भर्खरै :

आचारसंहिता उल्लङ्घन गर्ने दुई मन्त्री कारबाहीमा

आचारसंहिता उल्लङ्घन गर्ने दुई मन्त्री कारबाहीमा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि जारी गरेको आचारसंहिता उल्लङ्घन गर्ने बहालवाला दुईजना मन्त्रीलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगद्वारा दण्डित मन्त्रीहरूमा सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङ रहेका छन् । आयोगले मन्त्री चौधरीलाई रु. २५ हजार र मन्त्री खापुङलाई रु. ५ हजार जरिवाना तिराउने निर्णय गरेको हो ।
मन्त्री चौधरीले बाढी पीडितलाई चामल बाँडेपछि उनीसँग स्पष्टीकरण मागेको थियो । जवाफमा उनले व्यक्तिलाई नभई पालिकालाई चामल बाँडेको भनी स्पष्टीकरण दिएको थियो । दिइएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भनी आयोगले उक्त जरिवाना तिराएको हो ।
त्यस्तै मन्त्री खापुङले आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेकाले उनलाई आयोगले रु. ५ हजार जरिवाना गरेको हो । उनले वैद्यखानाका डा. श्यामबाबु यादवलाई सरुवा गरेका थिए ।
कानुन कार्यान्वयनको जिम्मा लिएर बसेका मन्त्रीहरू नै कानुनविपरीत काम गरेर दण्डित हुन्छन् भने त्यस्ता मन्त्रीहरू पदमा बसिरहन नैतिकरूपमा कति उपयुक्त भने प्रश्न गर्न थालिएको छ । तर, मन्त्रीको लागि मरिहत्ते गरेका यी व्यक्तिहरूले राजीनामा दिएर आफ्नो नैतिकता प्रदर्शन गर्लान् भनेर आश गर्नु आकाशको फल आँखा तरि मरमात्र हुनेछ ।
मन्त्रीद्वय त दण्डित भए नै उनीहरूलाई त्यसो गर्न सल्लाह दिने उनका सहयोगी सचिव सल्लाहकार जो जो छन् ती पनि उत्तिकै दोषी हुन् । उनीहरूलाई पनि कारबाहीको डायरामा ल्याउनु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *