विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
तीव्ररूपमा भइरहेको जनसङ्ख्या वृद्धिसँगै हाम्रा सहरहरू कुरूप र बस्न अयोग्य बन्दै छन् । ठूला, अग्ला भवनहरू र चौडा सडकहरू नै विकासको मापदण्ड होइन र हुनसक्दैन । प्रदूषणरहित, सुरक्षित र व्यवस्थित सहर निर्माण आजको आवश्यकता हो । तर, जथाभावी घरहरू निर्माणले हाम्रा हजारौँ वर्षको इतिहास भएको काठमाडौँ उपत्यकाको संस्कृति र सम्पदाहरू म्हासिने क्रम जारी छ र आधुनिकताको नाउँमा प्राचीन सहरहरूको स्वरूप फेरिँदै छ ।
शासक दलका केही नेताहरूको व्यक्तिगत र दलगत स्वार्थको कारण बिनातयारी नागरपालिकाहरू घोषणा गर्नु समस्याको मुख्य कारण हो । जनताका आधारभूत आवश्यकताहरू खानेपानी, ढल निकास, डम्पिङ साइट, बसपार्क, खुला क्षेत्र, हरियाली क्षेत्र, पोखरी, दमकल, तरकारी बजारलगायतका आवश्यक पूर्वाधारहरू निर्माणपछि मात्रै नगरपालिकाको घोषणा गरिएको भए सहरमा बस्नेहरूले आजको जस्तो फोहरमैला, प्रदूषण, यातायात जाम, खानेपानीजस्ता समस्या भोग्नुपर्ने थिएनन् ।
निर्वाचनको बेला जनताको मत तान्न कतिपय उम्मेदवारहरूले ‘स्मार्ट सिटी’ र ‘स्याटलाइट सिटी’ बनाउने जस्ता प्रतिबद्धताहरू गरे । निर्वाचित भएपछि प्रतिबद्धताअनुसार काम गर्न नसकेर जनप्रतिनिधिहरू लजित हुनुपरेका थुप्रै उदाहरणहरू हाम्रोसामु ताजै छन् । बुझ्दै नबुझी कतिपय उम्मेदवारहरूले स्मार्ट सिटीको कुरा उठाएको पनि प्रस्ट भयो । सहर भनेको सबै किसिमका मानिसहरूका लागि बस्न योग्य हुनुपर्छ । गरिबहरू विस्थापित हुनुपर्ने र धनीहरूको मात्रै बसोबास हुने आधुनिक र सुविधा सम्पन्न सहर (स्मार्ट सिटी) के आजको हाम्रो आवश्यकता हो ?
सयौँ वर्षअगाडि हाम्रा पुर्खाहरूले निर्माण गरेका काठमाडौँ, भक्तपुर र ललितपुर सहर संसारको कुन ‘स्मार्ट सिटी’ भन्दा कम छन् ? प्रायः घरहरू पूर्व र दक्षिण मोहडाका, घरहरूको बिचबिचमा चोक, सडक पेटीको व्यवस्था, ठाउँ ठाउँमा ढुङ्गेधारा, पाटी, मन्दिरहरू, पोखरीहरू, इनारहरू, एकै नासको झिङ्गतीले छाएको परम्परागत घरहरू, इँटा वा ढुङ्गाले छापेका सडकहरूबाट सुसज्जित सफा र सुन्दर सहर आफै ‘स्मार्ट सिटी’ हो । त्यसलाई बिगारेर १५÷२० तलाको आकाश छुने घरहरूको निर्माण र गल्लीगल्लीमा कालोपत्रे गरेर स्मार्ट सिटीका नाउँमा सबै मौलिकतालाई बिगार्दै र भत्काउँदै छौँ ।
हाम्रा प्राचीन सम्पदा र संस्कृति नबुझेका वा बुझेर पनि बुझ् पचाएका योजनाविद्हरूले आधुनिकताको नाउँमा विकृतिहरू भित्र्याइरहेका छन् । आधुनिक सहरहरू निर्माणमात्रै विकास होइन । हाम्रा परम्परागत मौलिक शैलीका सम्पदा र संस्कृतिको संरक्षण भएका सहरहरू जोगाइराख्नु आफै पनि विकासको नमुना हो । त्यस्ता सहरहरूको संरक्षण गर्न जनतालाई प्रोत्साहित गर्नु राज्यको महत्वपूर्ण जिम्मेवारी हो । यसतर्फ सहरी विकास मन्त्रालयको ध्यान जाने आशा गर्दछु ।
नेपाल पर्यटन विकासको अपार सम्भावना भएको देश हो । भक्तपुरभन्दा सानो इटालीको भेनिस सहरमा वर्षको ३ करोड ६० लाखभन्दा बढी पर्यटकहरू पुग्ने गरेको सुन्दा हामीलाई आश्चर्य लाग्छ । त्यहाँभन्दा पुराना र सांस्कृतिक महत्व बोकेका थुप्रै सम्पदा र संस्कृतिहरू काठमाडौँ उपत्यकाभित्र काठमाडौँ, भक्तपुर र ललितपुरमा छन् । हामीले त्यसलाई चिन्न सकेनौँ । ६ दशकभन्दा लामो समयदेखि अमेरिकाले नाकाबन्दी गरेको ल्याटिन अमेरिकी देश क्युवामा वर्षको ५० लाखभन्दा बढी पर्यटकहरूले भ्रमण गर्छन् । काठमाडौँ उपत्यकाका तीनवटै प्राचीन सहरहरू खुला विश्वविद्यालयहरू हुन् । राज्यले प्राथमिकतामा राखेर सयौँ वर्ष पुराना यहाँका कला, संस्कृति र सम्पदाहरू संरक्षण गर्न सकेको भए बर्सेनि तीस चालीस लाख पर्यटकहरू भित्रयाउनु कुनै ठूलो कुरा होइन । तर, अहिले वर्षको २० लाख पर्यटक भित्र्याउन पनि ‘नेपाल भ्रमण वर्ष’ को आयोजना गर्नुपर्ने अवस्था छ । नेपालका मौलिक शैलीका छुट्टाछुट्टै सहरहरूको निर्माण गर्न सके पर्यटन क्षेत्रबाट पनि मनग्य आम्दानी गर्नसक्ने सम्भावना छ ।
अहिले सारा जनता काठमाडौँमा केन्द्रित छन् । स्कूल, कलेज, विश्वविद्यालय तथा राम्रा राम्रा अस्पतालहरू उपलब्ध हुनुका साथै रोजगारीका अवसरलगायत जनताका लागि आवश्यक पूर्वाधारहरू काठमाडौँ उपत्यकामा केन्द्रित हुनु नै यसको कारण हो । महत्वपूर्ण सांस्कृतिक सम्पदाले भरिएको काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रकै रूपमा विकास गर्नेतर्पm सहरी विकास मन्त्रालय, विभाग र सम्बन्धित निकायले अग्रसरता लिनु आवश्यक छ ।
जथाभावी घर जग्गा प्लटिङले एकातिर कृषि योग्य भूमि समाप्त हुँदै छ भने अर्कोतर्पm प्रदूषणको कारण सहरहरू बस्न अयोग्य बन्दै छन् । खानेपानीको हाहाकार, यातायात जाम, अपराधको सङ्ख्यामा वृद्धि, फोहरमैला व्यवस्थापन उपत्यकाको अहिलेको मुख्य समस्या हो । यस्ता घना बस्ती भएका ठाउँहरू व्यवस्थित गर्नेतर्पm योजनाविद्हरूको ध्यान जानुपर्नेमा पछिल्लो चरणमा काठमाडौँ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा, १० हजार रोपनीको ३ वटा सहर निर्माण गर्ने भनी प्रकृया अगाडि बढाइएको छ । यसबाट भविष्यमा काठमाडौँ उपत्यका संसारकै सबभन्दा अव्यवस्थित र अस्तव्यस्त सहर नबन्ला भन्न सकिन्न ।
समयसँगै सहरीकरण अनिवार्य विषय हो । सहर निर्माण गर्दा देशको सन्तुलित विकासलाई पनि ध्यानमा राख्नु आवश्यक छ । त्यसको लागि काठमाडौँ उपत्यका बाहिर स–साना सहरहरूको निर्माणको लागि सहरी विकास मन्त्रालय र भवन विभागले पूर्वाधारहरू निर्माण गरी दिएमा व्यवस्थित सहर बनाउन मद्दत पुग्नेछ । सरकारले जथाभावी निजी प्लानिङ गर्न स्वीकृति दिएसम्म व्यवस्थित सहर निर्माण सम्भव छैन । १००÷२०० वर्षपछिको सोचेर नयाँ सहरको निर्माण गर्नेतर्पm सरोकारवालाहरू सबैको ध्यान जानु आवश्यक छ ।
समाजको नेतृत्व गर्नेहरूको सोचले नै जनताको जीवनमा मौलिक परिवर्तन आउँछ र विकासको नयाँ ढोका पनि खुल्छ । भक्तपुर नगरपालिका त्यसको एक उदाहरण हो । आजभन्दा ३ दशक अगाडिसम्म भक्तपुर हरेक क्षेत्रमा पछाडि थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०५६ सालमा ‘१०० वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक लेख्नुभयो । उहाँले १०० वर्षपछि भक्तपुर संसारकै एक आकर्षक नगर हुने बताउनुभयो ।
उहाँले उक्त पुस्तकमा लेख्नुभएको छ, “भक्तपुरका धेरै नागरिकहरूले जापानी, चिनियाँ, ल्याटिन भाषा बोल्न जानेका हुनेछन् । अङ्ग्रेजी भक्तपुरवासीमध्ये आधाले बोल्न सक्नेछन् । यो नगर संसारकै आकर्षक नगर हुनेछ । बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राति साँच्चै प्राचीन लुगा लगाएकी आधुनिक नर्तकी वा सुन्दरीजस्तो हुनेछ । भक्तपुर ‘उत्सवको सहर’ बा¥है महिना ‘चाडको सहर’ को रूपमा रहनेछ ।” हामी त्यही आदर्श सहर निर्माणको लागि आधारहरू तयार गर्दैछौँ ।
प्रस्तुतीकरण :
दिगो विकासको लागि भक्तपुर नपाको प्रयास
शिक्षा :
भक्तपुर नगरपालिकाले त्यसैको आधारहरू निर्माण गर्दै छ । नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै छ । हाल ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । धेरै विषयमा स्नातकोत्तर तहसम्मको कक्षा सञ्चालन हुन्छ । नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । हाल ३१४ जना विद्यार्थीहरूले रु. ५ लाखसम्म शैक्षिक ऋण लिएर पढिरहेका छन् । नपाद्वारा सञ्चालित कलेजहरूमा त्यहाँ अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि वार्षिक ३ करोडभन्दा बढीको छात्रवृत्ति प्रदान गर्दै आएको छ भने भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति तथा नेपालभाषामा विद्यावारिधीसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । वडावडामा शिशुस्याहार केन्द्रहरू सञ्चालन भइरहेको छ ।
स्वास्थ्य :
जनताको स्वास्थ्य हेरचाहको निम्ति घरदैलो नर्सिङको व्यवस्था, वडावडामा चिकित्सकसहित स्वास्थ्य केन्द्र, १०० शøयाको ख्वप अस्पतालको सञ्चालन गरी दैनिक ७०० भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा ३५–३६ जना चिकित्सकहरू कार्यरत छन् । त्यसमध्ये आधा सङ्ख्यामा विशेषज्ञहरू छन् । एमबीबीएस डाक्टरको रु. ५० र विशेषज्ञ सेवा रु. ७० मा उपलब्ध गराउँदै आएका छौँं । विद्यालय नर्सको व्यवस्था, नियमित स्वास्थ्य शिविर सञ्चालन र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ ।
जनताको सहयोगमा निर्मित अक्सिजन प्लान्टबाट निःशुल्क अक्सिजन वितरण गर्दै आएका छौँ भने रगत चाहिने बिरामीको लागि लाग्ने सम्पूर्ण खर्च नपाले व्यहोर्दै आएको छ । श्वासप्रश्वास केन्द्रमार्फत न्यून शुल्कमा दम खोकीका बिरामीको उपचार गर्दै आएको नपाले कडा रोग क्यान्सर, मृगौला, मस्तिष्क र पक्षघात भएका बिरामीलाई प्रतिव्यक्ति रु. १५,०००।– एकपटकको लागि सहयोग दिने गरिएको छ ।
सम्पदा संरक्षण
२०७२ सालको भूकम्पबाट १३५ भन्दा बढी सम्पदाहरूमा आंशिक र पूर्ण क्षति भयो भने ८००० जति निजी घरहरू क्षतिग्रस्ट भए । विदेशीको सहयोगविना विगत ५ वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार भए भने हालसम्म १२६ वटा सम्पन्न भइसकेका छन् । ती सबै काम स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्पmत विदेशी सहयोगविना नै गरिएको हो । उपभोक्ता समितिबाट काम गराउँदा कम खर्चमा गुणस्तरीय निर्माण हुने, जनताको अपनत्व हुने, आप्mनै स्रोत र साधनको प्रयोग हुने र मौलिक प्रविधिको संरक्षण हुने हाम्रो अनुभव छ । हरेक काम पारदर्शी तरिकाले गर्दै छौँ । सम्पदा पुनःनिर्माणको लागि नेपाल सरकार र जर्मनी सरकारबिच रु. १ अर्ब २० करोड (१ करोड युरो) अनुदान सम्झौता भएको थियो । सम्झौतामा उल्लेखित बुँदाहरू हाम्रो स्वाभिमानमा आँच पुग्ने देखिएकोले हामीले त्यो रकम स्वीकार गरेनौँ । जनताकै साथ र सहयोगमा ती सबै सम्पदाहरू जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न भएका हुन् ।
खेलकुद :
भलिबल, फूटबल, बक्सिङ, जिम्नेस्टिक, टेबुलटेनिस र कराँते गरी ६ वटा खेलको नियमित प्रशिक्षण, पूर्णकालीन खेल प्रशिक्षकमार्फत विद्यालयहरूमा खेलकुद प्रशिक्षण, हरेक वर्ष खेलाडी सम्मान कार्यक्रम, अन्तर खेलकुद प्रतियोगिता र अन्तर विद्यालय खेलकुद प्रतियोगिता गर्दे आएका छौँ । जनताको स्वास्थ्य सुधारको लागि नगरका २३ ठाउँभन्दा बढी स्थानमा खुला व्यायामशालाहरूको व्यवस्था गर्दै आएका छौँ ।
आवास योजना :
भक्तपुर नगरपालिकाले आफ्नै लागत सहभागितामा विभिन्न आवास योजनाहरू सञ्चालन गर्दै आएको छ । कानुनले दिएको अधिकारभित्र रही भनपाले वडा नं ८ मा ६७८ रोपनी लिवालिवी जग्गा एकीकरण योजना र ५३६ रोपनीको तुमचो दुगुरे आवास योजना सम्पन्न गरिसकेको छ भने हाल १६५४ रोपनी जग्गामा देको मिवा इटापाके आवास योजना सञ्चालनको अन्तिम चरणमा छ । केही समयपछि नै अन्तिम चरणको ज.ध. पुर्जा वितरण कार्य सुरु गरिने छ । नगरभित्र निजी प्लटिङ गर्नेहरूलाई स्वीकृति दिने गरेको छैन ।
पर्यटनः
भक्तपुर नगरपालिकाको महत्वपूर्ण आयको स्रोतको रूपमा रहेको पर्यटन क्षेत्र कोरोना महामारीको कारण नराम्ररी प्रभावित भयो । कोरोनाअघि झन्डै ३ लाख पर्यटकहरूले भ्रमण गर्ने गर्थे । कोरोनाको समयमा करिब शून्य अवस्थामा पुग्यो । अहिले विस्तारै पर्यटकहरू आउने क्रम जारी छ । चालू आ.व.२०७९÷८० को विगत ४ महिनामा २२,२१५ जना पर्यटकहरूले भक्तपुर भ्रमण गरेको रेकर्ड छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाले संविधानले निर्दिष्ट गरेबमोजिम जनतालाई केन्द्रमा राखी समाजवादउन्मुख काम गर्दै आएको छ । यसबारे स्पष्ट पार्ने मौका दिनुभएकोमा पुनः एक पटक धन्यवाद दिन चाहन्छु । धन्यवाद !
(नेपाल सरकार सहरी विकास मन्त्रालयको आयोजनामा २०७९ मङ्सिर १२ गते विश्व सहर दिवस २०७९ र विश्व सहरी योजना दिवस २०७९ को संयुक्त दिवसमा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सोमबार सहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा भएको कार्यशाला गोष्ठीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply