भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भयो । यसपटक दुईवटै सभाहरूको निर्वाचन एउटै चरणमा सम्पन्न गर्ने योजना निर्वाचन आयोगले बनायो । एकैचरणमा र एउटै दिन पारेर निर्वाचन गर्दा देशको रकम अलिक कम खर्च हुने अनुमान आयोगको होला । एकै चरणको निर्वाचनले आम मतदाताको समय जोगिएको छ । काम गरेर खाने वा दैनिक मजदुरी गरेर खाने वर्गको हित भएको छ । तर, हामीले एक दिनको होइन भविष्यको हितको लागि सोच्नुपर्ने हुन्छ । मतदाताहरूको हित र विजयको लागि तिनीहरूकै वर्गका उम्मेदवारहरूलाई निर्वाचनबाट विजयी बनाउनुको विकल्प छैन ।
मङ्सिर ४ गते देशभरका २२ हजार २ सय २६ मतदात केन्द्रका १० हजार ८ सय ९१ मतदानस्थलमार्फत १ करोड ७९ लाख ८८ हजार पाँच सय सत्तरी मतदाताले आफ्ना लागि प्रतिनिधि छान्छन् । आफ्नो प्रतिनिधिमार्फत आफ्नो हितमा काम गर्ने, आफ्नो हितमा ऐन, नियम बनाउन योग्य उम्मेदवार छान्ने दिनको रूपमा मतदाताहरूले बुझेका छन् । आजका सबै मतदाता हिजोका जस्ता सजिलै ठगिने खालका होइनन् । विगतका भन्दा राजनीतिकरूपमा सचेत र आलोचनात्मक दृष्टिकोण भएका मतदाता छन् । कुन दल ठीक छ ? कुन दलले देश र जनताको हितमा काम गर्दै आएका छन् ? कुन दल कति सिद्धान्तमा अडिग छन् र कति चिप्लेका छन् भन्ने प्रश्नको जवाफ खोज्न सक्ने भइसकेका छन् जनता । आफ्नो वास्तविक प्रतिनिधिले विगतमा के गरे र अब के गर्लान् हेक्का राख्न सक्ने क्षमताका भइसकेका छन् । निर्वाचनले असल, राम्रा, सिद्धान्तनिष्ठ र कर्तव्यनिष्ठ प्रतिनिधिलाई छान्नुपर्छ ।
मतदाता शिक्षाको प्रचारमा कमी आउँदा विगतमा थुप्रै मतपत्र बिग्रेको पाइयो । मतगणनास्थलमा थुप्रै औठा छाप मतपत्र पनि निस्के भन्ने कुरा आयो । स्वस्तिक छाप राख्न नजानेर एउटै मतपत्रमा पटक–पटक छाप हालेको मतपत्र पनि भेटिए । देशका तल्लो वर्गका जनताले यसरी मतपत्र बिगार्दा नोक्सानको भार तल्लो वर्गले नै व्यहोर्नुपर्ने हुन्छ । यसले आफ्ना प्रतिनिधि होइन नचाहेर पनि अरू प्रतिनिधि जित्न पुगे । यस किसिमको गल्ती या कमजोरी आजका मतदाताले दोहो¥याउनु हुँदैन ।
हो, हिजोका दिनमा कैयौँ मतदाता आर्थिक प्रलोभनमा परे । गरिब तथा विकासोन्मुख देशका नागरिकहरू आफ्नो मतलाई नगदसित साट्न तयार हुँदारहेछन् । विरोधी वर्गका झूटा आश्वासनमा नराम्ररी फस्दारहेछन् । तिनीहरूद्वारा खुवाइने विभिन्न परिकारयुक्त भोजनको स्वाद चाख्न मन लोभ्याउने गर्दोरहेछ । अझ प्रचारप्रसार गरेबापत पाइने ज्याला आफैमा पनि ‘रोचक’ र ‘आकर्षक’ हुँदोरहेछ । साथै आफ्नो सवारी साधनमा निःशुल्क इन्धन भर्न पनि पाइने काममा तल्लो वर्ग उत्साहित हुने गर्दाेरहेछ । उनीहरू जनहितविपरीतका ऐन, नियम बनाउन उद्यत रहे । जनताको आँखामा छारो हालेर विकास निर्माणको रकम आफ्नो गोजीमा हाले ।
