नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
औपचारिकतामा पुँजीवाद, सामन्तवाद र सत्तावादी राजनीतिले जे–जे जस्तो वाचा, सङ्कल्प, प्रतिबद्धता गरे पनि व्यवहार भने जसरी पनि कमाउ र खाउ भन्थ्यो । अब त्यो कमाउ, खाउमात्र पर्याप्त भएन । फलतः थुपारसमेत भन्न लाग्यो । त्यो थुपारको मनोविज्ञान सर्वाधिक खराब विषय हो । थुपार्ने मनोविज्ञानको अन्त्य कहिल्यै हुँदैन । त्यो विज्ञानमा उभिएको राजनीति जनताको राजनीति हुनै सक्दैन । त्यो थुपार्ने राजनीतिको गुह्य कुरा बुझेपछि धेरै अरू पनि बुझिन्छ । परन्तु, यो थुपार दर्शन सुन्दा, भन्दा र देख्दा सजिलो छ । तर, गर्दा त्यस्तो लाग्दैन । पुँजीवाद, सामन्तवाद र सत्तावाद भनेकै भन्दा सरल गर्दा जनताको विपक्षमा निर्दयी भएर उभिने रहेछ । त्यसैमा रस देख्छन् एकथरी । ती हुनेखानेहरू हुन्छन् । त्यतै लाग्छन् । त्यो पाटोमा हुँदाखानेहरू अटाउँदैनन् । एकपल्ट हो र हरेक निर्वाचन आउँदा ती खराबहरूसँग के जादू छ फेरि फकाउँछन् । ती निमुखा फक्किन्छन् आफ्नो अमूल्य मत उनैलाई हाल्छन् । उनै हिजोका शोषक फेरि हाकिम हुन पुग्छन् । आफ्नो हुँदो गर्छन् । किन त्यो गर्छन् भने ती जनताका हुँदैनन् । तर, जनता किन उसको चुनाव चिह्नमा मत हाल्छन् !
उल्काले उल्का नै जन्माउँछ
यसपाला जति जनाले मतदानमा भाग लिए त्यो प्रतिशत हेर्दा यसपल्ट प्रारम्भिक आकलनअनुसार २०५१ को मद्यावधि निर्वाचनको प्रतिशतभन्दा पनि कम भयो । २० वर्षमा पनि मतदान प्रतिशत कम रह्यो । यो केको परिणाम हो ? त्यो मद्यावधि निर्वाचनको हिसाबअनुसार ०५१ सालको मद्यावधि निर्वाचनको परिणामअनुसार यसपल्ट कम मत खस्यो । यो केको लक्षण हो ? पार्टी राजनीतिप्रति आकर्षण र विकर्षण केको सङ्केत हो टुङ्गो छैन । तर, मतदान प्रतिशत घट्नु नपर्ने हो घट्यो । यो विकासको वा विनाशको सङ्केत हो ? सत्य तथ्यको आधारमा टुङ्गिनुपर्छ । त्रुटि भएको छ कहाँ कहाँ त्रुटि भयो । मसिनु किसिमले खोजी सच्चिनुपर्छ । बहुदलविरोधीहरू अथवा परम्परावादीहरू यो बहुदलविरोधीहरू उफ्री उफ्री बहुदल विपक्षी जनताको अघोषित बहिष्कार हो पनि भन्न सक्दछन् । तर, यो मतदान प्रतिशत कम हुनु निर्दलको आकर्षण कदापि होइन । पार्टीको काम सरकारले उत्तरदायित्व बहन गर्न नसकेको असन्तुष्टि प्रदर्शनमात्र हो । स्थायी विरोध होइन । एकपल्ट विनापूर्वाग्रह विश्लेषण गरी राजनीति पुनः सशक्तीकरण जरूरी छ । यो केवल बहुदलको विपक्षमा निषेध वा अनेक जोरजाम गर्ने सामग्री हुनुहुँदैन । कमाउने भाँडो बनाउने राजनीतिलाई हुनुभएन । जनतामा जानुप¥यो । उल्का गरेर उल्का निकाल्न हुँदैन । उल्काले उल्का नै फैलाउँछ ।
मतदाता बढ्ने मत घट्ने के हो ?
यो कम प्रतिशत मतदान हुनु भनेको ठीकसँग राज्य चलेन भन्ने उच्च असन्तुष्टिको लक्षण हो भन्ने व्याख्या गर्न लागिएको छ । त्यतिको धेरै राजनीतिक पार्टी हुँदाहुँदै पनि मतदाता किन पार्टीका प्रत्याशीलाई मत नदिई स्वतन्त्र उम्मेदवारलाई वा स्वतन्त्र पार्टीलाई मत दिन्छन् ? त्यसको कारण बुझ्न सकेको छैन । स्वतन्त्रहरूको पार्टी भन्ने पनि बुझेको छैन । के भनेको स्वतन्त्रहरूको पार्टी भनेको ? मलाई यसको व्याख्याको परिभाषा चाहियो । उहाँहरूको ‘स्वतन्त्र’ भनेको के हो ? मलाई लाग्छ, स्वतन्त्र भनेको स्वतन्त्र नै हो । कसैसँग प्रतिबद्ध छैन भन्ने हो । तर, स्वतन्त्रहरूले पार्टी चलाएपछि केको स्वतन्त्र ? यस तर्कको के उत्तर छ ? यस प्रश्नमा नेपाली जनतालाई मात्र होइन विश्वलाई नै उत्तर चाहिएको छ । स्वतन्त्र पार्टीलाई मतदान गर्ने थुप्रै मान्छे देखापरे यसपाला । तर, मलाई भने यो शब्दमा चित्त बुझेन । स्वतन्त्र पार्टीका माथिल्लो मान्छेले निर्वाचनमा जित्यो भने कोको सँग मिलेर सरकार सञ्चालन गर्छ होला । यो एउटा जिज्ञासा ? मुलुकको सग्लो स्वरूप यस्तो छ । स्थानीय तहको निर्वाचनपछि मतदाता बढे पक्कै पनि तर मत भने घटे । मतदाता बढ्ने मत भने घट्ने ? के पद्धति हो यो ? जनताले चाहेको भए मतदाता बढेपछि मत पनि बढ्नु सुल्टो कुरो हो । सरलै बुझिन्छ तर किन बढेन ? यसको गूढार्थ के ?
नभेट्ने तर मत दिने
गत स्थानीय निकायमा ७०.९६ प्रतिशत मत खसेको थियो । तर, यस पल्टको निर्वाचनमा ६०.९१ प्रतिशतमात्र मत खस्यो । पहिलेको तुलनामा १० प्रतिशत कम । यो सन्देशले के भन्छ सोचौँ गम्भीरतापूर्वक । के त्यसै छोडौँ यो प्रसङ्गलाई । यसबाट के सन्देश जान्छ जनतामा । पार्टी नेताहरूको ध्यान गएको छ यो जटिल मुद्दामा ? यस पल्टको मत निर्वाचन आयोगले अपेक्षा गरेभन्दा कम मत खस्यो रे ¤ हो, सम्पूर्ण मतदानपछि केही मत बढ्ला तर मतदाताको सङ्ख्या बढेको प्रतिशतमा बढ्दैन मत सङ्ख्या ? यो नयाँ रोग आयो । यसको उपचार के ? प्रश्न त तेर्सियो । तर कोसँग छ उत्तर ? यो मुलुकमा यस्ता ज्येष्ठ नागरिकसम्म रहेछन् जसले २०१५ सालदेखि २०७९ सालसम्मका सबै निर्वाचनमा मतदान गरेछन् । त्यस्ता मतदाता खोजी के गर्दा मतदाता बढ्छन् छलफल होस् न ? एकजना विश्लेषक भन्छन्, भोट हालेर के हुन्छ र ? भन्ने पनि मतदाताहरूलाई परेको छ । मतदाताबाट यो अविश्वासको विष झिकेर फाल्नु छ । यो कसरी फालिन्छ त भन्दा पार्टीहरूले, नेताहरूले ढाँट्न छोड्नुपर्छ जे जे गर्छु भनी राजनीतिमा, पार्टीमा प्रवेश गरेको हो । त्यो सबै सम्झी तद्नुसारका काम गरे किन बढ्दैन मतदाता सङ्ख्या ? मत सङ्ख्या ? मत प्रतिशत घटेको रोग राजनीतिक दल र नेताले अथवा नेता भन्ने तर काम भने नगर्ने वा अझ उल्टो गर्ने फट्याइँ हो । एकजना विद्यावारिधी विद्वानले आफ्नो पार्टीको घर नआउन भनेछन् । तर, ४ मङ्सिरमा दुवै बुढाबुढी नै मतदान गरी फर्केछन् । यस्तो पनि छ ।
Leave a Reply