भर्खरै :

‘अर्हत्’ त्रैमासिक साहित्यिक पत्रिका पूर्णाङ्क ४१/४२ नियाल्दा

‘अर्हत्’ त्रैमासिक साहित्यिक पत्रिका पूर्णाङ्क ४१/४२ नियाल्दा

शान्तिको सन्देश दिन एसिया महाद्वीयकै तारासरि उदाएका गौतम बुद्ध विश्व शान्तिको अभियन्ताको रूपमा चिनिन्छ । त्यस्ता महामानवको जन्मथलो नेपाललाई प्रत्येक नेपालीले गर्व राख्दछ । प्राचीनकालदेखि शान्ति र स्वतन्त्र मुलुकको रूपमा रहिआएको नेपाल भूमि केही दशकदेखि अस्थिर, सङ्कटग्रस्त हुँदै सङ्क्रमणकालबाट गुज्रिँदै आइरहेको छ । कुन दिन मुलुक पराधीन भई विस्तारवादी र साम्राज्यवादी देशहरूको दाम्लोमा नेपालीहरू बाँधिन पुग्ने हो, आफूहरू अरूहरूको दासत्व स्वीकारी बाँच्नुपर्ने हो ? जनता चिन्तित छन् ।
गत मङ्सिर ४ गतेको निर्वाचनको सेरोफेरोमा बौद्ध दर्शन अध्ययन समाज भक्तपुरले गत कार्तिक २२, वर्ष १०, अङ्क २/३ (पूर्णाङ्क ४१/४२) को ‘अर्हत्’ त्रैमासिक पत्रिका प्रकाशित ग¥यो ।
गणतन्त्र आइसकेको यो देशमा ३३ वर्ष पुग्दा पनि आलोपालो सरकारको नेतृत्वमा गएका शासक दलहरूले बुद्धको बहुजन हिताय भन्ने असल र राम्रा सन्देशलाई पालना गरेका छैनन् । चुनावताका फोस्रो आश्वासन दिएर, लोभलालच, भोजभेतर खुवाएर लत्ताकपडा र पैसा बाँडेर अनेक छलछाम र छलकपटबाट दुईतिहाइको नाममा होस् वा सिद्धान्तहीन गठबन्धनको नाउँमा सत्ताको नेतृत्व गर्न पुगेका दलहरूबाट जनता ठगिएका छन् । लुट, भ्रष्टाचार, अनियमितता र महँगीबाट थलिएका छन् । सरकारले देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डतामा आँच पु¥याउने सन्धि सम्झौता ग¥यो । नेपाली भूमि र नदीनाला छिमेकी भारतलाई हडप्न दिइयो । देशघाती र जनविरोधी विधेयकहरू संसद्बाट पारित गर्न शासक दलहरू कोही पछि परेनन् । कष्टपूर्ण तरिकाले व्यहोरिरहेका नेपाली दाजुभाइहरूको जनजीविकामा ‘समाजवादउन्मुख गणतन्त्र’ सम्म आइपुग्दा पनि कुनै तात्विक हेरफेर नआउँदा बहुसङ्ख्यक श्रमजीवी, गरिब निमुखा जनता वाक्कदिक्क छन् ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने, लोभलालचमा नफस्ने, भित्री वा बाह्य शत्रुको अगाडि कहिल्यै नझुक्ने, एक्लै भए पनि संसद् र प्रदेशसभा गएर देश र जनताको लागि आवाज बुलन्द गर्ने, सिद्धान्तनिष्ठ पार्टीका असल उम्मेदवारहरू देशको लागि खाँचो छ ।
बुद्धको अनात्मवाद–एक दृष्टिमा भिक्षु अश्वघोषले आत्मवादी र अहङ्कारमा घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै आत्मवादले गर्दा प्रभुत्ववाद उत्पन्न हुने कुरा व्यवहारिक उदाहरणबाट प्रस्ट्याउनुभएको छ । अमेरिकाले आफ्नो पैसाको बलले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र विश्व बैङ्क आदि हुन पनि कुनै पनि सार्वभौम सम्पन्न देशमा मानवता र प्रजातन्त्र नभएको भन्दै आफ्नो सेना नै पठाएर साना मुलुकका राष्ट्रप्रमुखहरूको हत्या गर्न लगाउने, आफ्नो साम्राज्य विस्तारका लागि स्वतन्त्र र सार्वभौम मुलुकहरूमा युद्ध भड्काउने काम गरिरहेको छ । मानव जाति र भौतिक संरचनालाई ध्वस्त पार्ने, आर्थिक नाकाबन्दी गर्ने, जनताको जीवनलाई कष्टकर तुल्याउने र जबरजस्ती ती देशका सरकारलाई कठपुतली बनाउनेजस्ता अकर्मण्यताका गतिविधिहरू इरान, इराक, भियतनाम अफगानिस्तान, सिरिया, लिविया र उत्तर कोरिया, क्युवाजस्ता देशहरूमा संरा अमेरिकाले देखाइरहेको व्यवहारबाट प्रस्ट हुन्छ । आर्थिक, सैनिक र शक्तिको बलमा संरा अमेरिका प्रथम कहलाउने घमण्ड पनि आत्मवादी अहङ्कार नै हो ।
अहङ्कारलाई दमन गर्नु र नाश गर्नु नै अनात्मवाद भएको भिक्षु अश्वघोषको ठम्याइ हो । आज संसारमा जति पनि अशान्ति मच्चिरहेको छ, शोषण नीति चलिरहेको छ ती सबैको कारण व्यक्ति र राष्ट्रहरूको अहङ्कारको कारणले हो ।
सेवाको लागि होइन नेतृत्वको लागि झगडा गर्नु आत्मवादी नै हो । हाल नेपालका शासक दलका नेताहरू ज्योतिष देखाएर सातौँ पटकसम्म प्रधानमन्त्री बन्ने सपना देख्ने, जता लागे पनि आफू पल्लाभारी हुने, सरकार बनाउने या ढाल्ने शक्ति आफूसँग भएको र प्रम हुने पालो आफ्नै भएको दाबी गर्ने, देश र जनताको भलाइको लागि नीति, कार्यक्रम निर्माण गर्नतिर होइन मुख्य मुख्य पदहरू हत्याउन, दलगत स्वार्थ पूर्ति गर्नकै निम्ति सिद्धान्तहीन गठबन्धन गरी भागबन्डाको गलत राजनीति अपनाई नेतृत्वको लागि झगडा गर्नु र देश र जनतालाई लुट्नु पनि आत्मवादी हुन् ।
जन्म र जातले केही व्यक्ति उच्च र नीच नहुने विषयमा कवि चित्तधर हृदयले सुगत सौरभ महाकाव्यको बोधिप्राप्ति दसाँै सर्गमै उल्लेख गरेको हुनाले उक्त विषय महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘मुनामदन’ खण्ड काव्यमा ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ…’ ‘मानिस ठूलो दिलले हुन्छ…’ भनी व्यक्त गरेका श्लोकहरूसँग पनि सामञ्जस्यता राखेको झल्को दिन्छ ।
आधुनिक युगमा भारतमा बुद्ध–धर्म सुप्रतिष्ठित पार्नमा भदन्त एल. आर्यवंश नायक महास्थविर पनि एक प्रमुख व्यक्तित्व भएको विषयमा वर्णन गरी लेखक रत्नसुन्दर शाकयले उहाँको सङ्क्षिप्त जीवनी प्रस्तुत गर्नुभएको छ । उहाँकै विशेष प्रयत्नमा दिल्ली विश्वविद्यालयमा ‘बौद्ध शिक्षा अध्ययन विभाग’ स्थापना भएको र काशी हिन्दू विश्वविद्यालयमा पनि त्यसको विभाग स्थापना गर्नमा उहाँको विशेष सहयोग रहेको चर्चा गर्नुका साथै बौद्ध दर्शनसम्बन्धी व्याख्यान विहारहरू र दिल्लीका अन्य धेरै ठाउँहरूमा दिएको प्रसङ्ग पनि शाक्यको लेखमा पढ्न पाइन्छ ।
‘स्तुप’ को ऐतिहासिक महत्व, यसको औचित्य र प्रयोजनबारे उल्लेख गर्दै टी.बी. पुन बौद्ध स्तुपहरू विश्व मानवता शान्ति र करुणाका पुजारी बुद्धको स्मरण र सम्मानको प्रतीक हुनुको साथै बौद्ध एकता र शान्तिको प्रतीक पनि भएको बताउनुहुन्छ ।
नेपालका विभिन्न स्थानहरूमा रहेका बौद्ध स्तुपहरूको बारे खोज, अध्ययन अनुसन्धान तथा उचित संरक्षण र संवद्र्धन हुन नसकेकोमा लेखमार्फत लेखक टी.बी. पुनले चिन्ता व्यक्त गर्नुभएको छ ।
पञ्चायतकालमा समेत पोखराको एक बौद्ध स्तुपलाई भत्काइएको, बौद्ध विहार तथा स्तुप निर्माण गर्न अनुमति नदिएको, बौद्ध भिक्षुहरूलाई देश निकाला गर्ने, बुद्ध धर्म प्रचारमा रोक लगाउने अलोकतान्त्रिक कार्यहरू भएका उदाहरणहरू पनि लेखमा पाइन्छ ।
दोस्रो विश्वयुद्धताका सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा परमाणु बमले आक्रमण गर्दा लाखौँ जापानीहरूको जिउधनको विनास भएको विभत्स घटनालाई स्मरण गराउन लुम्बिनी, पोखरा आदि ठाउँमा विशाल स्तुपहरू निर्माण गरिएका हुन् ।
बुद्धको शासन भनेको नै हितलाई ग्रहण गर्नु, अहितलाई त्याग्नुपर्ने कुराको देशना (उपदेश वा शिक्षा) हो । केही देशहरूमा राजाप्रजा सबै बुद्ध धर्ममा आस्था राख्दै केही दिन भिक्षु बन्नुपर्ने नियम रहेको र सिद्धार्थ गौतमले पनि गृहत्याग गरी भिक्षुता प्राप्त गरेको संस्मरण प्रस्तुत गर्दै तेजरत्न शाक्यले आफ्नो लेखमा भक्तपुरका विभिन्न स्थानहरूमा रहेको विहारहरूको वर्णन गर्नुभएको छ ।
हामीले पश्चिमेली दर्शन मात्रै होइन पूर्वीय दर्शनहरू पनि पढ्नुपर्छ । जैन धर्म, बुद्ध धर्म र चार्वाक विचारहरू पूर्वीय दर्शनको रूपमा सामन्तवादी समाजको विरोध गर्दै उदाएका युरोपेली पुँजीवादी दर्शनजस्तै भौतिकवादी दर्शनको रूपमै लिने गर्दछ । बुद्ध धर्मलाई धर्मको रूपमा नभई दर्शनको रूपमा व्याख्या गर्दै आइरहेको अहिलेको स्थितिमा ‘अर्हत्’ त्रैमासिक साहित्यिक पत्रिकाले त्यस्ता भौतिकवादी दृष्टिकोणबाट प्रेरित लेख रचनाहरू पनि समेट्दै पाठकसामु पस्कँदै आइरहेको छ ।
आदिम साम्यवादी युगदेखि जङ्गली युृग, दास युग, सामन्तवादी युग हुँदै पुँजीवादी र समाजवादमार्फत साम्यवादसम्म पुग्ने मानव समाजको विकासलाई उन्नत समाजको तहसम्म पु¥याउन विभिन्न मुलुकले अभ्यास गरिरहेका उदाहरणहरू हाम्रोसामु छर्लङ्ग भइसकेको छ । अहिलेसम्मको समाजको विकास वर्गसङ्घर्षको इतिहास हो भन्ने माक्र्सको विचार वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दृष्टिकोण नै मानव समाजको अहिलेसम्मको विकासकोे आधार हो । यही धु्रवसत्य कुरालाई सरल र सहज तवरले सर्वसाधारण जनताले बुझ्ने गरी चन्द्रबहादुर उलकको सम्पादनमा प्रकाशित भएको मानव समाजको विकास पुस्तकबाट धारावाहिक रूपमा साभारित लेख ‘अर्हत्’ को यो अङ्कमा पनि छापिएको छ ।
नेपालका शासक दलहरू अहिले देशमा कुनै जनआन्दोलन आवश्यक नरहेको बताउँछन् । शोषणमा आधारित अहिले कायम भएको पुँजीवादी व्यवस्था नै कम्युनिस्टहरूको निम्ति अन्तिम राजनैतिक व्यवस्था होइन । सरकारमा गएका कम्युनिस्टहरूले पनि आफ्नो व्यक्तित्व र दलगत स्वार्थ पूरा गर्न शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, कमिसनखोर, महँगीजस्ता विकृतिपूर्ण विशेषताले युक्त पुँजीवादी व्यवस्थालाई मलजल गर्दै हुर्काइरहेको स्थिति छ ।
बौद्ध दर्शन र आमसञ्चारको पाँचौँ शान्ति सिद्धान्त शीर्षक पुस्तक समीक्षामा श्याम रिमालले दुःखले जकडिएका मानिसलाई बाटो देखाइदिने गौतम बुद्ध हाम्रै भूमिमा जन्मेर एसियाको प्रकाशदेखि विश्वका ज्योतिसम्म बन्न सफल भएको बताउनुभएको छ । समाजमा असल विचार सञ्चारित हुँदा सभ्य समाज निर्माण भई शान्ति प्राप्त हुन्छ ।
कभर पृष्ठमा छापिएको आकर्षक रङ्गिन बुद्धको प्रतिमाले मानव जातिलाई दुःखबाट मुक्त हुन एकताबद्ध हुने सन्देश दिइरहेको भान हुन्छ । प्रत्येक अङ्कमा प्रकाशित पञ्चशील प्रार्थनाको साथै अन्तिम कभर पृष्ठमा प्रकाशित बौद्ध दर्शनको अष्टाङ्गिक मार्गले बुद्ध दर्शनकै निचोड दिइरहेको र समाजलाई सत्मार्गमा डो¥याउन देशना गरिरहेको स्मरण गराउँछ ।
यो ‘अर्हत्’ ज्ञानबद्र्धक, पठनीय र सङ्ग्रहणीय छ । ‘अर्हत्’ त्रैमासिक प्रकाशनका परिवारलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *