भर्खरै :

भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १५ वार्षिक साधारण सभा

भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १५ वार्षिक साधारण सभा

भक्तपुर, २४ मङ्सिर । भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १५ वार्षिक साधारण सभा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले सहकारीका सञ्चालक तथा सदस्यहरूले इमानदारी देखाउँदै पारदर्शी ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक कारोबारमात्र नभई समाज रूपान्तरण हुने अन्य गतिविधिलाई पनि अगाडि बढाउनुपर्ने र अहिलेको समाज सूचना प्रविधिको भएकोले यसतर्फ पनि संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सहकारीकै मूल्य मान्यतामा सञ्चालन हुनुपर्ने र यसका सर्वमान्य सिद्धान्त अङ्गीकार गरी अगाडि बढ्न सुझाव दिँदै साधारण सभाको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले संस्थामा भक्तपुर नगरपालिका कर्मचारीहरू मात्र सदस्य भएकोले अरू संस्थाभन्दा भिन्न ढङ्गले अनुशासित भई क्रियाशील हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले हाल संस्थाका सदस्यहरू लाभांश लिन, पारवहन (उपस्थिति भत्ता) लिन र सम्हेबजी तथा भोज खान मात्र नभई संस्थाको गतिविधि पनि जानकारी राख्नुपर्ने बताउनुभयो । उहाँले यसतर्फ ध्यान दिनुपर्ने र दिनानुदिन संस्थाले बचत रकम फिर्ता दिन नसकेका समाचारहरू आइरहेको हुँदा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अधिकतम ब्याजको लोभमा सावासमेत डुबेको इतिहास हामीसँग ताजै भएको कुरा बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुण्यराम लाखा, सचिव दिलिपकुमार सुवाल तथा लेखा समितिका संयोजक काशीलाल प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन वाचन गरिएको सो सभा संस्थाका अध्यक्ष साहिला वैद्यको सभापतित्वमा सम्पन्न भएको थियो । सभाको बन्द सत्रबाट दिलकृष्ण माकको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा दिव्यलक्ष्मी बज्राचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *