नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्प–किम वार्ताको तयारी
ट्रम्प–किम भेटवार्ताको धमाधम तयारी चलेको देखेर बोल्टन हतास भए । उनी उत्तर कोरियालाई ‘जेलखाना’ ठान्थे । उत्तरले कुराकानीको बहाना बनाएर धेरै ‘फाइदा लुट्दै आएको’ उनको बुझाइ थियो । किम जङ उनसँग भेट्नाले उनलाई वैधानिकता दिएको ठहरिने बोल्टन ठान्थे । उनी कोरियालाई कत्ति पनि सहुलियत दिने पक्षमा थिएनन् । किम जङ उनलाई भेट्न ट्रम्पको खुट्टा चिलाएको देखेर बोल्टन आजित भए ।
अप्रिल १२ मा बोल्टनले दक्षिण कोरियाली समकक्षी चङ इ–यङलाई भेटे । मार्चमा चङले नै ट्रम्पलाई किमसँग भेट्ने निम्तो दिएका थिए । चङ आफैले यसप्रकारको निम्तो दिन किम जङ उनलाई मनाएका थिए रे । सारा खेल दक्षिण कोरियाले रचेको थाहा पाएर बोल्टन चकित भए । दक्षिण कोरियाले अमेरिकी स्वार्थलाई भन्दा कोरियाको ‘पुनःएकीकरण’ लाई जोड दिएको उनलाई मन परेन । अप्रिल २७ को उत्तर र दक्षिण कोरियाको बैठकमा उनले चङलाई निःशस्त्रीकरणको कुरा नउठाउन भने । यो विषय आयो कि दक्षिण कोरिया, जापान र अमेरिकाबीच फाटो देखापर्ने बोल्टनको अनुभव थियो । उनले राष्ट्रपति मुन जे–इनलाई पनि सतर्क हुन भने ।
बोल्टनले जापानी समकक्षी शोतारो याचीलाई पनि भेटे । याचीको विचार दक्षिण कोरियाको भन्दा विपरीत थियो । याचीले ट्रम्पसँगको किमको भेट अन्तिम शान्तिपूर्ण समाधान हुने बताए । ट्रम्प–किम वार्ताको दुई वर्षभित्र उत्तर कोरियालाई पूर्णतः निःशस्त्रीकरण गर्नुपर्ने याचीको भनाइ थियो । जापानी प्रम सिन्जो आबेसँग उत्तर कोरियालाई निःशस्त्रीकरण गर्न ६ देखि ९ महिना लाग्ने विषयमा बोल्टनले पहिले नै कुरा गरेका थिए । याचीले बैठकमा जापानी नागरिकलाई उत्तर कोरिलाले ‘अपहरण गरेको’ कुरा पनि उठाउन बोल्टनसँग अनुरोध गरे । यही विषयका कारण जापानी राजनीतिमा सिन्जो आबे हावी हुँदै आएका थिए ।
यसबीच उत्तर कोरियाले ‘रासायनिक र जैविक हतियार’, अमेरिकासम्म हान्न सक्ने मिसाइल र आणविक हतियार त्याग्नुपर्ने मुद्दा बैठकमा राख्न सिन्जो आबेले ट्रम्पलाई भने । ट्रम्पले सी चिनफिङसँगको किम जङ उनको भेटलाई कसरी हेर्नुहुन्छ भनेर आबेलाई सोधे । आबले सिरिया हमला, आर्थिक प्रतिबन्ध र अमेरिकी सैन्य उपस्थितिबाट उनीहरू आत्तिएको भने । आबेको विचारबाट ट्रम्पको मन बदलिने बोल्टनको सोचले हावा खायो । यो प्रसङ्गबाट आबेले ट्रम्पले भन्दा बढी अमेरिकी नीति बुझेको देखिन्छ ।
अप्रिल २१ मा उत्तर कोरियाले हतियार परीक्षण गरेको खबर आयो । ट्रम्पले त्यसमा आपत्ति जनाएनन् । उत्तर कोरियाले ‘इरानलाई बेच्ने हतियार’ बनायो कि भनेर बोल्टनलाई छटपटी भयो । किम र मुनबीचको बैठक अगावै त्यसमा हस्ताक्षर हुने दस्तावेज लिएर अप्रिल २४ गते चङले बोल्टनलाई भेटे । मस्यौदा बोल्टनले भने अनुसार थियो । उत्तर कोरिया आणविक शक्ति सम्पन्न देश भइसकेको हुनाले अब ऊ विकासपथमा लम्किन चाहन्छ भनेर चङले बोल्टनलाई मनाउन खोजे । बोल्टनले पत्याएनन् । अप्रिलमा किम र मुनबीच बैठक बस्यो । बैठकको समय जुन १२ वा १३ हुने पोम्पेओले तय गरिसकेका थिए । बैठक प्योङयाङ वा पानमुनजोममा बस्नुपर्ने कोरियाली पक्षको कुरा थियो । पोम्पेओले जिनेभा वा सिङ्गापुर छनोट गरेका थिए ।
‘न्यूयोर्क टाइम्स’ मा एउटा लेख प्रकाशित भयो । त्यसमा अमेरिका दक्षिण कोरियाको पछि लाग्न नहुने, उसको घरेलु स्वार्थ र अमेरिकी स्वार्थ अलग रहेको लेखिएको थियो । बोल्टनले ट्रम्पलाई सो लेख पढाए । राष्ट्रपति किमसँगको बैठकबारे रिपोर्टिङ गर्न मुनले ट्रम्पलाई फोन गरे । मुनले राष्ट्रपति किम ‘पूर्ण निःशस्त्रीकरण’ को निम्ति राजी भएको बताए । त्यसो गर्न एक वर्ष लाग्ने बताए । उनले बैठक पानमुनजोममा गर्नुपर्ने र बैठक त्रिपक्षीय हुनुपर्ने बताए । (कोरियाली पक्षले पछि सिङ्गापुर छनोट ग¥यो ।)
ट्रम्पले चङको कुरा प्रम आबेलाई सुनाए । आबेले पुरानै धारणा दोहो¥याए । बोल्टनसितको कुराकानीमा ट्रम्पले आफूले ‘ठूलो काम गर्दै गरेको’ फुइँ झारे । बोल्टनले ‘लिबिया मोडल’ मा निःशस्त्रीकरण गर्नुपर्ने बताए । ट्रम्पले ‘गद्दाफी अरब उभारमा मारिएको’ बताएर बोल्टनको खण्डन गरे । बोल्टनले ‘मोडल’ को उद्देश्य गद्दाफीलाई मार्नुभन्दा पनि लिबियाको आणविक कार्यक्रम हटाउनु थियो भने । पछि ट्रम्पले सार्वजनिकरूपमै सम्झौता हुन नसके ‘लिबिया मोडल’ दोहोरिन सक्ने बताए ।
मे ४ मा चङ अमेरिका गए । उनले राष्ट्रपति किम ‘पूर्ण, विश्वासयोग्य र स्थायी निःशस्त्रीकरण’ का लागि तयार भएको बताए । उनले ट्रम्पलाई किमसँगको भेटमा ठूलै सम्झौता गर्न अनुरोध गरे । चङलाई पछ्याउँदै जापानका याचीले बोल्टनलाई भेटे । उनले दक्षिण कोरियाको उत्साहको पछाडि नलाग्न भने । उत्तर कोरियाले तीनजना अमेरिकी बन्दीलाई रिहा गर्ने बतायो । तिनलाई घर फर्काउन मे ८ मा माइक पोम्पेओ उत्तर कोरिया गए ।
ट्रम्पले बैठक स्थगित गरे
ट्रम्प–किम वार्ता नजिकिँदै जाँदा बीचमा चिनियाँहरू खेल्छन् कि भनेर बोल्टन र पोम्पेओ चिन्तित भए । कम्युनिष्टहरूले दुई लाइन सङ्घर्षको बहाना देखाएर ‘सोझा’ पश्चिमाहरूलाई मुर्ख बनाउँदै आएको भन्दै बोल्टन प्रजग कोरियाली नेतृत्वको ‘कुटिलता’ वर्णन गर्छन् । राष्ट्रपति किमले ट्रम्पलाई बढी ‘निचोर्न’ सक्ने खतरा देख्छन् । ‘सोझा’ साम्राज्यवादीहरू कति लाइनको सङ्घर्ष गर्छन्, तिनले लडेका विभिन्न युद्धहरूको इतिहास पल्टाउँदा थाहा हुन्छ ¤
उत्तर कोरियाले पुङ्गेरीस्थित हतियार परीक्षण केन्द्र ध्वस्त ग¥यो । त्यसको अवलोकन गर्न विदेशी पत्रकारहरू उत्तर कोरिया गएका थिए । त्यो फर्जी भएको भनेर बोल्टनले दक्षिण कोरियाका चङसँग लामो कुराकानी गरे । यता ट्रम्पलाई त्यो घटनाले छुँदै छोएन । बोल्टनलाई उनले भने, “मलाई तिनीहरूले भेट्न खोजे पनि ठिक छ, नभेटे पनि केही छैन । म कुरा बुझ्छु ।” उनले अमेरिका–दक्षिण कोरियाबीच हुने वार्षिक सैन्य अभ्यासलाई धनको नाश र भड्काउपूर्ण भने । अभ्यासका लागि गुआमबाट दक्षिण कोरिया विमान उडाउन नहुने उनको धारणा थियो ।
मे १७ मा उत्तर कोरियाली चिफ अफ स्टाप सिङ्गापुर आउने कार्यक्रम थियो । त्यो टोली मे २१ मा पनि सिङ्गापुर पुगेन । यो देखेर ट्रम्पले कार्यक्रम स्थगित गर्ने मन बनाए । यसमा बोल्टनले उपराष्ट्रपति पेन्स र सहयोगी केलीसँग कुरा गरेर ट्वीटमार्फत भेटघाट कार्यक्रम रद्द भएको जानकारी गराउनुपर्ने बताए । ट्वीटको भाषा तयार पनि भयो । भोलिपल्ट पनि ट्रम्पले त्यसलाई ट्वीट गरेनन् । पछि उनले मुन जे–इनको धारणा सुनेर ट्वीट गर्ने बताए ।
छलफलमा ‘कोरियाली युद्ध अन्त्य गर्ने’ कुरा पनि आएको थियो । बोल्टन यसको विपक्षमा थिए । यस्तो गरे कोरियाविरुद्ध लगाएको नाकाबन्दी उल्लङ्घन हुने उनको विचार थियो । बोल्टन अब कम्मर कसेर ‘ट्रम्पले पु¥याउने क्षति’ न्यूनीकरण गर्नतिर लागे । उनले सिङ्गापुर वार्ताप्रति आशावादी दक्षिण कोरियाली राष्ट्रपति मुनलाई भेटे । उनले मुनका कुरा ट्रम्पलाई भने । ट्रम्प अन्तिम समयमा आएर भेटवार्तालाई स्थगित गर्न चाहन्नथे । बोल्टन भरङ्ग भए । ट्रम्पले गुप्तचरी रिपोर्ट ध्यान दिएर नसुनेको उनको गुनासो थियो । ट्रम्प रिपोर्टिङको बेला सुन्नेभन्दा बोल्ने बढी गर्थे ।
यसपछि राष्ट्रपति मुनले ट्रम्पलाई भेटे । ट्रम्पले सिङ्गापुर बैठक हुने सम्भावना २५ प्रतिशत बाँकी रहेको बताए । मुनले बैठक नहुने प्रतिशत ० प्रतिशत रहेको बताए । उनले उत्तर कोरिया नै ट्रम्पलाई भेट्न उत्सुक रहेको भनेर चिल्लो घसे । ट्रम्पले आफू सिङ्गापुर जान सहमत भएको बताए ।
यस्तैमा उपराष्ट्रपति पेन्सका सहयोगी निक आयर्सबाट उत्तर कोरियाली विदेशमन्त्री चो सुन हुइले पेन्सलाई ‘राजनीतिक कठपुतली’ भनेको सुचना बोल्टनले पाएको बताए । उत्तर कोरियाले माफी माग्नुपर्ने बोल्टनको मत थियो । ट्रम्पले चो सुन हुइको पूरै टिप्पणी पढे र ‘कडा’ भएको बताए । यस विषयमा प्रशस्तै मिडियाबाजी भयो । यस्तो माहोलमा ट्रम्पले बैठक बस्न नमिल्ने देखे । उनले बैठक स्थगित गरे । दक्षिण कोरिया निराश भयो । राष्ट्रपति मुनले स्थिति सामान्य बनाउन खोजे । जापानका याची खुसी भए ।
बोल्टन बाहिरिनुपर्दा
केही दिनपछि उत्तर कोरियाली विदेश मन्त्रालयबाट एउटा नरम वक्तव्य आयो । ट्रम्पले बैठक कार्यतालिकामा राख्न भनिहाले । मिडियामा ट्रम्पको आलोचना भयो । बोल्टनले एक महिनासम्म उत्तर कोरियाको परीक्षण गरेपछि बैठकको तयारी गर्दा राम्रो हुने सल्लाह दिए । ट्रम्पले मानेनन् । उनले कोरियाली पत्रको तारिफ गरे र भने, “यो ठूलो विजय हुनेछ । हामीले सम्झौता गरे यो इतिहासकै महान् सम्झौता हुनेछ । म किम र उत्तर कोरियालाई सफल बनाउन चाहन्छु ।” फुत्किँदा फुत्किँदै जालमा परेको माछोजस्तो बोल्टनको अनुभूति थियो ।
केही दिनपछि राष्ट्रपति मुन र किमबीच भेटवार्ता भयो । दक्षिण कोरियाली अधिकारी चङले राष्ट्रपति किमले ट्रम्पलाई भेट्न चाहेको र ‘विस्तृत सम्झौता’ गर्ने तयारीमा रहेको बताए । यो सुनेर बोल्टनलाई मध्यस्थकर्ताबाट निकाला गर्न मन लाग्यो । प्रशासनभित्र खटपट चलिरहेको थियो । तैपनि, दक्षिण कोरिया र जापानसँग नियमित सम्पर्क भइरहेको थियो । सिन्जो आबेले ट्रम्पलाई पहिलेपहिलेका राष्ट्रपतिभन्दा फरक हुनुहुन्छ भने । ट्रम्पले भेटवार्ता रद्द गर्नुहोला भनेर किमले कहिल्यै सोचेका थिएनन् होला भनेर आबेले चिल्लो घसे । ट्रम्पले आफ्ना पूर्ववर्तीहरूको गल्ती नदोहो¥याउने बताए । आबेले उत्तर कोरियालाई पूर्णतः निःशस्त्रीकरण गर्नुपर्ने र उसको ‘रासायनिक र जैविक हतियार’ नष्ट गर्नुपर्ने बताए । उनी बोल्टनकै भाषा बोल्दै थिए । यो सुनेर बोल्टन खुसी भए ।
अर्को एक भेटमा ट्रम्पले भने, “हामी यो बैठकमा निःशस्त्रीकरणको कुरा गर्नेछौँ । दक्षिण कोरियाका हाम्रा अधिकारीहरूलाई यो विषय नउठान भन्नु । म आफै सिङ्गापुरमा त्यसबारे छलफल गर्नेछु ।” उनी ‘बढी औपचारिक’ नबन्न भने । ट्रम्पले तल्लो तहका अधिकारीहरूसँग सिधै कुरा गरेकोमा विदेशमन्त्री पोम्पेओले चित्त दुखाए । उनी निःशस्त्रीकरणको मुद्दा उठाउन चाहन्थे । तर, कर्मचारीतन्त्रले सही सम्झौता नगर्ने ट्रम्पको पूर्वाग्रह थियो । उनी सबै काम सकेसम्म आफू गर्न चाहन्थे । त्यसैले उनले कोरियाली मजदुर पार्टीका उपाध्यक्ष किम यङ चोललाई ह्वाइट हाउस बोलाए ।
उपाध्यक्ष किमसँगको बैठकप्रति ट्रम्प उत्साहित थिए । उपाध्यक्ष किमले दक्षिण कोरियालाई बीचबाट हटाउनुपर्ने धारणा राखेको बोल्टन लेख्छन् र उनलाई ‘हत्यारा’ भन्छन् । आफू अनुभवी हुनाले उत्तरको सम्पूर्ण ‘चाल’ बुझ्ने उनी फुटानी झार्छन् । बैठकमा ट्रम्पले उपराष्ट्रपति पेन्स र आफूलाई नराखेपछि बोल्टनको पारो तात्यो । ट्रम्प, पोम्पेओ र केलीले मात्र उपाध्यक्ष किमलाई भेटे ।
बैठकमा पस्दै गर्दा उपाध्यक्ष किमले राष्ट्रपति किमको पत्र लैजान बिर्सेका रहेछन् । त्यसैले उनलाई ‘डर’ ले हडबडाएको अर्थमा बुझियो । ट्रम्पले उनलाई उपहारहरू दिएको उत्तर कोरियामाथि लगाएको नाकाबन्दीको उल्लङ्घनको रूपमा बोल्टन चित्रण गर्छन् । बैठक डेढ घन्टाजति चल्यो । राष्ट्रपति किमको पत्र पढेर ट्रम्प खुसी भए । यहीबाट दुई राष्ट्रपति किम र ट्रम्पको ‘मितेरी’ जोडिएको थियो भनी बोल्टन कटाक्ष गर्छन् ।
बैठकपछि उपराष्ट्रपति कार्यालयमा आएर पोम्पेओले सबै कुरा बताए । निःशस्त्रीकरणभन्दा पहिले कोरिया राजनीतिक प्रतिबद्धता चाहन्थ्यो । ट्रम्प सबैथोक दिन तम्तयार भएकोमा उनीहरू चिन्तित भए । नाकाबन्दीलाई कोरियाले दोस्रो प्राथमिकतामा राखेकोमा उनीहरूले ऊ अमेरिकाको सैन्य शक्तिसँग डराएको अर्थमा बुझे । बैठकमा ट्रम्पले दक्षिण कोरियामा हुने संयुक्त सैन्य अभ्यास घाँडो भएको बताए । यो खर्चिलो मात्र नभई भड्काउ पनि भएको उनले बताए । यो सरासर कोरियालाई सहुलियत दिनु हो भनी उनीहरूको कन्सिरी तात्यो । उत्तरप्रतिको दक्षिण कोरियाली ‘सनसाइन’ नीति उनीहरूले मूर्खतापूर्ण बताए । ट्रम्पले सिङ्गापुरमा ठूलो केही नगर्ने केलीको अनुमान सुनेपछि बोल्टन ढुक्क भए । (यी टिप्पणीहरू पढिरहँदा अमेरिकी नवरुढीवादीहरू संसारभर युद्ध देख्न चाहन्छन् भन्ने आरोप निराधार होइन भन्ने महसुस हुन्छ ।)
त्यस दिन ट्रम्पले बोल्टनलाई फोन गरेर सिङ्गापुरमा ठूलो केही नहुने बताए । उनको भनाइ थियो, “यो प्रक्रिया हो । निःशस्त्रीकरणले लामो समय लिन्छ । पहिले हामी भेटेर एकअर्कालाई बुझ्छौँ । हेरौँ के हुन्छ ।” बोल्टनले उत्तरले पूर्ण, विश्वसनीय र स्थायी निःशस्त्रीकरणमा सहमत नहुँदासम्म नाकाबन्दी हटाउनुहुन्न र युद्ध अन्त्यको घोषणा गर्नुहुन्न भने । मिडियामा फेरि सिङ्गापुर वार्ताका समाचारहरू छाउन थाले ।
बोल्टनले बैठकबारे दक्षिण कोरियाली अधिकारी चङलाई खबर गरे । चङले समेत लामो समय लिने बताए । अमेरिकी कर्मचारीतन्त्रले उत्तर कोरियालाई ‘खुसी पार्ने’ मस्यौदा लेख्न थाल्यो । उत्तरले त्यसमा मौखिक टिप्पणी ग¥यो । बोल्टनलाई आफूलाई भ्रमणमा नलगिने हो कि भन्ने चिन्ताले सताउन थाल्यो । केलीले उनलाई ढुक्क पारे । नाकाबन्दी हटाउने पक्षमा नरहेका आफू पनि सिङ्गापुर जाने खबरले जापानलगायत धेरै देशहरू खुसी भएको बोल्टन लेख्छन् ।
जुन ५ को बैठकमा ट्रम्पको कुरा सुनेर बोल्टन आत्तिए । बैठकमा पोम्पेओ पनि थिए । ट्रम्पले आफूले कोरिया युद्ध अन्त्य गर्न चाहेको बताए । बोल्टनले सित्तैमा यस्तो सहुलियत दिन नहुने बताए । लोकप्रियताको लागि ट्रम्पले यस्तो घोषणा गर्लान् भनेर पोम्पेओ र बोल्टन दुवै दुःखी भए । उनले जापानको प्रतिक्रिया के होला भनी सम्झिए । ट्रम्पलाई युद्ध अन्त्यको घोषणा गर्नबाट रोक्न त्यसको बदलामा उत्तरबाट अप्ठ्यारो वचन माग्नुपर्ने विषयमा बैठकपछि पेम्पेओ र बोल्टनले छलफल गरे ।
त्यही दिन जी–७ को बैठकमा जानुअघि जापानी प्रम आबे वासिङटन रोकिए । उनले ट्रम्पलाई सम्झाए, “उत्तर कोरियालीहरू युद्धमा बाँचेका हुन् । उनीहरूले आफ्नो शासन व्यवस्थाको निम्ति ज्यानको बाजी लगाउनेछन् । उनीहरू कठोर छन्, राजनीतिमा खेलाडी छन् । पुरानै खेल दोहोरिने देखे उनीहरू पुरानै शैलीमा फर्किनेछन् ।” यसपछि व्यापारको विषयमा कुराकानी भयो । ट्रम्पले जापानलाई आर्थिक सहुलियत दिन आनाकानी गरे । उनले भने, “सन्धिले हामी जापानको सुरक्षा गर्छौँ । हाम्रा सम्झौताकारहरू खराब थिए ।… सन्धिबिना पनि हामी तपाईँहरूको सुरक्षा गछौँ । तर, सहयोग मागेको ठीक भएन ।”
Leave a Reply