परिणाम नो नट एगेन
जनताको अमूल्य मतबाट विजयी उम्मेदवारहरूले जनताप्रतिको आफ्नो ‘धर्म’ निभाउन सकेनन् । जनताले सुम्पेको कर्तव्य पूरा गर्न सकेनन् । आफूले दिएका आश्वासनहरू पूरा गर्न सकेनन् । देश र जनताको हितमा काम गर्न तिनीहरू असफल र असक्षम सावित भए । तिनीहरूको काम गर्ने शैलीले निराशामात्र हात लागेको छ । आफ्नो हितमा काम गर्ने विश्वासले तिनीहरूलाई विजयी बनाएको थियो । आफूले विगतमा छानेका नेताहरूका गलत क्रियाकलापबाट आज जनता नयाँ पाठ सिक्दै छन् ।
तिनीहरूले राजनीतिलाई केबल सत्तामा पुग्ने माध्यम बनाए । सत्तामा पनि पुगे अनि गर्न हुने पनि गरे, गर्न नहुने पनि गरे । आफ्नो फाइदा वा हितका लागि सबै प्रकारका क्रियाकलाप गरे । संविधान र कानुनले भनेका काममात्र गरेनन् बरु त्यसका प्रावधानहरूलाई समेत आफू अनुकूल व्याख्या गरेर राजनीतिमा गलत नजिर स्थापित गराए । मन्त्री बन्नकै लागि राजनीतिमा होमिएका नेताहरूको आर्थिक हैसियत परिवर्तन भए तर जनताको जीवनस्तर दिनानुदिन ओरालो लागेको विषयमा कहिल्यै ध्यान दिएनन् । आफ्नो लागि सम्पत्ति जोडे । आफ्नो लागि कमाए र विलासी जीवन बिताए । तर, मतदातालाई हेरेनन् । यसैको परिणाम हो नो नट एगेन ।
पटकपटक मतदाताको अमूल्य मतबाट विजयी भएका तर आफ्नै मतदाताको समस्यालाई बेवास्ता गर्ने प्रतिनिधिहरूलाई अबको निर्वाचनले प्रदेश सांसद होस् या प्रतिनिधिसभाको सांसद, एउटा निश्चित निर्वाचन क्षेत्रका मतदाताको मतबाट विजयी हुन्छन् । तर, उनको काम उक्त निर्वाचन क्षेत्रमा मात्र सीमित हुने गर्दैन र हुनुहुँदैन । उनी एक प्रतिनिधि भएकाले सम्पूर्ण जनताको हितमा नीति नियम बनाउने काममा तल्लीन हुनुपर्ने हो । तर, उनीहरूले आफ्ना मतदाताको अल्पकालीन हितमा मात्र ध्यान दिए । त्यसैको परिणाम हो नो नट एगेन ।
जनप्रतिनिधि जनताको सेवक हुन् । उनीहरूले आफ्नो काम छाडेर पनि जनताको काममा प्राथमिकता दिनुपर्ने हुन्छ । जनताको सुख दुःखमा साथ दिने प्रतिनिधि नै असल प्रतिनिधि हुने गर्दछ । जनतालाई दुःख दिने प्रतिनिधि असल प्रतिनिधि हुनसक्दैन । तर, विगतका हाम्रा प्रतिनिधिले जनतालाई मात्र घात गरेनन्, देशलाई समेत घात गर्ने काम गरे । एमसीसी परियोजनाजस्तो देशघाती परियोजनासमेत सार्वभौम संसद्बाट पारित गरेर मतदाताको मतको दुरूपयोग गरे । देशलाई परनिर्भर बनाउने काममा सघाए । नागरिकता विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिलाई गुहारे । यी यस्ता कामले देशको भविष्य उज्यालो होइन अँध्यारोतिर धकेलियो । देशको भविष्य र आजका सन्ततिहरूको भविष्य अँध्यारो हुने काम विगतमा हाम्रा जनप्रतिनिधिले गरे ।
के के नकाम गरे तिनीहरूले ?
विगतमा निर्वाचित जनप्रतिनिधिले के गर्न नहुने काम गरे र के गर्न हुने काम गरेनन् भन्ने कुरा कोट्याउँदा त्यसको विवरण लामो हुन्छ । राम्रा काम गरेका भए आज ‘नो नट एगेन’ को कुरा जरुरी हुने थिएन । तर, जनताको आशा र विश्वासभन्दा उनीहरूले फरक काम गरे । तिनीहरूले आफ्नो लागि जे गरे त्यो जनताको न आशा थियो न त विश्वास । तसर्थ, तिनीहरूले जनतामाथि विश्वासघात गरे । पटक–पटक जितेर जनताको सेवा नगर्ने प्रतिनिधिले अब राम्रो गर्ला कि भन्नु ‘आकाशको फल’ सिवाय केही हुनेछैन ।
नेपालको संविधानले संसद् सदस्यलाई मात्र मन्त्री बनाउन पाइने नियमविपरीत तिनीहरूले गैरसांसदलाई पनि मन्त्री बनाएर इतिहासमा कलङ्कित हुने काम गरे । संसदीय व्यवस्था भएका देशहरूमा संसद् सदस्यमात्र मन्त्री हुन पाइने बन्दोबस्त गरेका हुन्छन् एकाध मुलुकबाहेक । तर, जहाँ मन्त्री बन्न संसद् सदस्य हुनुहुँदैन भन्ने मान्यता हुन्छ त्यहाँ सविधानमा प्रस्ट उल्लेख गरिएको हुन्छ । त्यसकारण, संविधानविपरीत कार्य हुँदैन । अनि, नेपालको संविधानले नदिएको काम कसैले गर्नु हुँदैन । थुप्रै नेताहरू विगतको मन्त्रिमण्डलमा सहभागी भए । यो गलत नजिरको लागि तिनीहरू जिम्मेवार छन् ।
२०७४ फागुन ३ गते झन्डै दुईतिहाइ बहुमतको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए । पछिल्लो पटक उनले २०७८ जेठ ८ गते पुनः प्रतिनिधिसभा भङ्ग गरी निर्वाचन गर्ने मिति तय गरे । यो राजनीतिक विषयलाई लिएर नेपाली काङ्ग्रेससमेतका दलहरू सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । सर्वोच्च अदालतले २०७८ असार २८ गते ओलीको संसद् विघटन बदरमात्र गरेन बरु प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काङ्ग्रेसका शेरबहादुर देउवालाई निश्चित समयभित्र प्रधानमन्त्री नियुक्त गर्ने काम पनि अदालतले ग¥यो । यसरी नेपालको इतिहासमा अदालतले प्रतिनिधिसभा ब्यँुताएको मात्र होइन नाम किटेर प्रधानमन्त्रीको लागि समेत आह्वान गर्ने काम भयो । यसरी गलत नजिर बन्न पुग्यो ।
विगतका यी घटनाक्रमहरूबाट पाठ सिकेर जनताले अब नयाँ प्रतिनिधि छान्दै छन् जसले आफ्नो वर्गको हितमा नीति नियम बनाउने काममा आफूलाई सक्रियताका साथ उभ्याउन सकून् । आफ्ना लागि होइन, समग्र देश र जनताको लागि काम गर्न सक्ने दलको आवश्यकता जनताले बोध गरेका छन् । कामदार जनताको बाहुल्यता भएको मुलुकमा कामदार जनताकै सच्चा प्रतिनिधि आवश्यकता छ । गलत उम्मेदवारलाई तिरस्कार गर्न र वास्तविक जनताका उम्मेदवारलाई निर्वाचनबाट पुरस्कृत गर्नुपर्छ ।
Leave a Reply