आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(कोरियाली मजदुर पार्टी केन्द्रीय समितिका महासचिव किम जोङ उनद्वारा अक्टोबर १७, २०२२ का दिन व्यक्त ऐतिहासिक स्मरणीय मन्तव्य)
हाम्रो पार्टीको सूचना र उत्प्रेरणा कार्यको प्रभावकारिता वृद्धि गर्नका लागि नयाँ तौरतरिका अन्वेषण गर्ने र लागू गर्ने मामिलामा पनि उल्लेखनीय प्रगति भएको छ । राज्यका राजनीतिक कार्यक्रमहरू वृद्धि भएका छन् र तिनले नयाँ सिर्जनात्मक अन्वेषणहरू गरेर तथा विचारधारात्मक, राजनीतिक तथा समसामयिक विशेषताहरू र दृश्य सूचनाहरूको एकताद्वारा अत्यधिक राजनीतिक र शैक्षिक प्रभाव हासिल गरेका छन् । ती कार्यहरूलाई सधैँ नै प्राथमिकतामा राख्नुपर्छ र पार्टीको नेतृत्वलाई सधैं नै बलियो बनाउने उद्देश्यसित गाँसिनुपर्छ । पार्टीलाई सधैं विचारधारात्मक रूपले मात्र नभई साङ्गठनिकरूपले पनि एकतावद्ध पार्नुपर्छ र क्रान्तिको अग्रगामी दस्ताका रूपमा रहेका नेतृत्वकारी राजनीतिक सङ्गठनहरूलाई फाइदा पु¥याउनुपर्छ । हाम्रो पार्टीले बितेको एक दसकमा आफैलाई विस्तृत ढङ्गले साङ्गठनिकरूपमा एकतावद्ध पारेर आफ्नो लडाकू दक्षता र गतिविधिहरूलाई सुदृढ गरेको छ ।
कोरियाली मजदुर पार्टीले कर्मचारी प्रशासनको कार्यको पुनः परिभाषा गरेको छ, बढ्दो पार्टी सदस्यताको कार्य र यसका तहहरूलाई तीन मुख्य धारमा वर्गीकरण गरी सिङ्गो पार्टीको सशक्तिकरणमा लगाएको छ । कार्यकर्ता तथा पार्टी सदस्यहरूको तह निर्माण र व्यवस्थापन सुदृढ तरिकाले गरी लडाइँको नयाँ परिवेश र क्रान्तिकारी कार्यभारसित मिलान गरिएको छ ।
हाम्रो पार्टीले पार्टी सेल समितिहरू र प्रारम्भिक पार्टी समितिहरूलाई बलियो बनाएर सिङ्गो पार्टीलाई सशक्त बनाउने महँवपूर्ण सञ्जाल स्थापना गरेको छ र नियमित रूपमा ती सेल समिति र प्रारम्भिक समितिहरूको बैठक गरेर तथा प्रत्येक पाँच वर्षमा तिनीहरूको नेतृत्व परिवर्तन गर्ने व्यवस्था गरेको छ । पार्टीका आधारभूत सङ्गठनहरूको कार्यमा सकारात्मक परिवर्तन देखिएको छ । विभिन्न अवसरहरूमा पार्टीले तिनीहरूको सही विश्लेषण र मूल्याङ्कन गरी सुधारको निम्ति आवश्यक कदम पनि चालेको छ । पूरै पार्टी भित्रका सेल समितिहरू र प्रारम्भिक समितिहरूले पूरा नगरेका कार्य र समाधान गर्न नसकेका समस्याहरूबारे ती समितिका सचिवहरूबाट सूचना लिने र तिनीहरूलाई अत्यावश्यक निर्देशन र सुझाव दिने कार्य नियमित रूपमा भइरहेका छन् । पार्टी सेल समितिहरू र प्रारम्भिक समितिहरूलाई केन्द्रीय समितिको उद्देश्यहरू स्पष्ट पारिएको छ र तिनीहरूको भावी गतिविधिका लागि स्पष्ट अभिमुखीकरण र कार्यभार प्रदान गरिएको छ ।
पार्टी आधारभूत सङ्गठनहरूलाई बलियो बनाउनुको समानान्तरमा बैठकहरू र विभिन्न क्षेत्रका मार्गनिर्देशनमूलक छोटो तालिमहरू पनि नियमितरूपमा र आवश्यकताअनुसार सञ्चालन गरिएका छन् । त्यस्ता छोटो तालिमहरू नगर, महानगर र काउन्टी (जिल्ला) समितिका मुख्य सचिवहरूका लागि पनि सञ्चालन गरिएका छन् । पार्टी जीवन निर्देशिकाबारे विशेष कार्यशाला गोष्ठीहरू पार्टी प्रान्तीय समितिका सङ्गठन विभागहरू, महानगर र काउन्टी (जिल्ला) समितिहरूले सूचनाको क्षेत्रमा काम गर्ने अधिकारीहरूका लागि पनि चलाएका छन् । पार्टीका सबै तहका नेतृत्वकारी एकाइहरू र कार्य विभागहरूलाई उत्प्रेरणा दिने र आफ्नो कर्तव्यबारे, गतिविधिका सिद्धान्तहरू, लडाइँको दिशा र पार्टी कार्यको परिमार्जनबारे राम्रो ज्ञान प्रदान गर्ने कार्यशालाहरूको उल्लेख्य महँव छ ।
हाम्रो पार्टीले आफूलाई राजनीतिक रूपले शुद्धिकरण गरेको छ, साङ्गठनिक र विचारधारात्मक हिसाबले विकास गरेको छ र क्रान्तिका अगाडि सबैभन्दा महँवपूर्ण र कठीन कार्यभार जम्मा हुने हरेक मुख्य अवधिमा नेतृत्वको क्षमता र लडाकू दक्षता पुनः निर्धारण गरेर र हरेक तवरले बलियो बनाएर क्रान्तिकारी आजु पूरा गर्दै आएको छ ।
अर्को महँवपूर्ण सफलता भनेको हाम्रो पार्टीको क्रान्तिकारी प्रकृतिलाई र जनताको आदर्श पार्टीको रूपमा रहेको स्थितिलाई दृढतापूर्वक कायम राख्नु हो र विगतका दसकमा भन्दा त्यसलाई अझ बलियो र प्रभावकारी बनाउनु हो ।
हाम्रो क्रान्तिको सुरूवातदेखि नै हाम्रो सङ्घर्ष जनताको स्वाधीनता वास्तविकतामा लागू गर्नु रहँदै आएको छ । क्रान्तिको नेतृत्व गर्ने कुनै पार्टी कहिल्यै आफूलाई आफ्नो आधारभूत विचारबाट, आधारभूत उद्देश्यबाट, जनताको भाग्यको जिम्मेवारी लिनबाट र कुनै पनि हालतमा जनताका हितहरूको रक्षाबाट अलग्याउन हुँदैन । तर, जति जति शासक समाजवादी पार्टीहरूको इतिहास लामो हुँदै गयो, जनताको सेवा गर्ने भावनामा ¥हास हुँदै गयो र जनतामाथि कर्मचारीतन्त्रले शासन गर्ने अभ्यासको सम्भावना बढ्दै गयो ।
कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिले आफ्नो गतिविधिको पहिलो दिनदेखि नै वास्तविक रूपमा र दिलोज्यानले व्यापक जनताको सेवा गर्ने पार्टीको सच्चा चरित्रलाई कायम राख्नमा जोड दिँदै आएको छ । यसै दृष्टिकोणले हामीले किम इल सङवाद–किम जोङ इलवादको सिद्धान्तलाई पार्टीको मार्गनिर्देशक विचारधाराको रूपमा ग्रहण ग¥यौँ । जनता प्रथम सिद्धान्तलाई हामीले उद्देश्यमूलक र निरन्तररूपले अगाडि बढाउँदै पार्टी कार्य र राज्यका गतिविधिसित राम्ररी मिलायौं ।
समाजवादी निर्माणको गम्भीर कार्यभारलाई अगाडि बढाउने क्रममा हामीले जनसमुदायको शक्तिलाई सदुपयोग ग¥यौँ । हाम्रो पार्टीले जनतामा जुछेमुखी विश्वदृष्टि विकास गर्न र त्यसलाई जनताको दर्शनको रूपमा स्थापित गर्न ठूलो प्रयास ग¥यो । जुछे दर्शनको गुडी भनेको बिनासर्त जनताको सेवा गर्नु हो र हाम्रा हरेक गतिविधि जनताको निम्ति हुनुपर्छ भन्ने हो ।
हाम्रा जनतालाई सर्वोपरि राख्ने हाम्रो विचारमा हामी अडिग छौँ र ‘सबैकुरा जनताका लागि र सबैकुरा जनतामा भर परेर ¤’ नारा आज पनि उत्तिक्कै सान्दर्भिक छ । हाम्रो पार्टीको निःस्वार्थी भई प्रयास गर्ने, महान जनताको कल्याणका लागि सक्रिय हुने गरिएको आह्वान हाम्रो पार्टीको जनताबारेको आदर्श विश्वदृष्टिको अन्तरमनको अभिव्यक्ति हो । पार्टीका ती आह्वान सबै पार्टी सङ्गठनहरू र अधिकारीहरूका लागि आफ्ना कार्य र गतिविधिमा उल्लङ्घन गर्नै नसकिने जीवन दर्शनका सिद्धान्त हुन् ।
आज हाम्रो पार्टीले जनताको इच्छा, मागहरू, हितहरू र सुविधालाई उच्च प्राथमिकता दिन्छ र तिनीहरूलाई सबै नीति निर्धारण र कार्यान्वयनमा सम्पूर्ण आधार मान्छ र यस क्रममा आफ्ना सबै सङ्गठनहरू र अधिकारीहरूले जनताको सेवा गर्ने भावनाको पूर्ण प्रदर्शन गरिरहेका छन् ।
जब कठीन समय आउँछ, त्यो समय पार्टीका अधिकारी र कार्यकर्ताहरू जनताको नजिक जाने मुख्य याम बन्ने गरेको छ । कोरियाली जनतालाई दिगो र उच्च सभ्य जीवन जीउन सक्षम बनाउने विस्तृत परियोजनाहरू निर्माण भएका छन् र कार्यान्वयन गरिएका छन् । हाम्रो पार्टीको ‘जनता प्रथम राजनीति’ कार्यान्वयनमा मुख्य तगारा भनेका पार्टी अधिकारीहरूमा रहेका गलत विचारधारात्मक दृष्टिकोण र कार्यशैली रहेका थिए ।
हाम्रो पार्टीले पार्टी अधिकारीहरूका गलत कार्यशैली सुधारका निम्ति क्रमशः शिक्षा र सङ्घर्षको स्तर वृद्धि ग¥यो र आफ्नो अद्वितीय जनसेवक विशेषता कायम राख्नको लागि तथा आफ्नो अस्तित्व र विकास सुनिश्चित राख्नको लागि त्यसलाई अभियानको रूपमा चलाउँदै आयो । त्यो कार्य पार्टीभित्र क्रान्तिकारी र स्वच्छ राजनीतिक वातावरण कायम राख्नका लागि जरूरी कार्यभार थियो ।
तोकिएको कर्तव्य परा नगर्ने गैरजिम्मेवारीपन, चिन्तनशीलताको कमी, औपचारिकतावाद, आत्मरक्षावाद र जनताको जीवनबारे हेल्चक्र्याइँ गर्ने अभ्यासहरूलगायत सबै प्रकारका गलत विचारधारात्मक दृष्टिकोण र गलत कार्यशैलीहरूमाथि विजय पाउन पार्टीले सङ्घर्ष ग¥यो र सिङ्गो पार्टीभित्र कडाइपूर्वक र विस्तृत ढङ्गले त्यसलाई सच्याइयो ।
विशेषगरी हामीले अधिकारको दुरूपयोग, कर्मचारीतन्त्रवाद, अनियमितता र भ्रष्टाचार, विशेषज्ञ एकाइ र कर छलीविरूद्ध युद्ध नै घोषणा ग¥यौँ र एक एक पाइला गरी कडा साङ्गठनिक र कानुनी उपायहरू अवलम्बन ग¥यौँ । त्यसको परिणामस्वरूप जनसमुदायको अपमान गर्ने जनविरोधी कार्यहरू तथा जनताको अधिकार र हितहरूको उल्लङ्घन गर्ने प्रवृत्तिमाथि दमन गरियो भने सबैजसो अधिकारीहरू धेरै हदसम्म चेतित भए ।
हाम्रो पार्टीले विगत दसकहरूका महान पुस्तान्तरणको अवधिमा एकातिर उल्लेखनीय रूपमा आफ्नो नेतृत्वकारी क्षमता र लडाकू दक्षता वृद्धि ग¥यो भने अर्कोतिर आफ्नो क्रान्तिकारी विशेषता र प्रकृति कायम राख्दै जुछे क्रान्तिको विकास ग¥यो । यसरी एक प्रतिवद्ध पार्टी निर्माणको लागि आधारशिला तयार भएपछि क्रुर जटिलताहरूको सामना गरेर पनि ठूला ठूला सफलताहरू हासिल गर्ने र समाजवादको भविष्य निर्माण गर्ने विश्वास बलियो हुँदै आयो ।
विगतका दसकमा हाम्रो पार्टी निर्माणको क्रममा हासिल भएको गौरवपूर्ण सफलताहरू र मूल्यवान अनुभवहरूले हाम्रो पार्टीको प्रगति र विकासका लागि ठोस जगको रूपमा कार्य गरेको छ र जुछेमुखी क्रान्तिकारी पार्टी निर्माणको इतिहासमा स्पष्ट रूपमा अङ्कित भएको छ ।
मैले अघि पनि उल्लेख गरेँ, पार्टी भनेको निर्देशक शक्ति र क्रान्तिको आयोजक हो । त्यसैले पार्टीलाई बलियो बनाउने कार्य सधैं समयअगावै गरिनुपर्छ र तबमात्र सफलता सुनिश्चित हुन्छ ।
हाम्रो पार्टी निर्माणको मूल उद्देश्य निश्चितरूपमा क्रान्तिको ध्येय रहेको छ र त्यसैले पार्टी निर्माण र सञ्चालनको चरणलाई क्रान्तिकारी विकासको चरण भन्न सक्छौँ । हामीले विगतका दसकहरूमा पार्टी निर्माणमा मूल्यवान सफलताहरू हासिल ग¥यौं तर अब हामीले हाम्रो सिङ्गो पार्टीलाई किम इल सङ वाद –किम जोङ इल वादको नमुनाको रूपमा विकास गर्दै नयाँ र उच्च तहमा उन्नति गर्न हाम्रो प्रयासलाई दुगुणा बनाउनुपर्छ ।
एक शासक समाजवादी पार्टीका लागि भविष्यमा आफ्नो भूमिका कायम राख्न के कुरा महँवपूर्ण छ भने त्यसले कुनै पनि परिवेशमा र अवस्थामा पनि आफ्नो केन्द्र नगुमाइकन आफ्नो कर्तव्य र गतिविधिका सिद्धान्तहरू दृढताकासाथ कायम राख्नुपर्छ, पार्टी केन्द्रीय समिति वरपर सिङ्गो पार्टीलाई एकतावद्ध राख्ने सङ्घर्षलाई निरन्तरता र तीब्रता दिनुपर्छ र सधैँ दृढ ढङ्गले बहुसङ्ख्यक कामदार जनताको माझमा जरा गाड्नुपर्छ र सबै जनताको अटुट विश्वास कायम राख्नुपर्छ ।
विशेषगरी, जब क्रान्तिले अझबढी कार्यभार र बठी कठिनाइहरू सामना गर्नुपर्ने हुन्छ, पार्टीमाथिको जनसमुदायको विश्वासलाई अझ बढी गहिरो बनाउनुपर्ने र जनविश्वासको आधारशिलालाई अझ बढी एकतावद्ध पार्नुपर्ने हुन्छ । यस कार्यले आफैलाई प्राथमिकताको र मूल कार्यको रूपमा देखाउँछ । त्यसकारण, पार्टी केन्द्रीय समितिले यस कार्यलाई पार्टीलाई राजनीतिक रूपले परिपक्व, साङ्गठनिक ढङ्गले चुस्त, विचारधारात्मक रूपले शुद्ध, कडा अनुशासित र नयाँ युगको आवश्यकताअनुसार चुस्त कार्यशैलीसहितको बलियो पार्टी बनाउन जरूरी र उपयुक्त मानेको छ ।
अर्को शब्दमा हामी भन्न सक्छौं कि राजनीतिक, साङ्गठनिक र वैचारिक निर्माण, अनुशासन र कार्यशैली निर्माण नयाँ युगमा हाम्रो पार्टी निर्माणका दिशानिर्देश हुन् । नयाँ पाँच बुँदे निर्माणसम्बन्धी निर्देशनहरू विश्व समाजवादी आन्दोलनको ऐतिहासिक शिक्षाको दृष्टिले र हाम्रो पार्टीभित्रको स्थितिको दृष्टिले पनि अत्यन्त महँवपूर्ण छन् ।
विश्व समाजवादी आन्दोलनको इतिहासमा शासक समाजवादी पार्टी जुन आफै राजनीतिक रूपले कमजोर छ, साङ्गठनिक र विचारधारात्मक हिसाबले चुस्त छैन, अनुशासनहीनताको प्रभुत्व छ र गलत कार्यशैलीमा चलिरहेको छ भने त्यसले क्रान्तिलाई सही तरिकाले नेतृत्व दिन र जस प्राप्त हुनेगरी जनताको सेवा गर्न सक्दैन ।
त्यस्तै कुनै पार्टी आफ्नै निर्माण र सञ्चालनमा दयनीय छ भने बिनाकुनै अपवाद त्यसले जनविश्वास र नेतृत्व गुमाउँछ , चुनौतीहरूमाथि र प्रतिक्रान्तिको हमलामाथि विजय प्राप्त गर्न असफल हुन्छ ।
अनुवाद : प्रकाश
Leave a Reply