भर्खरै :

पैसोको शक्त्

यसपालि त निर्वाचनको घट्टले गहुँ, मकै, कोदो पिँध्छ भन्नेहरू जिल्लिए । किनभने, यसपाला पनि महानिर्वाचनले पिठो नै पिँध्यो गेडा यद्वा दाना पिँधेन । कुनै राजनीतिक पार्टीले सामान्य बहुमत पनि ल्याउन सकेनन् । नेपालका सत्तासीन वा सत्ताकाङ्क्षी राजनीतिक दलहरू बहुमत पनि पु¥याउन सक्दैनन्, अल्पमतले सरकार चलाउन सक्दैन । यसर्थ खै के नमिलेको के ? केपी शर्मा ओली नेतृत्वको सरकारले झन्डै दुई तृतीयांश बहुमत जुटाउन सकेको थियो । तर, सत्ता पचाउन सकेन । भ्रष्टाचार, अख्तियार दुरूपयोग, अनियमितता यति धेरै बढ्यो, यति धेरै बढ्यो स्वयं सरकारले समेत पत्याउन सकेन । संवैधानिक पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने संवैधानिक आयोगहरूको कानुन नै अध्यादेशमार्फत संशोधन गरी आफू अनुकूल बनाएर जथाभावी नियुक्ति गरियो । तब भ्रष्टाचार धपक्कै बल्न लाग्यो । सरकारले नै बेथितिको बोझ थाप्न सकेन । बहुमतको नाममा गर्नु नगर्नु गर्न लाग्यो । सरकार भनेको आफ्नी आमाको पेवाको रूपमा वा फुपुको बिर्ताको रूपमा लिन लाग्यो । तैपनि सकेन । फलतः पूर्वसर्तअनुसार प्रधानमन्त्री पद बिचमा आलोपालो गरी बदल्ने सहमति भएको थियो रे भद्रताको वातावरणमा । तर, ओलीले प्रधानमन्त्री पद मरिगए छोड्न चाहेनन् यता प्रचण्डलाई प्रधानमन्त्री नभई भएन ।

कान्छी किलम्बुहरू
राजनीतिलाई सेवाको होइन कमाउने भाँडो बनाएको परिणाम हो आजको असहज परिस्थिति आएको हो । तर, भक्तपुर निर्वाचन क्षेत्र नं. १ का मतदाता आफूले अघिल्लो अघिल्लो पल्टदेखि पत्याएका नेमकिपाका प्रेम सुवाललाई नै पुनः विधिवत बहुमतले फेरि पनि जिम्मेवारी दिएर कृतज्ञता वा कृतार्थ प्रकट गरेका छन् । यो वचनअनुसार विगतमा बडो इमानदारीसाथ सेवा गरेको सेवाको पुरस्कार हो यसपालाको मत भन्न मनलाग्यो मलाई । प्रतिनिधिसभा सदस्यले अरू धेरै के पो गर्नसक्छ र ? जनताको चोखो सेवा नै पहिलो कर्तव्य हो । नेमकिपाबाट दुवै संसद्मा निर्वाचित वा अरू तहमा निर्वाचित जनप्रतिनिधित्व गर्न भनी उभिएका कामदारवर्गको हितमा आफूलाई साँच्चै उत्सर्ग नै गरेका छन् । यो कुराको पुस्टि झन् अस्ति भक्तपुरमा प्रदर्शित जनसहभागिताले पनि छर्लङ्ग पारेको छ । एउटा उपमाको लागि अस्ति भक्तपुर सहर भार्वाचोकी एउटी ७५ वर्षकी कान्छी किलम्बू लौरो टेक्दै पासा पुचः सूर्यमढीको मादल विजयी गीतमा नाच्दै सहभागी भएको दृश्यले धेरै सन्देश दिएको छ । चोछेँमा पुगेपछि तपाईंलाई गा¥हो भयो होला आराम गर्नोस् भन्दा कान्छी किलम्बू ‘छैन गा¥हो, यस्तो अवसर पाउन फेरि पाँच वर्ष कुर्नुपर्छ । जनताको खुसियालीमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो । यसपाला मात्रा हो र अघिल्लो विजय ¥यालीमा पनि बेलुकी ९ः३० बजे घर फर्केकी थिएँ” भन्नुभयो ।

विद्युत्तीय प्रणालीमा जाऊँ
नेपाल मजदुर किसान पार्टीले अस्ति शनिबार एउटा विशाल प्रदर्शन र बृहत् सभा ग¥यो । मतदाताहरूको मतलाई सम्मान गर्न । सभालाई सम्बोधन गर्दै पार्टीका अधयक्ष नारायणमान बिजुक्छेँले देश र जनताको निःस्वार्थरुपमा सेवा गर्ने पार्टीको उद्देश्यलाई निरन्तरता दिइरहने विश्वास दिलाउनुभयो । निर्वाचित जनप्रतिनिधिहरूमा थपिएको जिम्मेवारी पूरा गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो । नेमकिपा कहिल्यै पनि सत्ताको मोह एवं लालचमा परेको छैन । ¥यालीमा सहभागी विशाल जन¥यालीको बिचबिचमा निर्वाचित सांसद प्रेम सुवालको, नवनिर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको, भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार अनुराधा थापामगर, २(ख) का उम्मेदवार सरोजराज गोसाई, १(क) का उम्मेदवार मिनबहादुर बाटा र २ (क) उम्मेदवार रमेश वैद्यले सङ्क्षिप्त सम्बोधन पनि गर्नुभयो । संसद्मा फेरि पठाएकोमा वा पठाउने जमर्को गरेकोमा सबै मतदाताहरूलाई धन्यवाद दिए । मतदाताहरूले जुन विश्वासका साथ मत दिए त्यसलाई ऊर्जाको रूपमा लिएको विश्वास दिलाइयो । सम्बोधनको बिचबिचमा करतल ध्वनिले वातावरण नै उत्साहित थियो । मत परिणाम छिटो सार्वजनिक नगरेर निराश होलान् मतदाता भनी मतगणना छिटो गर्न पनि नेमकिपाले अनेक वैकल्पिक उपाय पनि गरेको थियो । मतगणनाको जुम्सोपन हटाउन परिणाम सुन्न हतारिएका मतदाता विद्युतीय मतदान र मतगणना अपनाउने कुरा गर्दै थिए । यति ढिलो मतगणना आज यो विश्वमा सारै कम ठाउँमा गरिन्छ । सरकार, निर्वाचन आयोग र पार्टीहरूको गम्भीर ध्यान जरूरी छ ।

बिग्रन थालेको थाहा पाउँदैन
सत्तामा जादु हुनेरहेछ । मासिक निश्चित पैसाको लक्कु आउन थालेपछि मान्छे त्यता लहसिने रहेछ । तसर्थ यो पापी पैसो नभएको भए दुनियाँ कस्तो हुँदो हो कल्पना हुन्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपाल कम्युनिस्ट पार्टीमाथि डा.के.आई. सिंह काण्डमा गाँसेर राज्यले प्रतिबन्ध लगायो । पार्टी नेताहरू भूमिगत भए । हामी कार्यकर्ताले पार्टी धान्नुपर्ने भयो । नेतृत्वको विकल्पमा पूर्णबहादुर एमए र सिद्धिचरणहरूले वामपन्थी विचारलाई बचाई राखे । अब राजा महेन्द्रले गमेछन् र यी तिनै जनालाई महिनैपिच्छे पैसो आउने बाटो दिएछन् । महिनैपिच्छे निश्चित महेन्द्रमल्ली आउने भएपछि त्यतै लोभिए, मानव, एमए र श्रेष्ठहरू । यस्ता कम्युनिस्ट पार्टी र साम्यवादको विरूद्ध ठूलठूला सिद्धान्त छाड्न लागे यीनै व्यक्तित्व । मानव भन्न थाले, आजको युगमा निर्दलीय पञ्चायतमात्र जाडो याममा ठूलो सिरकजस्तो गम्रङ्ग ओढ्न पुग्ने । अरू व्यवस्था त माघको ठण्डीमा छोटो सिरकजस्ता । टाउको छोप्यो खुट्टा नाङ्गो, खुट्टा छोप्यो टाउको नाङ्गो पो भन्न थाले । त्यस्तै थेगो बनाए । एमए र सिद्धिचरणले पनि त्यसै गरे । यसर्थ यो महिनैपिच्छे रकम आउने प्रलोभन आए केही हुँदो रहेनछ । यी तिनै जना महाशय नराम्रो मान्छेका उपमा भए । तसर्थ, मान्छे कुन घडीदेखि बिग्रन थाल्छ भन्न सकिँदैन । मान्छे यस्तो प्राणी हो जो आफू बिग्रन लागेको पनि पत्तो पाउँदैन । यो कुरा हामीले साथीहरूमाझ दोहो¥याइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *