि मतगणनाको लागि तयारी गर्नुपर्छ । मतगणनामा पनि कर्मचारीहरूको बेइमानीको कारण धाँधली हुन्छ या एउटा दलको चिह्नले पाएको मत अर्को दलको चिह्नमा मिलाइएको हुनसक्छ । यसले गर्दा मतगणनामा विवाद हुन्छ र नतिजा सार्वजनिक गर्न ढिलो हुन्छ । यसरी मतदान केन्द्र, मतपेटिका राख्ने स्थल र मतगणनास्थल सबै ठाउँमा विश्वासिलो वातावरण हुनुपर्छ । अनिमात्रै साँच्चै निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित हुन्छ । देशभरि नै यस्तो वातावरण भयो भने निर्वाचन सफल हुन्छ र यसले पछिल्ला निर्वाचनको लागि राम्रो या सकारात्मक सन्देश जान्छ ।
Leave a Reply