भर्खरै :

कीर्तिपुरमा नेपालभाषा तःमुंज्याको तयारी

कीर्तिपुरमा नेपालभाषा तःमुंज्याको तयारी

काठमाडौँ, ११ मङ्सिर । कीर्तिपुरको पाङ्गामा हुने नवौँ नेपालभाषा तःमुंज्याको तयारी सुरु भएको छ ।
शनिबार बसेको बैठकले साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ ।
तःमुंज्याका अध्यक्ष श्रीकृष्ण महर्जनबाट प्राप्त जानकारीअनुसार मङ्सिर २२ गते पाङ्गा लाछीमा हुने तःमुंज्या भव्यरूपमा सफल बनाउन अतिथि व्यवस्थापन समिति, आर्थिक सङ्कलन समिति, मञ्च व्यवस्थापन समिति, जलपान समिति, प्रचारप्रसार समिति र सांस्कृतिक समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *