विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भक्तपुर, २३ मङ्सिर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को भवन शिलान्यास कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले निजी बैङ्क सञ्चालकहरूको धन कुम्ल्याउने भाडो भएको धारणा राख्दै निजी बैङ्कले लगानीमा धेरै ब्याज असुल्ने तर जनताको बचतमा थोरै मात्र ब्याज दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी सबै सदस्यहरूको साझा संस्था हो । तर, नेपालको कानुनले सहकारी संस्थालाई पनि बैङ्क जस्तै काम गर्न लगायो । सहकारी संस्थाले सबै सदस्यको हितमा उत्पादन र आपूर्तिको काम गर्न सक्ने कानुन बनाउन जरुरी छ ।”
बैङ्कहरूबाट लगानी भएको ४८ खर्च रूपियाँ ऋणमध्ये ३० खर्ब रुपियाँ एक सय परिवारको कब्जा रहेको खबर प्रकाशित भएबाट सरकारहरूले बैङ्कर्सको निर्देशनमा काम गरेको पुष्टि हुने सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी बैङ्कका सञ्चालकहरू पनि सांसद भए । मतदातालाई पैसा खर्च गरी किन्ने चुनाव कसरी स्वच्छ हुन्छ ? यस पटक पनि यस्तै सांसदहरू शासक दलहरूमा भए । यसरी देश र जनताको हित हुनेछैन ।”
कार्यक्रममा भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारीको भवन बन्नु राम्रो हो तर वर्तमान आर्थिक मन्दीलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
ख्वप साकोसका अध्यक्ष राजकुमार लघु, सचिव लक्ष्मीनारायण सुवाल र कोषाध्यक्ष अमर बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply