भर्खरै :

रुस–युक्रेन द्वन्द्वले युरोपको सुरक्षा व्यवस्थामा परिवर्तन

रुस–युक्रेन द्वन्द्वले युरोपको सुरक्षा व्यवस्थामा परिवर्तन

(रुस युक्रेनबिच युद्धको पृष्ठभूमिमा युरोपेली सङ्घ र अमेरिकाको भूमिकाबारे बुझ्न जाव लङ्गद्वारा लिखित यस अनुवादित लेख उपयुक्त हुनेछ – सम्पादक)
सन् २०२२ को फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन द्वन्द्वको अन्त्यको कुनै सङ्केत देखिएको छैन । युद्धको प्रभाव र गतिरोध अन्त्य हुने सबै पक्षहरूको अपेक्षा धेरै पर पुगेको छ । युद्धले ‘क्षति सहनशिलता’ मा ¥हास ल्याएको छ । समग्रमा सङ्कटको अन्त्य रणनीतिक इच्छाको लडाइँमा निर्भर हुन्छ । रुस र अमेरिकाबिच र अमेरिका, युरोप र युक्रेनबिच युरोपेली सङ्घले समन्वय गर्नुपर्छ । एक्काइसौँ शताब्दी यताको युरोपमा सबैभन्दा ठूलो सशस्त्र द्वन्द्वमा रूस–युक्रेन द्वन्द्वले क्षेत्रीय र विश्वव्यापी सुरक्षा व्यवस्थालाई क्रमशः परिवर्तन गर्दै छ ।
विरोधी गठबन्धनहरू बन्दै गर्दा क्षेत्रीय सुरक्षा द्वन्द्व तीव्र बन्दै गएको छ ।
युरोपमा सुरु भएको चर्को द्वन्द्वले सुरक्षा डर बढ्दा अमेरिका–युरोप गठबन्धनलाई थप बलियो बनायो । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) म्याड्रिड शिखर सम्मेलनले रसियालाई रणनीतिक सहयोगीबाट हटाएर आतङ्की राष्ट्रमात्र घोषणा गरेन यसले नाटो सेनालाई सात गुणा बढाएर सैनिकको सङ्ख्या ३ लाखभन्दा बढी पु¥याएको छ । युरोपेली राष्ट्रहरूले सैद्धान्तिक र व्यावहारिक दुवै तहमा आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेका छन् । पहिलोपटक अस्ट्रिया र स्विट्जरल्यान्डजस्ता तटस्थ राष्ट्रहरू रूसविरुद्धको प्रतिबन्ध अभियानमा सामेल भएका छन् । रुसबारे जर्मनीले मर्केल नीति छोडेको र रक्षा खर्च १०० अर्ब युरोको विशेष कोष बनाएको छ । २०२४ देखि आफ्नो वार्षिक रक्षा खर्च कुल गार्हस्थ उत्पादनको अनुपात २ प्रतिशतभन्दा बढी पु¥याउने भएको छ । अझ महत्वपूर्ण कुरा स्वीडेन र फिनल्यान्डले अघिल्लो असंलग्न सैन्य नीति खारेज गरेका छन् र आधिकारिकरूपमा नाटोमा सामेल हुन आवेदन दिएको छ । नाटोका सबै सदस्य राष्ट्रका प्रतिनिधिहरूले फिनल्यान्ड र स्वीडेनको नाटो सदस्यतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन् । २०२२ मा नाटो उत्तरतर्फमा विस्तार औपचारिकरूपमा सुरु भएको थियो । यही बेला रूसले रूस र बेलारुसको सङ्घ राज्यको सैन्य एकीकरणलाई गति दिएको छ र सामूहिक सुरक्षा सन्धि सङ्गठनलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ । फलस्वरूप दुई भिडन्तकारी पक्षहरूबिचमा बसेका साना र मध्यम आकारका देशहरू आत्म–संरक्षणको लागि सामूहिकरूपमा आफ्नो सुरक्षा प्राप्त गर्न बाध्य छन् ।
व्यवहारिकरूपमा लामो समयदेखि अमेरिकाले रुसलाई कमजोर बनाउने रणनीति अवलम्बन गरिरहेको छ । युरोपको भविष्यमा आधारित एकीकरण प्रक्रियाको साथसाथै रुसले बढाएको पारस्परिक सुरक्षा प्रत्याभूतिलाई युरोपले प्रतिस्थापन गर्ने प्रयास जारी राखेको छ । शीतयुद्धको विरासतको रूपमा नाटोले आफ्नो क्षेत्रमा विस्तार गर्न जारी राख्दा अनिवार्यरूपमा रूसको सुरक्षा चिन्ता बढ्नु स्वाभाविक छ । रसियाका लागि युक्रेनमा यसको विशेष सैन्य अपरेसनले आफ्नो छिमेकीमा सुरक्षा दबाब समाधान गर्न र नाटोको पूर्वी विस्तारको प्रतिरोध गर्नमात्र होइन शीतयुद्धमा हारेको दाग हटाउन र अमेरिका र पश्चिमको नेतृत्वमा विश्व व्यवस्थाको पुनर्निर्माण गर्न पनि मद्दत गर्दछ । एक निश्चित हदसम्म रुस–युक्रेन द्वन्द्वले विश्वलाई महायुद्धको युगमा पु¥याएको छ जसले शीतयुद्ध समाप्त भएदेखि नै एकध्रुवीय विश्व व्यवस्थाको अन्त्यलाई सङ्केत गर्छ । रूस र युक्रेनले युद्धविराम गरे पनि सबै विद्यमान राजनीतिक मुद्दाहरू सल्टिने छैन र युरोपमा लामो र अपरिवर्तनीय सैन्य टकराव हुनेछ । भविष्यमा विचारधारा र रणनीतिक अभिमुखीकरणमा रुस र पश्चिमबिचको द्वन्द्वले झन्झन् क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्छ ।
अप्रिल ५, २०२२ मा चीनले नाटोको सुरक्षा र लोकतन्त्रलाई प्रणालीगत चुनौती खडा गरेको आरोप लगाउँदै नाटो महासचिव स्टोल्टेनवर्गले प्रजातन्त्रलाई बलियो बनाउन र उनीहरूको मूल्यमान्यता र नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न आह्वान गरे । नाटोले मनोमानी ढङ्गले चीन र रुसलाई विश्व व्यवस्था उल्ट्याउने राष्ट्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । एसियाली क्षेत्रमा सुरक्षा र स्थिरतामा अनिश्चितता ल्याउँदै ‘लोकतन्त्रविरुद्ध निरङ्कुशता’ को विश्वव्यापी कथा बुन्छ र एसियामा आफ्नो कार्य र एजेन्डाको सीमा विस्तार गर्न विश्वव्यापी साझेदारहरू र बाह्य मिसनहरूको धारणा लागू गर्दछ । जर्मनीले सुरक्षा उपभोक्ताबाट सुरक्षा आपूर्तिकर्तामा आफ्नो रक्षा रणनीति परिवर्तन गर्दा दोस्रो विश्वयुद्धको पराजित राष्ट्र जापानले संविधान र यसको रक्षा खर्चको कुल गार्हस्थ उत्पादन अनुपात बढाउँदै सैन्य क्षमता बढाउनको लागि आफ्नो शान्तिवादी संविधान तोड्ने गतिलाई तीव्र पार्छ । आफ्नो मूल्यमान्यता र भूराजनीतिक प्रभावको क्षेत्र वरिपरि घुम्दै अमेरिकाले रसिया–युक्रेन द्वन्द्वको क्षेत्रभन्दा बाहिरका देशहरूलाई अप्रत्यक्षरूपमा पीडित बनाउँदै क्षेत्रीय सुरक्षा ढाँचालाई कृत्रिमरूपमा नष्ट गरेको छ ।

ट्रान्सएट्लान्टिक सम्बन्धले यसको पुनर्आकारलाई गति दिन्छ
रुस–युक्रेन द्वन्द्वले सामरिक विभाजन र पहिचानको ¥हास हुँदा ‘ट्रान्सएट्लान्टिक सम्बन्ध’ लाई कमजोर बनाउने प्रवृत्तिलाई मूलरूपमा उल्टो पारेको छ । नाटो सदस्य राष्ट्रहरूको सैन्य खर्च, डिजिटल कर र व्यापार संरक्षणवादमा दुई पक्षहरूबिच स्पष्ट भिन्नतासहित ट्रम्पको कार्यकालमा भूराजनीतिक नीति भिन्नता, आर्थिक प्रतिस्पर्धा र आन्तरिक सामाजिक र राजनीतिक परिवर्तनहरूको मिश्रित प्रभावले ट्रान्सएटलान्टिक सम्बन्धमा परिवर्तनहरू निम्त्यायो । सबै उद्देश्यहरू प्राप्त गर्न आधारशिला मानिएको एटलान्टिकवादको बलियो विश्वासीको रूपमा राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेदेखि ट्रान्सएटलान्टिक सम्बन्धलाई पुनः आकार दिन व्यस्त छन् । तर, अफगानिस्तानबाट हतारमा अमेरिका फिर्ता हुने र अमेरिका, बेलायत र अस्ट्रेलियाले ब्ग्प्ग्क् गठन गर्ने घोषणा र उनीहरूको सैन्य सहयोगको योजनाबाट उत्पन्न कूटनीतिक सङ्कटका कारण साझेदारहरूबिचको विश्वासको कमीले प्रक्रिया अवरुद्ध भएको छ । रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि जी–७ शिखर सम्मेलन, युरोपियन युनियन शिखर सम्मेलन र नाटो शिखर सम्मेलनहरू एकपछि अर्को गरी आयोजित छन् । ‘ट्रान्सएटलान्टिक सम्बन्ध’ कसरी नियममा आधारित व्यवस्थाको रक्षा गर्नेजस्ता विषयहरू एजेन्डाको मुख्य विषय बनेनन् बरु रुसलाई कसरी दण्ड दिने, कसरी युक्रेनलाई सहयोग गर्ने, अमेरिका–युरोपबिच एकता प्रदर्शन गर्नमा केन्द्र्रित भयो । यसबाहेक अमेरिका र युरोपेली युनियनले वित्त, आर्थिक–व्यापार, विज्ञान–प्रविधि र ऊर्जामा एकअर्कासँग सहकार्य गर्दै रूसविरुद्ध प्रतिबन्धको छ चरण पार गरेका छन् ।
युरोपेली युनियन नयाँ र पुरानो युरोपबिचको पहिचानको खाडललाई पुर्न रसिया–युक्रेन द्वन्द्वमा निर्भर छ । फलस्वरूप फ्रान्स र जर्मनीले प्रवद्र्धन गरेको रणनीतिक स्वतन्त्रताको प्रक्रियामा अमेरिकासँग बाँधिएको सुरक्षा र ऊर्जा एजेन्डामा यसको चासो बढ्दै गएको छ ।
वर्तमानमा युरोपेली सरकारहरू रूसविरुद्ध अमेरिका–युरोप रणनीतिक समन्वयको बलियो बनाउँदै छन् । यद्यपि, द्वन्द्व लामो हुँदै जाँदा संयुक्त राज्य अमेरिका र युरोपमाथि समन्वयात्मक प्रभाव कायम राख्न दबाब क्रमशः बढ्दै जानेछ । पहिलो, जनमतको स्तरमा युद्धको थकान, द्वन्द्वमा यूएस–युरोपको मुख्य आधार मिडियाको कभरेज घट्दै गएको छ जसले गर्दा रुसलाई पराजित गर्ने वातावरणमा विभाजित छ । दोस्रो, सामाजिक स्तरमा बढेको भित्री प्रवृत्ति, दशकौँदेखि चरम मुद्रास्फीतिको सामना गर्दै, मुद्रास्फीतिलाई सम्हाल्न वा युक्रेनलाई सहयोग गर्ने कुरा विवादको केन्द्रबिन्दु बनेको छ । तेस्रो, रसियामाथिको ऊर्जा प्रतिबन्ध युरोपले सहन नसक्ने सीमामा पुगेको छ । अन्तर्राष्ट्रिय ऊर्जा मूल्य उच्च रहँदा रूसी ऊर्जा निर्यात घटे पनि बढेको मूल्यले त्यसको क्षतिपूर्ति भरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्याङ्कअनुसार २०२२ को सुरुआतदेखि रूसले कच्चा तेलसँग सम्बन्धित उत्पादनहरूबाट प्रतिमहिना २० अर्ब अमेरिकी डलर कमाएको छ जुन वार्षिकरूपमा ५० प्रतिशतले बढेको छ । निरन्तर उच्च मूल्यको प्राकृतिक ग्यासले रूसलाई लगभग ८० बिलियन अमेरिकी डलरको आम्दानी हुनेछ । प्रतिबन्धको लागि नयाँ विषयवस्तुको अभावको पृष्ठभूमिमा ऊर्जा सङ्कट, खाद्य सङ्कट, मानवीय सङ्कट र सैन्य खतरामा अमेरिका र युरोपबिचको कथित भिन्नता विस्तार हुनसक्छ । युक्रेनलाई परित्याग गर्ने सङ्केत देखाउनु अमेरिका र युरोप दुवैको लागि आवश्यक नभए पनि अधिकांश देशहरू युक्रेनलाई घरेलु अर्थतन्त्र र जीवनस्तरको खर्चमा सहयोग गर्न अनिच्छुक छन् ।

रणनीतिक प्राथमिकताको रूपमा सुरक्षा आश्वासन
हालका वर्षहरूमा युरोपेली सङ्घले रुसलाई राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक मामिलामा नाममात्रको साझेदार बनाएको थियो । रसिया–युरोप सम्बन्धको प्रक्रियालाई राजनीतिक पृथकताबाट सबै विरोध गर्ने प्रक्रियालाई स्थगित गर्दै र एक निश्चित हदसम्म दुबै पक्षहरूबिचको द्वन्द्वको तीव्रतालाई सीमित गर्न फ्रान्स र जर्मनी सहमतिमा पुगेका थिए । उदाहरणका लागि फ्रान्सेली राष्ट्रपति म्याक्रोनले हालैका वर्षहरूमा युरोपेलीविरोधी नीति असफल भएको देखेर रूसमा युरोपियन युनियन रणनीतिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्न आह्वान गरेका थिए । पूर्व जर्मन चान्सलर मर्केलले युरोपेली ऊर्जा नीति वासिङ्टनले तय गर्न नहुने टिप्पणी गर्दै रुससँग वार्ता कायम गर्न आह्वान गरेकी थिइन् ।
यद्यपि, रुस र युरोपबिचको ठोस आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धले नयाँ फलामको पर्दालाई महाद्वीपमा आउनबाट रोकेको छ । तर, रुस–युक्रेन द्वन्द्वमा दुबै पक्षहरूबिच एकआपसको प्रतिबन्धको निम्ति हुने सङ्घर्षले ठूलो मात्रामा वित्त युद्ध र ऊर्जा युद्ध निम्त्याएको छ । एकै समयमा रसिया–युक्रेन द्वन्द्वले सिर्जना गरेका प्रकोप जारी छ । विश्व बैङ्कको अनुमानअनुसार सन् २०२२ मा ऊर्जाको मूल्यमा ५०.५ प्रतिशत र खाद्यान्नको मूल्य २२.९ प्रतिशतले वृद्धि हुनेछ । वित्त, आर्थिक–व्यापार, विज्ञान–प्रविधि र सूचनालाई साधन र हतियार बनाउने हाइब्रीड युद्धलाई कसरी सम्हाल्ने भन्ने सबै देशहरूका लागि यो एउटा नयाँ चुनौती बनेको छ ।
यसबाहेक रसिया युक्रेन द्वन्द्वका पक्षहरूले आफ्नो सुरक्षा चासोलाई अगाडि बढाउनका लागि उठाएका उपायहरूले सम्बन्धित देशहरूलाई सुरक्षा प्रत्याभूति खोज्न प्रेरित गरेको छ । जर्मनी, फिनल्यान्ड र स्वीडेनजस्ता देशहरू सक्रियरूपमा आफ्नो रक्षा नीतिहरू समायोजन गरी युरोपियन युनियनले मार्च २०२२ मा प्रतिकूल सुरक्षा वातावरणले गर्दा युरोपियन युनियनलाई ठूलो फड्को मार्न ‘सुरक्षा र रक्षाका लागि रणनीतिक दिशानिर्देश’ ल्यायो । यसको क्षमता बढाउने, यसको लचिलोपनलाई बलियो बनाउने र २०२५ सम्ममा विभिन्न प्रकारका सङ्कटका लागि ५ हजार सेनालाई तुरुन्तै तैनाथ गर्ने ‘द्रुत तैनाती’ क्षमता विकास गर्नका लागि उपायहरू अगाडि बढाउनेछ । तीव्र सुरक्षा प्रतिस्पर्धी देशहरूद्वारा लिइएको प्रोक्सी युद्धले थप देशहरूलाई सैन्य प्रयोग गर्न उत्तेजित बनाउन सक्छ । सुरक्षा चिन्ताहरू सम्बोधन गर्ने माध्यमले गठबन्धनलाई आफ्नो सुरक्षा प्रतिरोध र भूराजनीतिक टकरावमा संलग्न भई जबरजस्ती बल प्रयोग गर्ने इच्छा प्रदर्शन गर्न प्रोत्साहन दिन्छ । त्यसैले, विश्वव्यापी र क्षेत्रीय सुरक्षा दुविधालाई तीव्र पार्छ ।
यद्यपि, युक्रेनी सङ्कट मौलिकरूपमा युरोपेली सुरक्षा प्रणालीको सङ्कटको सान्दर्भिकता विशुद्धरूपमा भौगोलिक सीमाभन्दा पर गएको छ । सबै पक्षहरूलाई रुस–युक्रेन द्वन्द्वको अन्तिम बाटो तय गर्न गा¥हो बनाउनुका साथै आन्तरिक एकतालाई जोड दिन गठबन्धन सुरक्षाको विचारलाई सुदृढ पार्ने, अरूको सुरक्षा सुविधालाई बेवास्ता गर्दै निरपेक्ष सुरक्षाको पछि लाग्ने र क्षेत्र बाहिरका राष्ट्रहरूले एउटाको पक्ष लिन बाध्य पार्नुले नयाँ द्वन्द्वहरू निम्त्याउनेमात्र काम गर्नेछ । रुस र नाटोका सदस्य राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्ने उपायहरूका लागि भएको सम्झौताअनुसार रुसको मुख्य सुरक्षा चासो पारस्परिक सुरक्षा संयन्त्रको पुनर्निर्माण गर्नु वार्ताको उद्देश्य हो । तसर्थ, युद्ध कसरी चल्छ वा कहिले वार्ता पुनः सुरु हुन सक्छ, अविभाज्य सुरक्षाको भावनामा र सन्तुलित, प्रभावकारी र दीर्घकालीन आधारमा युरोपेली सुरक्षा संरचना बिथोलिनु र त्यसपछिको सृजना एक आधारभूत मुद्दा हो । सबै सम्बन्धित पक्षहरू मिलेर समाधानका लागि काम गर्नुपर्छ ।
स्रोत : टेम्पोररी वल्र्ड
अनुवाद : राजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *