राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता
- मंसिर १२, २०८०
ब्रासिलिया, ७ मङ्सिर (एएफपी) । ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले निर्वाचन परिणामलाई औपचारिकरूपमा चुनौती दिन अदालतमा निवेदन दायर गरेका छन् ।
गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला डा. सिल्भाले झिनो मतान्तरले विजय हासिल गरेपछि बोल्सोनारोले निर्वाचन परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
नोभेम्बर २२ मा दायर गरिएको निवेदनमा बोल्सोनारो र उनको लिबरल पार्टीका नेताहरूले केही मतदान यन्त्रमा खराबी आएको दाबी गर्दै उनीहरूमार्फत खसेको मत खारेज गर्न माग गरेका छन् ।
चुनावको परिणामपछि बोल्सोनारोले राष्ट्रपति चुनावमा आफ्नो हारलाई अस्वीकार गर्दै आएका छन् । यद्यपि, उनले संविधानका सबै प्रावधानहरूलाई मानेर अघि बढ्ने बताएका थिए । बोल्सोनारोलाई ब्राजिलको ट्रम्प भनेर आलोचना र विरोध गरिन्छ ।
सीएनएनको रिपोर्टअनुसार लेबर पार्टीले आफूले नियुक्त गरेको कम्पनीले गरेको विश्लेषणलाई उद्धृत गर्दै उक्त मत हटाउँदा बोल्सोनारोले चुनाव जित्ने दाबी गरेको छ ।
बोल्सोनारोको निवेदनको जवाफमा ब्राजिलका निर्वाचन अधिकारीहरूले पहिलो चरणको चुनावमा पनि सोही भोटिङ मेशिनको प्रयोग गरिएको बताएका छन् ।
सीएनएन ब्राजिलको रिपोर्टलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, “निर्वाचन अधिकारीहरूले बोल्सोनारो र उनको पार्टीले आफ्नो उजुरीलाई परिमार्जन गर्न र कानुनी प्रक्रिया सुरू गर्न पहिलो चरणको निर्वाचनको परिणाम समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।”
ब्राजिलको सर्वोच्च निर्वाचन अदालतका मुख्य न्यायाधीश एलेक्जेन्डर मोरासले बोल्सोनारो र उनका निवेदकलाई आफ्नो उजुरी परिमार्जन गर्न २४ घण्टाको समय सीमा दिएका छन् ।
निर्वाचनमा लुइस इनासियो लुला डा. सिल्भाले ६ करोडभन्दा बढी मत प्राप्त गर्नुभएको थियो । ब्राजिलको इतिहासमा सबैभन्दा बढी हो । ब्राजिलको निर्वाचन अधिकारीका अनुसार लुइज इनासियो लुला डा सिल्भाले ५०.९० प्रतिशत मत प्राप्त गर्नुभएको छ भने बोल्सोनारोले ४९.१० प्रतिशत मत प्राप्त गरेका थिए ।
यसैबिच लुइज इनासियो लुला डा. सिल्भाले सन् २०२३ को जनवरी १ देखि देशको शासन गर्ने घोषणा गर्नुभएको छ । उहाँ सन् २००३ देखि २०१० सम्म लगातार दुई कार्यकाल ब्राजिलको राष्ट्रपति हुनुभएको थियो ।
Leave a Reply