भर्खरै :

जुम्लामा एकदिने विद्यार्थी प्रशिक्षण

जुम्लामा एकदिने विद्यार्थी प्रशिक्षण

जुम्ला, २४ मङ्सिर । नेक्राविसङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा एकदिने प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट उपस्थित भएका विद्यार्थी शनिबार विभिन्न विषयमा प्रशिक्षण दिइयो ।
प्रशिक्षण कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला उपाध्यक्ष बिर्खबहादुर रावतले ‘नेमकिपाले चुनाव उपयोग’ भन्ने विषयमा प्रशिक्षण दिँदै जबसम्म जनता सचेत र सङ्गठित हँुदैनन् तबसम्म गरिब र सर्वहारा वर्ग सरकारको नेतृत्व जान कठिन हुन्छ । चुनाव जित्नेहरूले पैसा बाँडेर मात्रै जिते नत्र नेमकिपाको जीत सुनिश्चित छ भन्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला सदस्य तथा सचिवालय सदस्य राजेश्वर देवकोटाले नेमकिपा इतिहास र विगत विषयमा प्रशिक्षण दिनुभयो ।
नेमकिपा जुम्ला जिल्लाका कोषाध्यक्ष यज्ञबहादुर बुढथापाले जुम्लामा नेमकिपाको इतिहास विषयमा प्रशिक्षण दिनुभयो ।
नेमकिपा जुम्ला जिल्ला सदस्य तथा चन्दनाथ नपा वडा नं. ६ का अध्यक्ष लालबहादुर बुढाले ‘मानव समाजको विकास’ विषयमा प्रशिक्षण दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला समितिका सचिव धर्मेन्द्र अधिकारीले नेक्राविसङ्घ स्थापनाका आधार र भावी गन्तव्य भन्ने विषयमा बोल्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ जुम्लाका उपाध्यक्ष कृष्ण धरालाले पनि बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *