भर्खरै :

कुन दल ‘राष्ट्रिय’ पार्टी हो वा होइन ?

कुन दल ‘राष्ट्रिय’ पार्टी हो वा होइन ?

निर्वाचनको सेरोफेरोमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय पार्टीको विषयमा गल्ली, चोक र घर–दैलोमा चर्चा सुनिँदै छ । समाज विकासको सिलसिलामा संसारको अनेक भू–खण्डमा जात–जातिहरूको बिचमा लडाइँ–झगडा भए† राज्यको स्थापना, राज्यहरूको पतन र राज्य विस्तार सँगसँगै हुँदै गयो । हार–जीत भए† भागाभाग र शक्ति सञ्चय पुनः लडाइँ चालु रह्यो । धेरै स–साना जातीय राज्यहरूकै पराजयपछि तुलनात्मकरूपले केही बलिया राजा (राज्य) हरू स्थापित भए । ती राजा र राज्यहरूकै चिहानमा महाराजा र सम्राटहरूको उदय भयो ।
विजय राजा, महाराजा र सम्राटहरूले हारेका सबै जाति र जनजातिहरूको प्रभुत्वको आफूमा मिलाए र पराजित ती स–साना राज्यहरू अब उप्रान्त राज्य नभई तिनीहरूको धर्म, भाषा, रीतिरिवाज र कलासंस्कृतिसँगै राष्ट्रको रूपमा जीवित रहे । महाराजा र सम्राटहरूले आफ्नै भाषा, धर्म, संस्कृति, रीतिरिवाजलाई नै राष्ट्र, महाराष्ट्र र राष्ट्रियताको झन्डा माने ।
प्रजातन्त्र, गणतन्त्र र मुक्ति युद्धको विजयले ‘हाम्रो राजा, हाम्रो भाषा र ‘हाम्रो राष्ट्र’ भनिने शब्द र वाक्यांशहरूले नयाँ अर्थ पाए । एउटा देशको निश्चित सीमाभित्र रहेका राज्यशक्ति गुमेका सबै जातजातिहरू फरकफरक ‘राष्ट्र’ को रूपमा मात्र स्थापित भए ।
नेपाली काङ्ग्रेस नेतृत्वले प्रचण्ड समूह, समाजवादी (माधव) र मधेसवादी नेतृत्वको अर्को गठबन्धनको घोषणापत्रको सार नै ‘खस– आर्य’ बडा राष्ट्र अहङ्कारवादको वा दुईदलीय पुँजीवादी तानाशाही व्यवस्थाको प्रादुर्भाव हो । अन्य विभिन्न विचार र सिद्धान्तमा आधारित दलहरू देशका विद्यमान दलित र पीडित जाति, जनजाति र कामदार वर्गको प्रतिनिधित्व गर्ने दलहरूको रूपमा देखिए ।
केही प्रतिगामी दृष्टिकोण राख्ने व्यक्ति, तत्व र दलका कार्यकर्ताहरू नेपाल मजदुर किसान पार्टीलाई ‘राष्ट्रिय’ दल होइन, नेवार पार्टी, ज्यापु पार्टी र क्षेत्रीय पार्टी भनी हेलाहोचो गर्छन् ।
ती पुँजीवादी दलका कार्यकर्ताहरूको भनाइको आधार निम्न छन्–
१) नेपाल मजदुर–किसान पार्टी भक्तपुर र काठमाडौँ उपत्यकाकेन्द्रित एक जातीय पार्टी र क्षेत्रीय पार्टी हो ।
२) अन्य जिल्लामा नेमकिपाको अस्तित्व नाममात्रको हो ।
३) नेमकिपाको सङ्गठन पहिलेभन्दा खुम्चिँदै गएको छ । त्यसकारण, त्यसको केही महत्व छैन । अन्य जिल्लाहरूमा उम्मेदवार पनि दिन सकेको छैन ।
पुँजीवादी दलहरूको दृष्टिकोणका खोटहरू निम्न छन् –
क) कुनै दललाई राष्ट्रिय वा अराष्ट्रिय दल भन्नुभन्दा पहिले हरेक राजनैतिक दलको कार्यक्रम र निर्वाचनको घोषणापत्र केलाउनु उपयुक्त हुन्छ । शासक दलहरूमध्ये केही राजधानी वा काठमाडौँ उपत्यकामै जित्न नसकेका दलहरू छन् । के ती दलहरूलाई ‘राष्ट्रिय’ पार्टी भन्न मिल्ला ?
