भर्खरै :

यो मध्यावधिको सङ्केत हो ?

समाजवादउन्मुख संविधान कार्यान्वयन भइरहेको नेपालमा उपचार नपाएर दुई सातामा नै सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा ५ जना दलितको मृत्यु भएको छ एकातिर भने अर्काेतिर चार जना पहुँचवाला व्यक्तित्वहरूले उपचारको नाममा एक वर्षमै चार करोड रुपियाँ पड्काए । यस्तो छ हाम्रो समाजवादउन्मुख संविधान कार्यान्वयनको परिणाम । त्यसरी चार करोड रु. पड्काउनेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रीहरू प्रदीप नेपाल र होमनाथ दाहाल छन् । यता दलित अकालमा मर्ने पाँच जना दलित उता रु. चार करोड रुपियाँ राज्यबाट सहयोग लिएर उपचार गर्ने चार जनाको तस्बिर एकै ठाउँमा राखेर हेर्दा यस्तै परिणामको लागि हो समाजवादउन्मुख संविधान ? भन्ने प्रश्न उठ्यो । हामी नेपाली जनताले लामो सङ्घर्ष गरेका सुकिला लुगा लगाउनेहरूले मात्र उपचार खर्च पाउने, मैला लुगा लगाउने र दलितहरू केही नपाइकनै मर्ने नै भने हो र ? लौन हो यो कठोर पक्षपात समाजवादउन्मुख संविधान लागू भइरहने हो भने के अघि अर्थ रह्यो र ? निर्दलीय पञ्चायत र समाजवादउन्मुखमा के अन्तर रह्यो र ? नाम एउटा अर्कै भएन र ? यसर्थ नाम हेरेर होइन काम हेरेर निष्कर्षमा पुग्न सक्नुपथ्र्यो । काम हुनुप¥यो । राजनीतिमा पनि यस्तो लुच्चाइ भो अब त ! छोडौँ यस्तो लुच्चाइ ।
कुन उमेरको सामयिक ?
सत्तारुढ गठबन्धनभित्रका दलका नेताहरूको अकर्मण्यता एवं अदूरदर्शिताले गर्दा नेपाल झन्झन् आफ्नो स्वाधीनता गुमाउँदै पराधीन हुँदै गइरहेको तथ्य हेर्दा देशभक्तहरूलाई देश जोगाउन आफै अघि सर्नुपर्ने हो कि भन्ने लाग्न लागेको छ । जनताले नै देश नजोगाए नेपाल नाम रहे पनि भूमि नरहने स्थिति आउनसक्ने तर्क दूरदृष्टि भएकाहरूले विचार व्यक्त गर्न लागेका छन् । यो राम्रो लक्षणको सङ्केत होइन । नराम्रो सारै नराम्रो अझ सारै नराम्रो भविष्यको इङ्गित हो । यो विधाको फट्याइँभित्र भित्रभित्रै काम गरिन्छ । माटो कोट्याइँदैन तर विषाक्त पारिसकिन्छ । माटो कोट्याइएको भए नाङ्गो आँखाले सर्वसाधारणले देख्थे, विरोध गर्न पनि सजिलो हुन्थ्यो । यो २२ औँ शताब्दीको टेक्निक हो र सारै भयावह कूटनीति हो । आज भौतिक प्रगति यति चरम रूपमा वृद्धि भइसक्यो मान्छे यति धेरै छ यसो एउटा कागतको टुक्रा औलाले थिच्यो भने परको ताल्चा खुल्छ, ढोका खुल्छ, ताल्चा लाग्छ, ढोका बन्द हुन्छ । यो रहस्य हुन्छ हाम्रा लागि तर, दुनियाँले उपयोग गरिसकेको छ । नयाँ पुस्ताका मान्छेले नयाँ नयाँ के के जान्नैपर्ने के के ? तर सबैजसो विकसित मुलुकका केटाकेटी यो प्रविधिमा पारङ्गत भइसके । अब दुई सय वर्षपछिको यो पृथ्वीलाई कसरी कजाएर सक्नु । संसार अर्कै भइसक्यो । मान्छेको आयु बढेको बढ्यै कि बढ्दै छ १०० वर्षमा म¥यो भने असामयिक निधन भन्छ मान्छे । अब कुन उमेरमा मर्दा असामयिक हुँदैन ? प्रश्न भएको छ ।
गोरु ब्याउने आशाजस्तै
हिजो अस्ति शासन गर्ने दल र आज शासन गर्ने दल कुनैलाई जनताले पत्याएनन् । त्यसैले अबका शासक पार्टी कुनैलाई बहुमत पुग्ने गरी पत्याएन । यसको दृष्टान्त कुनै दलले आवश्यक बहुमत पाएन । त्रिशङ्कु सरकार बन्ने भो । झन्डै दुईतिहाइ मतको केपी शर्मा ओली सरकारले पनि जब जब केही गर्न सकेनन् भने यो आजको मिसमास सरकारबाट मुलुक समृद्ध र सफल हुन्छ भन्ने आशा गर्नु गोरु ब्याउँछ भन्ने आशा गर्नुजस्तै हो । तर, कति जना स्वार्थी मान्छेहरू त्यही गोरु ब्याउने मिथ्यालाई पत्याएर बसेका छन् । के लाग्छ, यस्ता दिवास्वप्नलाई रातिको सपना भनी पत्याउने विद्वानलार्ई । यसो हिजो, अस्ति र झन् अस्तिको कुरा समेत बिर्सनेहरूलाई कसरी बुझाउने ? देशै नरहे स्वाभिमानी नेपाली अरुको इसारामा उठ भने उठ्नुपर्ने, बस भने बस्नुपर्ने । देश पराधीन बन्दै गए स्वाधीनताको श्वास फेर्न पनि कठिन हुन्छ । त्यसैले पुर्खाले त्यो स्वतन्त्रता र स्वाधीनता जोगाएर आएका थिए । कुनै दलले पनि आम निर्वाचनमा बहुमत नल्याउँदा कति देशमा पुनःनिर्वाचन गर्ने पनि गर्छन् । तर, हामीकहाँ त्यसको कल्पना पनि गरिँदैन । चुनावको बेला जनताको मत लिन स्वयं ठूला दलका ठूला नेतासमेत पैसासँग मत साट्न, भोज खुवाउन, मालसामान बाँड्न संलग्न भएका घटना सार्वजनिक भएका छन् । तर ती अवैध एवं अपराधपूर्ण सबै कुरा आचारसंहिता नामको कमजोर बार बन्दैमा बार रोकिन्छ भन्ने मिथ्या विश्वासको भर पर्छ स्वयं निर्वाचन आयोग । नेमकिपा पैसा दिएर मत किन्ने नकाम गर्दैन ।
त्यो बेला अङ्ग्रेज अघिको अमेरिका
नेपालको राजनीति अपाङ्ग भएको हो ? समाजमा राजनीति हुन कम्तीमा पनि एउटा दलले त बहुमत ल्याउँथ्यो निर्वाचनमा । त्यतिका धेरै पार्टीले निर्वाचन लडेका थिए । कुनै दलले पनि सामान्य बहुमत पनि ल्याउनुपथ्र्यो तर सकेनन् । अब खिचडी सरकार बन्छ होला । तर, खिचडी सरकारले त कुनै लछारपाटो लाउन नसकेको नेपालको वर्तमान राजनीतिमा फेरि पनि उही त्रिशङ्कु नै भयो । एकथरी राजनीतिक नेताहरू अहिल्यै भन्न थालिसके । दुई वर्षपछि मुलुक फेरि मध्यावधिमा जाने भविष्यवाणी गर्न थालेका छन् । हाम्रो जस्तो घाटाको अर्थतन्त्र भएको देशले कति वटा मध्यावधि धान्छ ? प्रश्न भएको छ । भारत, संरा अमेरिकाजस्ता देश यस्तै अस्थिर सरकार भइरहून् ताकि आफ्नो प्रवेश वा अन्तरायण सजिलै होस् भन्ने चाहन्छ एमसीसीजस्ता कैयौँ छिर्के दाउमा परिसकेको छ नेपाललाई । ऊ नेपालमा पस्न जोसँग जे पनि गर्न तयार छ । चीन संरा अमेरिकाको नम्बर एक दुश्मन हो । यताबाट हुन्छ कि उताबाट हुन्छ कि चीन घेर्ने मनसुवा हो अमेरिकाको । यो मुद्दामा भारत पनि सकभर घुमाउरो बाटो खोज्छ । नेपाल वर्षौँ वर्षदेखि या भारतमा आर्थिक प्रशासनिक हैकम गरेको अङ्ग्रेज सरकार या कम्पनी सरकारको पालोदेखि नै तिब्बत पस्न र तिब्बतका सूक्ष्म सूक्ष्म सूत्र पत्ता लगाएर त्यहाँको सत्ता उपर आफ्नो हैकम राख्न राणा शाहको पनि नजिक हुन नखोजेको कहाँ हो र ! तर सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *