भर्खरै :

नेमकिपाको निर्वाचन प्रचार कार्य चालू

वीरगञ्ज, २५ भदौ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ का १२६ स्थानीय तहमा हुन गइरहेको निर्वाचनको सन्दर्भमा विभिन्न जिल्लामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूको प्रचार प्रसार कार्य आइतबार पनि चालू रह्यो । वीरगञ्ज, २५ भदौ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ का १२६ स्थानीय तहमा हुन गइरहेको निर्वाचनको सन्दर्भमा विभिन्न जिल्लामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूको प्रचार प्रसार कार्य आइतबार पनि चालू रह्यो । सोही क्रममा पर्सा जिल्लामा वीरगञ्ज महानगरपालिका वडा नं. ३१, सखुवा प्रसौनी गाउँपालिकाका खजुरिया, सठवल, औराहा, सिद्धपुर र सेराईलगायत गाउँहरूमा घरदैलो मत अभियान तथा चोक–चोकमा कोणसभा सम्पन्न भएका छन् । कोणसभामा नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साह, सदस्यहरू हकिम अन्सारी र ब्रम्हदेव थारू, सखुवा–पुसौनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उम्मेदवार सौकत अलि, नेक्रायुसङ्घका पञ्चरत्न सैजू, सरजु फसिकवलगायतले नेमकिपालाई मत किन भनी स्पष्ट पार्नुभयो । त्यस्तै चुनावी प्रचार अभियानको क्रममा कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो तथा भेला तीव्रताका साथ अघि बढिरहेको छ ।यसैक्रममा वडा नं. ७ मा सम्पन्न चुनावी भेलामा नेमकिपाको तर्फबाट मेयरका उम्मेदवार रञ्जुदेवी साहले जनताको दुःख–कष्ट र पीडा बुझेको पार्टीले मत्रै जनताको पक्षमा काम गर्ने भएकोले नेमकिपाका उम्मेदवाहरूलाई मत दिन अनुरोध गर्नुभयो । पार्टीका उपमेयर पदका उम्मेदवार मुक्ति यादवले नेपाली लाखौं युवाहरू बेरोजगारी समस्याबाट पीडित भई विदेशीएको चर्चा गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम भएको कार्यक्रममा रत्नप्रसाद फैजूले पनि बोल्नुभएको थियो । त्यस्तै सिराहाको लाहान नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिकालगायत नेमकिपाका उम्मेदवार र नेता, कार्यकर्ता सम्मिलित चुनाव प्रचार ¥याली तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन् । सप्तरीको कञ्चनपुर रूपनगर नगरपालिका, विष्णुपुर गाउँपालिकालगायत स्थानीय तहहरूमा नेमकिपाका उम्मेदवारहरूले घरदैलो गरी मत माग्ने कार्यक्रम चालू राखेका छन् । रौतहटका गरूडा, माधवनारायण, कटहरिया, देवाही–गोनाही र बौधीमाई नगरपालिकामा पनि चुनाव प्रचार प्रसारका निम्ति विविध गतिविधि भएको समाचार प्राप्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *