स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका शासक र ठूला दलका नेताहरू अहिले सत्ता समीकरण या सत्ताको गठजोडमा पूर्वाभ्यास गर्न जुटेका छन् । हालसम्मको चुनावको नतिजाअनुसार अहिले कुनै पनि एक दलको बहुमत पुगेको छैन । गएको निर्वाचनमा झैँ अब बन्ने सरकार पनि गठबन्धनकै सरकार बन्ने लगभग निश्चित भइसकेको छ । सरकार बनाउनको लागि प्रम शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली गृहकार्यमा जुटेका छन् । प्रम देउवा पहिलेकै गठबन्धनको सरकारलाई निरन्तरता दिने प्रयासमा छन् भने एमाले अध्यक्ष ओली माओवादी केन्द्रलगायत अन्य दललाई तानेर आफ्नो नेतृत्वमा सरकार बनाउने तर्खरमा छन् । प्रम देउवा आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा छन् भने उता ओली पनि उही कसरतमा छन् । तर, कुन दलको कुन नेताको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा अहिल्यै टुङ्गो लगाउन सकिँदैन ।
नयाँ सरकार गठनको लागि एकले अर्काेलाई दलहरू आफूतिर तान्ने चलखेल सुरु गरेको छ । दल आफूतिर तान्ने प्रयास गर्दा मन्त्री बाँडफाँटको कुरा हुने नै भयो । कति दलहरू मन्त्री पद सरकारमा जाने जुन दलले बढी दिन्छ या महत्वपूर्ण पदहरू दिन्छ त्यतैतिर ढल्कन पनि बेर लाग्दैन । पद र पैसाको निम्ति राजनीति गर्ने दलहरूमा यो चरित्र देखिएकै हुन्छ । पुँजीवादी व्यवस्थामा पदको चलखेल हुन्छ । सांसदको किनबेच हुन पनि बेर लाग्दैन । अहिले शासक दल र ठूला दलका नेताहरू एकले अर्काे दललाई तर्साउन र फकाउन लागिपरेका छन् । एमालेले माओवादी केन्द्रलाई लोभ्याउने, माओवादी केन्द्र र एकीकृत समाजवादीले नेकालाई तर्साउने काम भइरहेको छ । देशभरका सबै जिल्ला र प्रदेशको नतिजा सार्वजनिक भएपछि शासक दलहरू सरकार गठनमा लाग्नेछन् । त्यसबेला आफ्नै र अर्काे दलबिच कसले कति कुन कुन मन्त्रालयको भाग पाउने भन्नेबारे विवाद नहोला भन्न सकिँदैन । दल दलबिचको विवादले सरकार गठनमा ढिलो हुने कुरा पनि नौलो होइन । पुँजीवादी व्यवस्थामा पद र पैसाको तँछाडमछाड हुनु स्वाभाविक हो ।
Leave a Reply