ख) राजनैतिक दलहरूको नेतृत्व तहमा कुन जाति वा भाषाभाषी र क्षेत्रको सङ्ख्या बढी छ भन्ने अर्थ लगाउने हो भने नेपाल बारम्बार सरकारको नेतृत्व गर्ने दलहरू ‘खस–आर्य’ जातिवादी देखिने हुँदा ती दलहरू ‘राष्ट्रिय’ दलहरू ‘राष्ट्रिय’ नभई ‘बडा राष्ट्र अहङ्कारवादी’ छन् ।
ग) देशमा बहुमत जनता गैर खस–आर्य जाति भएको हुँदा ती शासक दलहरू देशको ‘अल्पमतको’ प्रतिनिधित्व गर्ने दलहरू हुन् । तिनीहरू अन्ध र सङ्कीर्ण राष्ट्रवादीहरू हुन् ।
घ) सिद्धान्त र व्यवहारको कसीमा घोटेर हेर्दा यी शासक दलहरू सबै जातिवादी, ‘अल्प सङ्ख्याको प्रतिनिधित्व गर्ने’ र ‘सङ्कीर्ण र अन्धराष्ट्रवादी’ र खस बडा राष्ट्र अहङ्कारवादीहरू’ हुन् । ‘समाजवाद र कम्युनिस्ट’ भनिने यी शासक दलहरूले सरकार कब्जा गरेर कामदार जनता, दलित–पीडित र गरिब जनताको जीवनमा मौलिक परिवर्तन आउने कुनै काम गरेका छैनन् । यसकारण, ती दलहरू पुँजीपति वर्ग र प्रतिगामीहरूको पक्षपोषण गर्दै आएका दलहरू हुन् ।
ङ) इटालीको तानाशाह मुसोलिनिले ‘रोमको गौरव फर्काउने’ नाममा देशका जनताको मौलिक धर्मको झन्डा बोकेर अन्य देशहरू कब्जा गरे । सारमा फासीवादको अर्थ– धर्म र राष्ट्रियताको नाममा साम्राज्य फैलाउने निहुँ हो ।
हिटलरले जर्मन जातिको रगत ‘पवित्र आर्य रगत’ हुँदा संसारलाई शासन गर्ने नैतिक अधिकार भएको घोषणा गर्दै मौलिक र राजनैतिक अधिकार कुप्ठित पार्दै सारा छिमेकी देशहरूमाथि आक्रमण सुरु गरे ।
नेपालका ‘खस–आर्य’ अहङ्कारभित्र मुसोलिनी र हिटलरको भूत सवार भएको देखिएको हुँदा ती शासक दलहरू ‘देशभक्त’ नभई ‘अति राष्ट्रवादी, अन्ध–राष्ट्रवादी र ठूलो राष्ट्र अहङ्कारवादी हुन् ।
नेमकिपालाई यसै कसीमा हेर्दा निम्न विषय प्रस्ट छन्–
१) माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचार र संसारका सबै समाजवादी देशहरूको सकारात्मक अनुभवबाट हाम्रो देश र समाजलाई एक नमुनाको वैज्ञानिक समाजवादी समाजमा रूपान्तरण गर्न चाहन्छ । यस अर्थमा नेमकिपा एक अन्तर्राष्ट्रवादी राजनैतिक दल हो ।
२) देशमा विद्यमान सबै भाषा, जाति, कला र संस्कृति मानव समाजकै एक अङ्ग हो । यसकारण ती सबै भाषा, कला–संस्कृति विश्व सम्पदाकै भाग हो । ती सबैलाई जोगाउनु नेपाली जनताको कर्तव्य हो ।
३) नेमकिपा देशका बहुमत कामदार जनता, बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्गको पक्षमा छ ।
नेपाल मजदुर किसान पार्टी एक देशभक्तहरूको कामदार वर्गको राजनैतिक दल हो । कामदार वर्गको अर्थ मजदुर, किसान र बुद्धिजीवीहरूको पार्टी हो । देशभक्त र स–साना पुँजीपति वर्गले दलालहरूको विरोध गर्दछ । बुद्धिजीवी भन्नाले प्राध्यापक, वैज्ञानिक, वकिल, इन्जिनियर, डाक्टर, लेखक, कवि, कलाकार र प्राज्ञहरू हुन् ।
नेमकिपा देशका सबै जातजाति, भाषाभाषी र तिनीहरूका कला र संस्कृतिलाई नेपालको मात्रै होइन विश्व मानव सभ्यताकै एक अङ्ग सम्झन्छ । यस अर्थमा नेपालका सबै जातजाति र भाषाभाषीको साहित्य, कला र संस्कृति विश्व सम्पदा हो । त्यस्तै, संसारका सबै साम्राज्यवाद र विस्तारवादको विरोध गर्छ एवम् नाजीवाद (हिटलर) र फासिवाद (मुसिलिनी) को पनि विरोध गर्छ । यस अर्थमा नेमकिपा एक अन्तर्राष्ट्रवादी राजनैतिक पार्टी हो । संसारका मजदुर र किसान आन्दोलन, प्रजातन्त्र र समाजवादी क्रान्तिहरूको पनि समर्थन गर्दछ ।
नेमकिपा सङ्कीर्ण राष्ट्रवाद, अन्ध राष्ट्रवाद र बडा राष्ट्र अहङ्कारवादको विरोध गर्दछ । यस मानेमा नेमकिपा एक देशभक्त राजनैतिक दल हो । नेमकिपा देशव्यापी सङ्गठन भएको एक राष्ट्रिय राजनैतिक दल हो । अहिले भइरहेको प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ५१ जिल्लामा १०९ जना उम्मेदवार छन् र समानुपातिकमा ३३ जिल्लामा ८८ उम्मेदवार छन् ।
प्रदेशका उम्मेदवारहरूमध्ये ३८ जिल्लामा १३३ उम्मेदवार छन् भने प्रदेशसभाको प्रत्यक्ष संसद्को उम्मेदवारहरू ३५ जिल्लामा १२४ जना छन् । यसरी प्रदेश र सङ्घीय संसद्मा उम्मेदवारहरूको जम्मा सङ्ख्या ४५४ जना छन् ।
यसकारण, नेपाल मजदुर–किसान पार्टीले १२ महिला र ९७ पुरुष उम्मेदवार गरी निर्वाचन तथा प्रतिनिधिसभाको चौथो राजनैतिक दल हो । (अन्नपूर्ण, १७ कार्तिक २०७९) ।
देशविरोधी एमसीसी र नागरिकता विधेयकको विरोधमा सशक्त सङ्घर्ष गर्ने नेमकिपा नै एक देशभक्त र क्रान्तिकारी हो । नेमकिपाले निर्वाचन व्यारोमिटरको रूपमा प्रयोग गर्छ र प्रतिक्रियावादी सङ्घ–संस्थामा पनि गएर जनताको सेवा गर्ने लेनिनवादी सिद्धान्तलाई स्वीकार गर्छ र देश र जनताको हितमा निःस्वार्थरूपले सङ्घर्षरत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *