यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मध्यपुर, २ पुस । बोडेस्थित नील बाराही बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले साधारणसभाको उद्घाटन गर्दै साहुमहाजन, सामन्त र जमिनदारहरूले बढी ऋण लिएर सर्वसाधारण तथा किसानहरूलाई दुःख दिएको कारण किसानहरू मिलेर सहकारी संस्था स्थापना भएको बताउनुभयो ।
उहाँले भक्तपुरमा नवदुर्गा बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूले किसानलाई मल तथा बिउ नल्याई आफ्नो व्यक्तिगत फाइदाको लागि व्यापार व्यवसाय गरेकाले जनताले सजाय दिएको स्मरण गर्दै अहिले पनि जनताबाट पैसा असुलेर केही सहकारीका सञ्चालकहरूले घर खेत जोड्दै आइरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सत्तारुढ र ठूला दलका कति नेता कार्यकर्ता त्यस्ता आपराधिक काममा लागिरहेको विचार व्यक्त गर्दै एसईई परीक्षा उत्तीर्ण गर्ने छोराछोरीहरूलाई बधाई तथा सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मानपत्र र ब्ल्याङ्केट वितरण गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले उपभोक्ता, औद्योगिक, वित्तीय र बचत तथा ऋण सहकारी गरी ४ किसिमको सहकारी भएको औँल्याउँदै ६० प्रतिशत सहकारी सामुदायिक बचत तथा ऋण सहकारी संस्था भएको बताउनुभयो । उहाँले सहकारीको मूल्य र मान्यताअनुसार इमानदारीपूर्वक राम्ररी काम गरेमा त्यस्ता सहकारीहरू असफल हुँदैनन् भन्नुभयो ।
मध्यपुर नपा वडा नं ८ का वडाध्यक्ष रमेश थापाले वडाको विकासको लागि उपभोक्ता समिति गठन भइरहेको विचार व्यक्त गर्दै मानव प्रत्यारोपण अस्पताल बनाउन पहल गरिरहेको बताउनुभयो ।
उहाँले मध्यपुर नगरमा पनि भक्तपुरमा जस्तै शिशु स्याहार केन्द्र र ज्येष्ठ नागरिकको लागि आदर निकेतन खोल्न जोड दिइरहेको बताउनुभयो । उहाँले मध्यपुर नगरपालिकाले ज्येष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्य बीमा गर्न खोजिरहेको बताउनुभयो ।
सिद्धि गणेश सहकारीका प्रतिनिधि विष्णुप्रसाद दुमरु र कोपिला सहकारीका अध्यक्ष विक्रम वैद्यले सहकारीमा देखापरेका समस्याबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नील बाराही सहकारी सचिव बुद्धकृष्ण चक्रधरले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण भासिंकले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश नोकोले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
संस्थाका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको सो साधारणसभामा सजीव श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने उपाध्यक्ष सुरेन्द्र था श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply