नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
(भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको एकसय दिन’ विषयक कार्यक्रममा सोमबार प्रस्तुत नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्यसहितको प्रतिवेदन’ यहाँ प्रस्तुत छ । – सम्पादक)
भक्तपुर नगरपालिकामा हामी निर्वाचित भएर सपथग्रहण गरेको आज एकसय दिन पुग्यो । २०७४ वैशाख ३१ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएर जेठ ७ गते हामीले सपथ ग्रहण ग¥यौं । सर्वप्रथम हामीलाई अत्यधिक मत दिएर विजयी गराउने सम्पूर्ण भक्तपुरवासी मतदाता दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । यस अवधिमा नगरको विकासको लागि जनप्रतिनिधिहरूलाई आ—आफ्नो क्षेत्रबाट अमूल्य सल्लाह र सुझावहरू दिएर सहयोग गर्नुहुने सबै तह र तमाम जन समुदायलाई म नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
भक्तपुर नगरपालिका नगरवासीहरूको साझा संस्था हो । भक्तपुर नगरलाई सफा र सुन्दर बनाई पर्यटकहरूको गन्तव्यस्थल बनाउने, ज्ञान विज्ञानको केन्द्र बनाउने र नेपालकै एक उदाहरणीय नगरको रुपमा विकास गर्ने हाम्रो सङ्कल्प हो । इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु नै राजनीति हो भन्ने मान्यताबाट दीक्षित हामी जनप्रतिनिधिहरूको देश र जनताको हितमा काम गर्नुबाहेक अर्को कुनै स्वार्थ छैन । जनप्रतिनिधिहरू जनताका हरेक समस्या छलफलबाटै टुङ्गयाउन चाहन्छन् । स–साना विषयमा विवाद हुँदा जनताको समय र सम्पत्ति नास हुने र त्यसबाट कसैको पनि हित नहुनेबारे हामी जनप्रतिनिधिहरू अत्यन्त सचेत छौं । अंशवण्डा, सम्बन्ध विच्छेद, लेनदेन, हकबेहकजस्ता विषयका विवादहरू र मुद्दा मामिलाहरू जनप्रतिनिधिहरूकै पहलमा स्थानीय स्तरमै मिलाउने प्रयास गर्दैछौं ।
जनप्रतिनिधिहरूको सहयोगको भावनामाथि शङ्का गर्नेहरू पनि नभएका होइनन् । केही असन्तुष्ट पक्षहरूले जनप्रतिनिधिहरूको स्वच्छ भावनामाथि लाञ्छना लगाउने गरेको तीतो यथार्थ पनि हामीले अनुभव गरेका छौं । पार्टी घोषणापत्र नै नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूको काम गर्ने मार्गचित्र हो । निर्वाचनको बेला जनतालाई दिइएको वचनअनुसार हामीले कार्य थालनी ग¥यौं । २०७४ असार २९, ३० र ३१ गते सम्पन्न भ.न.पा.को पहिलो नगरसभाले रू. १ अर्ब ५ करोड ५५ लाखको बजेट पारित ग¥यो । भक्तपुर नगरपालिकाको आव २०७४÷०७५ को बजेट निर्माण सम्बन्धमा नगरपालिकाले नगरका किसान, मजदुर, महिला, शिक्षक, व्यापारी, बुद्धिजीवीलगायत विभिन्न समुदायसित असार ७ गतेदेखि १२ गतेसम्म सुझाव सङ्कलन गरेको थियो । नगरसभाले नगरपालिका कार्य सञ्चालन कार्यविधि २०७४, नक्सापाससम्बन्धी सङ्क्षिप्त कार्यविधि २०७४, बैठक सञ्चालन कार्यविधि २०७४ र जन प्रतिनिधिहरूले पालना गर्नुपर्ने आचारसंहिता २०७४ पारित ग¥यो । तिनै कार्यविधिअनुसार भ.न.पा.ले कार्य गर्दै आएको छ ।
महत्वपूर्ण बैठक तथा भेटघाट.
जेठ १० गते नपाका पदाधिकारीहरू र मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) परामर्शदाता समूहका वरिष्ठ इञ्जिनियर ढुण्डिराज दाहाल, समाजशास्त्रीहरू मुकुण्ड अर्याल र मिन दाहालसित हनुमन्ते खोलाको सुधारबारे छलफल भयो ।
२०७४ जेठ १२ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूलाई नगरपालिकाको स्वीकृति नलिई घर, टहरा वा कुनै संरचना निर्माण नगर्न पत्राचार गरियो ।
२०७४ जेठ २१ गते जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरूको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भयो ।
२०७४ जेठ २२ गते सामाजिक सुरक्षा भत्ता वितरणको विषयमा नेपाल बैङ्क, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुखहरूसित छलफल भयो । भक्तपुर नगरभित्र सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउने विषयमा छलफल केन्द्रित थियो । .
२०७४ असार ५ गते काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा काठमाडौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरूको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्मार्ट सिटीको नाममा उपत्यकाका सबै जग्गा कित्ताकाट रोकी जनतालाई दुःख दिएको र मेक्सिको सिटी बनाउन खोजेको बतायौं । पछिल्लो बैठकले आवास योजना, मुद्दा परेको, अंशवण्डा, भूकम्प पीडितहरूको जग्गा कित्ताकाट नरोक्ने निर्णय ग¥यो ।
असार १९ गते नगरपालिका कार्यकक्षमा जापानी राजदूतसित र साउन १ गते प्रजग कोरियाका राजदूतसित भेटघाट गरी दुई मुलुकका नगरहरूबीच मित्रता बढाउनेबारे छलफल भयो ।
असार २६ गते नगरबासीहरूबीच सार्वजनिक सुनुवाइ सम्पन्न भयो ।
२०७४ असार २६ गते व्यवस्थापिका–संसदको सुशासन समितिका सांसदहरू र काठमाडौं र ललितपुुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुखहरूबीच अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा आदेशको भरमा शासन चलाउनु गलत भएको विचार राख्यौं ।
२०७४ साउन ८ गते व्यवस्थापिका–संसदको लेखा समितिले काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुखहरूलाई आमन्त्रण गरी स्थानीय तहले भोगिरहेको समस्याबारे छलफल ग¥यो । खानेपानी, सडकलगायतको समस्याबारे जानकारी गराउँदै र स्थानीय तहसम्बन्धी विधेयक शीघ्र पारित गर्न जोड दियौं ।
साउन २१ गते व्यवस्थापिका–संसदको विकास समितिले आमन्त्रण गरेको बैठकमा सहभागी भई केन्द्रबाट स्थानीय तहमा कर्मचारी पठाउनु स्वायत्ततामाथि हस्तक्षेप भएको विचार व्यक्त ग¥यौं ।
२०७४ साउन २६ गते सडक बोर्डको आयोजनामा काठमाडौं उपत्यकाका प्रमुख र उपप्रमुखहरूको बैठक भयो । बैठकमा सडक बोर्डले जिम्मेवारीपूर्वक कार्य नगरेको हुँदा सडक बोर्ड खारेज गरी सडक मर्मतको रकम स्थानीय तहलाई दिनुपर्ने माग ग¥र्यौं । अब म एकसय दिनको अवधिमा भ.न.पा.ले गरेका प्रमुख कार्यहरूको सङ्क्षिप्त जानकारी प्रस्तुत गर्दछु ः
१. सरसफाइ :
सर—सफाईमा भ.न.पा.को निकै ठूलो लगानी छ । १४९ जना कर्मचारीहरू सरसफाइको क्षेत्रमा कार्यरत छन् । आ.व. २०७३।७४ मा सफाइको लागि रु. ६ करोड ११ लाख ६१ हजार खर्च भएको थियो भने आ.व. २०७४।७५ मा ६ करोड ६६ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ । भक्तपुर नगरभित्र दैनिक ३० टनको दरले फोहर उत्पादन हुने गरेको छ । प्रति केजी फोहर सफाइको लागि गत वर्ष रु. ८.८० पैसा परेको थियो भने यो वर्ष रु. ९.८० पैसा पर्ने अनुमान छ । नगर सफा गर्ने काम नगरवासीहरूको साझा दायित्व हो भन्ने भावना विकास गर्न नगरमा रहेका टिम, क्लब, वाचनालय, पुस्तकालयलाई पनि सफाइकार्यमा सकृय बनाउने प्रयास गरिरहेका छौं । साउन १ गतेदेखि हरेक महिनाको १ गते र १५ गते भ.न.पा.का सबै जना प्रतिनिधिहरू, कर्मचारीहरू, स्थानीय टिम, क्लब, दाफा भजनलगायत स्थानीय जनसमुदाय परिचालन गरी सफाइअभियान सुरु गरेका छौं । साउन १ गते न.पा. प्राङ्गणबाट वृक्षरोपण गरी सुरु भएको सफाइअभियान त्यसपछि भ.न.पा ७ को कमल पोखरी, याता पोखरी, खँचा पोखरी, सिद्ध पोखरी, भाजु पोखरीको डिललगायतका क्षेत्रमा सफाइगरिसकेका छौं भने महेश्वरीमा वृक्षरोपण, गरुड कुण्डलगायतमा सफा गर्ने कार्य सम्पन्न भएको छ । भदौ ७ गते नगरभित्र रहेका सरकारी र निजी विद्यालयका प्रधानाध्यापकहरू भेला गरी नगर क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरू सफाईसम्बन्धी छलफल ग¥यौं । सहभागी प्रधानाध्यापकहरूले आ–आफ्नो पायक पर्ने ठाउँमा रहेका ढुङ्गेधारा, पोखरी, सत्तल, मन्दिरलगायतका सम्पदाहरू नियमित सरसफाइगरी सहयोग गर्ने वचन दिनुभयो । त्यसबाट हामी जनप्रतिनिधिहरू अत्यन्त खुसी छौं । केही दिनपछि नै नगरभरिका विद्यालयहरू, कलेजहरू, टीम, क्लब, वाचनालयहरू सफाइ कार्यमा सक्रियतापूर्वक लाग्ने हाम्रो विश्वास छ । सरसफाइलाई अझ प्रभावकारी बनाउन सरसफाइको लागि ३ वटा गाडी, १० वटा तीनपाङ्ग्रे ट्राइ साइकल, १० वटा स्टायण्डसहितको कुहिने र नकुहिने वस्तु राख्ने डष्टविन र ५ वटा हाते ब्रोमर खरिद गर्ने निर्णय गरिसकेका छौं र कतिपय सामानहरू प्रयोगमा आइसकेका छन् भने कतिपय सामानहरू खरिद प्रक्रियामा छन् । घर घरबाटै कुहिने र नकुहिने वस्तु छुट्याई सङ्कलन गर्न आवश्यक डष्टविनको व्यवस्था गर्ने तयारी गरिरहेका छौं । ७० प्रतिशत कुहिने वस्तु उत्पादन हुने अध्ययनले देखाएको हुँदा त्यसलाई कम्पोष्ट मलको रुपमा प्रयोग गरी कृषकहरूलाई बिक्री गरेर फोहरलाई स्रोतको रुपमा विकास गर्ने हामीले कोशिश गर्दैछौं ।
२. स्वास्थ्य सेवा
भक्तपुर नगरपालिकाले च्याह्मासिंह र भगवती स्थान गरी २ वटा जनस्वास्थ्य केन्द्रहरू तथा व्यासी र च्याह्मासिंहमा सहरी स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै आएको छ । ती जनस्वास्थ्य केन्द्रहरूमा दैनिक ३०० भन्दा बढी बिरामीहरूको उपचार भइरहेको छ । ती स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्ने तयारीमा छौं । च्याह्मासिंहस्थित जनस्वास्थ्यकेन्द्रलाई निकट भविष्यमै २५ शैय्याको ख्वप अस्पतालको रुपमा विकास गर्ने र त्यसको लागि हाल जनस्वास्थ्य भवनसँगैको जग्गामा अस्पताल भवन बनाउन नक्सा बनाउने कार्य भइरहेको छ भने भवन निर्माण सम्पन्न नहुञ्जेल हाल जनस्वास्थ्य भवनकै प्राङ्गणमा पश्चिम–उत्तरतर्फ व्यवस्थित टहरा निर्माण गरी अस्पताल सञ्चालन गर्ने तयारी गर्दैछौं । जनतालाई घरघरमा नर्सिङ सेवा दिने निर्वाचन घोषणापत्रमा उल्लेख भएअनुसार आजकै मितिबाट नर्सिङ सेवा सुरु हुनेछ । पहिलो चरणमा वडा नं. ३, ४ र ६ गरी तीनवटा वडामा सुरु गर्नेछौं । प्रत्येक वडामा १ जना स्टाफ नर्स र साथमा स्वास्थ्य स्वयम्सेविका रहने व्यवस्था मिलाएका छौं । घर घरमा जाने नर्सहरूले निम्नलिखित कार्यहरू गर्ने कार्यविधि बनाइएको छ ः
समुदायमा परिचालन हुने स्वास्थ्यकर्मीहरूको कार्य विवरण
स्वास्थ्यसम्बन्धी पारिवारिक विवरण तयार गर्ने, .अशक्त तथा ज्येष्ठ नागरिकहरूको हेरविचार गर्ने,
पिसाबसम्बन्धी समस्या भएका बिरामीहरूलाई घरमै ऋबतजभतभच लगाई दिने, तिनीहरूको हेरविचार गर्न सिकाउने,
खाना खाने कृत्रिम पाइप राखी दिने तथा हेरविचार गर्न सिकाउने,
अक्सिजन, वाफ लिने, चिसो तातो सेक्ने विषयमा ज्ञान दिने,
घाउको सरसफाइगर्ने (आवश्यकताअनुसार),
समुदायमा महिनाको कम्तीमा एक पटक स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने,
गर्भवती आमाहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यकताअनुसार स्वास्थ्य संस्थामा प्रेषण गर्ने,
स्त्री रोगसम्बन्धी रोगको छानबिन गर्ने,
महिलाहरूलाई स्तन परीक्षण आफै गर्न सिकाउने,
सुत्केरी आमाहरूको स्याहारसुसार गर्न सिकाउने,
५ वर्षमुनिका बच्चाहरूको पोषण स्थिति पत्ता लगाउने, पूर्ण खोप सुनिश्चित गर्ने, श्वासप्रश्वाससम्बन्धी रोग तथा जलवियोजनसम्बन्धी अवस्थाको पहिचान गरी आवश्यक व्यवस्था गर्ने,
सुरक्षित गर्भपतन सेवासम्बन्धी ज्ञान प्रचारप्रसार गरी आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गर्ने,
महिनामा एकपटक विद्यालय स्वास्थ्य शिक्षा चलाउने,
दन्त स्वास्थ्य, मानसिक स्वास्थ्य, सुरक्षित खानेपानी तथा वातावरणीय सरसफाइजस्ता आधारभूत स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्ने,
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा
ज्येष्ठ नागरिकहरूको नियमित रक्तचाप परीक्षण
रगतमा चिनीको मात्रा अनुगमन
आवश्यक स्वास्थ्यसम्बन्धी सरसल्लाह दिई आवश्यकताअनुसार स्वास्थ्य संस्थामा प्रेषण गर्ने.समुदायलाई क्षयरोग मुक्त बनाउन प्रत्यक्ष निगरानीमा औषधि खाने व्यवस्थालाई व्यापक प्रचारप्रसार गर्ने र
आँखासम्बन्धी रोगको जानकारी दिई आवश्यकताअनुसार स्वास्थ्य संस्थामा प्रेषण गर्ने ।
३. कला संस्कृति संरक्षण
भक्तपुर नगर कला संस्कृतिले सम्पन्न नगर हो । वास्तुकला, काष्ठकला र प्रस्टर कलामा अनुपम नमुनाहरू भएको भक्तपुर भूकम्पपछि क्षतविक्षत भयो । २०७२ सालको भूकम्पले ७२ वटा सम्पदाहरूको पूर्ण क्षति भयो भने ६२ वटा आंशिक क्षति भएको पाइएको छ । ती क्षतिग्रस्त सम्पदाहरूको पुनः निर्माण नगरपालिकाले गर्दैछ । वत्सला मन्दिर, केदारनाथको मन्दिर, रामेश्वर मन्दिर निर्माणाधीन छन् भने हामीले कार्य सम्हालेपछि वडा वडामा रहेका पाटी, ढुङ्गेधारा, मन्दिरको ल.ई. पास गरी उपभोक्ता समितिमार्फत कार्य भइरहेको छ र कतिपय सम्पदाहरू निर्माणको तयारीमा छौं । भैरवनाथ मन्दिर मर्मतको लागि ल.ई तयारी भइसकेको छ । गाईजात्रा पर्व २०७४ लाई पनि मूल्याङ्कनको आधारमा पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिएका छौं । परम्परागत र आधुनिक बिधाको छुट्टा छुट्टै मूल्याङ्कन गरी समयानुकुल रकम वृद्धि गरी पुरस्कारको व्यवस्था गरिएको छ । गाईजात्राको लागि पुरस्कार ७ लाख ३५ हजार रुपैयाँ छुट्याएका छौं ।
४. खेलकुद
भक्तपुर नगरपालिकाले खेललाई पनि प्राथमिकतामा राख्दै आएको छ । फूटबल, भलिबल, बक्सिङ, टेबुलटेनिस, करातेलगायत ५ वटा खेलहरूको प्रशिक्षण चालू छ । न.पा.को प्रशिक्षणमा सहभागी थुप्रै खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भएका छन् । खेललाई अझ व्यवस्थित बनाउन खेलकुद नीति तयार गरिसकेका छांै । खेलकुद नीतिअनुसार राष्ट्रिय, क्षेत्रीय, जिल्ला, नगर र वडास्तरको प्रतियोगिता गर्ने आयोजक टीम, क्लबहरूलाई खेलको प्रकृति र स्तर हेरी आर्थिक सहयोग दिने तयारी गरिसकेका छौं । त्यसैगरी प्रशिक्षक र प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूको लागि दैनिक र खाजा भत्ताको व्यवस्था मिलाइएको छ । आगामी कार्तिक ९, १० र ११ गते अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुनेछ । त्यस प्रतियोगितामा भलिबल, फूटबल, टेबुलटेनिस, व्याडमिन्टन, बुद्धिचाल, कबड्डी, खो खो र एथलेटिक्स गरी जम्मा ८ वटा खेलका खेलाडीहरूकोे सहभागिता रहनेछन् । नगरपालिकाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी र पुरस्कृत खेलाडीहरूलाई २०७४ असार २३ गते सम्मान कार्यक्रम सम्पन्न ग¥यो ।
५. भूकम्प पीडितहरूबारे
२०७२ सालको विनासकारी भूकम्प गएको २ वर्ष बितिसक्दा पनि पीडितहरूले घर बनाउन सकेका छैनन् । भक्तपुर नगरका कूल ७४३७ सेवाग्राहीमध्ये पहिलो किस्ता ४,९५५ ले मात्रै पाए भने दोेस्रो किस्ताको लागि आवेदन दिनेहरूको सङ्ख्या ५१८ र सिफारिस भएको जम्मा १६७ मात्रै छन् । पीडितहरू धेरैले सरकारले दिएको रकम पाउन सकेका छैनन् । रु. ५० हजार दिएर सरकारको मापदण्डअनुसार घर निर्माण गर्नु सम्भव थिएन । हामीले दोस्रो र तेस्रो किस्ता एकमुष्ट पीडितलाई दिनुपर्नेमा जोड दिंदै आएका छौं । भ.न.पा.ले यसअघि जुन ठाउँमा घर भत्केको हो सोही ठाउँमा घर बनाइएमा मात्रै भूकम्प पीडितको परिचय पेश गरेको आधारमा नक्सापास दस्तुरमा छुट दिंदै आएको थियो । अब नगरभित्र जुनसुकै ठाउँमा घर बनाइए पनि भूकम्पबाट क्षति भएको घरको क्षेत्रफलको आधारमा छुट दिने निर्णय ग¥यौं । हाल वडा वडामा छुट गुनासो फारम भर्ने काममा नगरपालिकाले सहयोग गर्दै आएको छ । साथै परम्परागत शैलीमा घर बनाउनेहरूलाई मोहडामा प्रयोग हुने काठ र इँटाको लागि लाग्ने खर्चको ३५ प्रतिशत रकम अनुदानको व्यवस्था गरेका छौं ।
६. शिक्षा
भ.न.पा.अन्तर्गत ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, शारदा क्याम्पस, शारदा क्याम्पस मा.वि., ख्वप मा.वि. र ख्वप बहुप्राविधिक अध्ययन संस्थान गरी सात वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन् । ती शैक्षिक संस्थाहरूमा करिब ५,६०० विद्यार्थीहरू अध्ययन गर्छन् । कलेजहरूमा नयाँ नयाँ विषयहरू थपिंदै जाने उद्देश्यअनुसार यो वर्ष कम्प्युटर इञ्जिनियरिङको स्वीकृति प्राप्त भएको छ । ख्वप कलेज अफ इञ्जिनियरिङमा ४८ सीटको स्वीकृति प्राप्त गरी भर्ना प्रक्रिया अगाडि बढाइसकेका छौं । तर जनताको कलेजप्रति पूर्वाग्रह राख्ने केही निजी कलेजका पृष्ठपोषकहरू रहेको इञ्जिनियरिङ परिषद्ले स्वीकृति नदिई दुःख दिंदैछ । स्मरणरहोस्, भनपाले सञ्चालन गरेको कुनै पनि कलेज र कुनै पनि विषय सहज रुपमा स्वीकृत प्राप्त गरेका थिएनौं ।(क्रमशः)
Leave a Reply