नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
भक्तपुर, ७ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप अस्पतालद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवा कार्यक्रमका वडा नर्सहरूसँग बुधबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नगरको स्वास्थ्य स्थिति थाहा पाउन र स्वास्थ्यको प्रोफाइल तयार गर्ने उद्देश्यले भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउँदै अबका दिनहरूमा घरदैलो नर्सिङ सेवा अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न वडा नर्सहरूलाई मार्गनिर्देशन गर्नुभयो ।
उहाँले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने माध्यमको रूपमा घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउँदै भक्तपुर नपा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह भएको हुँदा यो गौरवपूर्ण कार्यको सफल निरन्तरताको निम्ति चिकित्सक तथा नर्सहरूले सेवामुखी ढङ्गले काम गर्न प्रेरित गर्नुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा र अस्पताल व्यवस्थापक विश्वजित प्रजापतिले पनि ख्वप अस्पतालको अवस्थाबारे अवगत गराउनुभयो । उक्त कार्यक्रममा वडा नर्सहरूले घरदैलो नर्सिङ कार्यक्रमको मासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Leave a Reply