भर्खरै :

नेपालको बौद्धिक जगत आफै ‘अनुदारवादी’

नेपालको बौद्धिक जगत आफै ‘अनुदारवादी’

४ मङ्सिर, २०७९ को नागरिक दैनिकमा नेपालका पूर्वप्रमुख आयुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूर्यनाथ उपाध्याय, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुङ्गाना र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माको देशको समस्याबारेको दृष्टिकोणमा निम्न विषयमै केन्द्रित देखिए –
(क) देशको समस्या समाधान र विकास, (ख) आर्थिक र सामाजिक परिवर्तन र (ग) राजनैतिक उद्देश्यबारे ४ सय वर्ष पुरानो बेलायती संसदीय व्यवस्थामै केन्द्रित रह्यो । बेलायत र अन्य पश्चिमी साम्राज्यवादी देशहरूको आर्थिक विकासमा त्यहाँको राजनैतिक बन्दोबस्त नभई उपनिवेशहरूको लुटबाट भएको हो । सामाजिक अवस्था पनि अत्यन्त विभेदपूर्ण छ– श्वेत र अश्वेत, हिस्पेनियाली, एसियाली, आदिवासीप्रति तिनीहरू आज पनि अतिवादी र जातिवादी छन् । विज्ञान र प्रविधिमा विकास भएका ती देशहरूमा अन्धविश्वास खचाखच भरिएको छ । तेस्रो विश्वका जनताका भन्दा कुनै पनि दृष्टिले अगाडि छैनन् ।
पश्चिमी प्रजातन्त्र नै विकाररहित भएको भए, बेलायतमा नै सबभन्दा बढी मजदुर आन्दोलन किन भयो र अत्यन्त ठूलो दमन चक्रबाट लाखौँ मजदुरहरूको दमन किन गर्नुपथ्र्याे ? सय वर्षसम्म आयरलायन्ड र अन्य उपनिवेशहरूमा दमन किन गरियो ?
त्यस्तै फ्रान्सेली राज्य क्रान्तिपछि अर्थात् ज्याकोविनहरूको निर्मम दमनपछि नेपोलियनलाई किन सम्राट बनाइयो ? पेरिस कम्युनको दमन तथा रुसमाथि धावा नेपोलियनले किन गर्नुप¥यो ? नेपोलियन तेस्रोको उदय किन भयो ? हरेक किसिमको फरक मत र विरोधको आवाजलाई निर्ममतापूर्वक दबाइएको इतिहास नै युरोपेली प्रजातन्त्रको तस्बिर हो ।
त्यस्तै अमेरिकी स्वतन्त्रता आन्दोलन आफैँ पनि बेलायती साम्राज्यवादविरोधी सङ्घर्ष थियो । तर, त्यहाँका शासकहरू आफै युरोपकै शासकहरूको नयाँ संस्करणमात्रै थिए । भाषा फरक र शैली फरक, सारमा पुँजीपति वर्ग र दास मालिकहरूकै शासन व्यवस्था स्थापित गरियो । शैल किसान विद्रोह, दास मुक्तिको जोन ब्राउनको सशस्त्र सङ्घर्ष र उत्तर र दक्षिणको दास मुक्तिको गृहयुद्ध आफैँ औद्योगिक पुँजीपतिवर्ग र दास मालिक, कपास खेतीका व्यापारीहरूको स्वार्थको भिडन्त थियो ।
तर, आदिवासीहरूप्रतिको भेदभाव र शोषण, अश्वेत अर्थात् अफ्रिकी अमेरिकीहरूमाथिको दमन चक्र, हिस्पेनियालीहरू र एसियाली र अन्य आप्रवासीहरूमाथिको दमनले संरा अमेरिका एक प्रजातन्त्रवादी देश नभई कट्टर श्वेत आतङ्कवादी राज्य व्यवस्था हो जहाँ सेना सर्वाेपरि छ । एक प्रजातान्त्रिक देशले २ सँन्दा बढी देश र क्षेत्रहरूमा अमेरिकी सेना अत्याधुनिक हतियारसहित किन राख्छ ? के यो विश्व तानाशाही व्यवस्था होइन ? त्यहाँको हरेक आर्थिक विकासमा अश्वेतहरूको रगत–पसिना र उपनिवेशहरूको लुट, हतियार व्यापार र युद्धको व्यापारको नाफाको सम्पन्नता हो ।
यसकारण न युरोपमा, न त पश्चिमी गोलाद्र्ध अर्थात् अमेरिकी महादेशका देशहरूमै शान्ति र अमन चैन छ, न त प्रजातन्त्र नै छ । दुई वर्षअगाडिको जर्ज फ्लुयडको काण्डले अमेरिकी प्रजातन्त्रको झूटको पर्दा उदाङ्गिएको थियो र ट्रम्पको ह्वाइटहाउसको उपद्रवले त्यहाँको प्रजातान्त्रिक व्यवस्थाको पोल खोलिदियो ।
यसकारण, भारतमा बेलायत र अमेरिकी साम्राज्यवादी र उपनिवेशको सांस्कृतिक प्रभाव नै नेपाली बुद्धिजीवीहरूको आजसम्मको चिन्तन कायम छ– जसले आजको संसार र समाज अगाडि बढ्न सक्दैन । पश्चिमी राज्य व्यवस्थाको चिहानमा मात्रै तेस्रो विश्वका देशहरूमा आफ्नै प्रजातन्त्रको निर्माण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *