भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
संस्था जति पुरानो भयो, अनुभव बढ्दै जान्छ, गुणस्तर बढ्दै जान्छ । तर जिम्मेवारी लिएकाको नियत नै सफा नभएपछि यसको उल्टो हुन्छ । यसको ज्वलन्त नमुना भक्तपुर अस्पताल भइरहेको छ । जिल्लाको मात्र होइन नेपालकै जेठो र क्षेत्रीय अस्पतालको रुपमा चिनिने भक्तपुर अस्पतालले केही महिना अघि ११२ वर्षको दिवस पनि मनायो, तर अस्पतालको हालको स्थिति हेर्दा अझै पनि जिल्लास्तरको उपचार पनि हुन्न । भक्तपुर अस्पताललाई रिफरल अस्पतालको रुपमा चिनिन्छ । भक्तपुर अस्पतालको प्रगति नहुनुमा मुख्यतः त्यहाँभित्रको भ्रष्टाचार नै हो । कमिसन कसले कति पाउने भन्नेमा अलमलिँदा महँगा उपकरण आउँदैन वा आए पनि कमसल खालको आउँछ । गएको आर्थिक वर्षमा ८० लाख रुपैयाँ बराबरको शल्यक्रिया सामान किन्न नसक्दा बजेट नै फ्रिज भयो । बजेट फ्रिज हुनुमा कमिसनको बाँडफाँडमा मत नमिल्नु नै मुख्य कारण हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा, प्रशासन अधिकृत, लेखा अधिकृतले आफ्ना सम्पर्कको एजेन्टबाट सामान झिकाउन खोज्दा कुनै पनि सामान नआएको अस्पतालभित्रका कर्मचारी बताउँछन् । डा. देवकोटाका श्रीमान्को लुम्बिनी सप्लायर्सबाट सामान झिकाउने कुरामा अन्यले विवाद गरे र सामान आएन । परिणामतः बजेट फ्रिज भयो र जनता सेवाबाट वञ्चित भए । अस्पतालमा भएका डाक्टरहरू भने आफ्नो सीप प्रयोग गर्न नपाउने चिन्ता व्यक्त गर्छन् । उनीहरू न पैसा पाउनु न सीप विकास गर्न पाउनु भनी निराशा व्यक्त गर्छन् । उनीहरू काम गर्ने वातावरण भए अस्पताललाई राम्रो बनाउन सकिने तर्क गर्छन् । अस्पतालले पैसा प्रशस्त पाएको पनि छ, कमाएको पनि छ तर पैसा कता जान्छ भन्ने थाहा छैन । निजीभन्दा थोरैमात्र कम पैसा लिएर विभिन्न सुविधाको व्यवस्था गरिएको छ । यसको अर्थ अस्पतालले पुग्दो नाफा खाइरहेको छ, किनभने अस्पतालमा सित्तैमा आएका सामान उपयोग गरिएका छन्, कर्मचारी र डाक्टरको तलब सरकारले व्यवस्था गर्छ । बचेको पैसा अस्पताल विकास समितिका सदस्यको थैलीमा वा शासक पार्टीको कोषमा दाखिला भइरहेको अन्दाज गर्न गाह्रो छैन । अस्पताल परिसरभित्र निजी औषधि पसल चलाउन पाइन्न भन्ने नियम छ । तर साझाको नाममा सञ्चालित निजी औषधि पसललाई उठाउन सेकेको छैन । यसमा पनि विकास समिति र प्रशासनकै मिलेमतो हुनेमा शङ्का गर्नुपर्दैन । भक्तपुर अस्पतालमा जाने कैयौं बिरामी बाध्य भएर कुनै निजी अस्पताल जान्छन् । इमर्जेन्सी सेवामा बस्ने कति डाक्टरले कमिसन पाएरै आफ्नो सम्पर्कको निजी अस्पतालमा जान सिफारिस गर्छन् । अब यो बेथिति हटाउनैपर्छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयको ध्यान जाओस् ।
–रास, भक्तपुर
Leave a Reply