भर्खरै :

माओ त्सेतुङको योगदानको स्मरण गरौँ !

माओ त्सेतुङको योगदानको स्मरण गरौँ !

माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसीमा जाँचिएको सबभन्दा सही, वैज्ञानिक र क्रान्तिकारी बाटो हो । माक्र्सले क्रान्तिकारी आन्दोलनमा भाग लिएर क्रान्तिकारी सिद्धान्तको सिर्जना गरे । उनले प्रकृति, इतिहास र सर्वहारा क्रान्तिको अध्ययन गरे र द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र सर्वहारा क्रान्तिको सिर्जना गरे । माक्र्सवाद, लेनिनवाद व्यवहारको आधारमा रचिएको वैज्ञानिक सिद्धान्त हो । माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ माटो सुहाउँदो या चिनियाँ क्रान्तिको व्यवहारसित गाँस्ने काम चिनियाँ कम्युनिस्ट पार्टीले ग¥यो । यसको नेतृत्व चिनियाँ सर्वहारा वर्गका गुरु माओ त्सेतुङले गरे । यसकारण, आज हामी माओ त्सेतुङले गरेको योगदान सम्झिरहन्छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् सर्वहारा वर्गका नेता माओ त्सेतुङले पार्टीभित्रका गलत विचारको खण्डन र मण्डन गर्दै आम जनताको भलाइमा चासो राख्न, कार्यतालिकाप्रति ध्यान दिन जोड दिए । जनताको सेवा गर्न, उदारवादको विरोध गर्न, रुढीवादी पार्टी लेखनको विरोध गर्न र कठोर सङ्घर्षमा दृढ रही जनसमुदायसँग घनिष्ठ सम्बन्ध कायम राख्न चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्व ग¥यो या माओ त्सेतुङले नेतृत्व गरे । कम्युनिस्टहरू देशभक्तका साथै अन्तर्राष्ट्रवादी पनि हुन्छन् । कम्युनिस्टहरूले विस्तारवाद र साम्राज्यवादको विरोध गर्नैपर्छ । चिनियाँ कम्युनिस्टहरूले जापानी साम्राज्यवाद र हिटलरका राष्ट्रवादको विरोध गरे । नेपालका कम्युनिस्टहरूले पनि विस्तारवाद र साम्राज्यवादको विरोध गर्नुपर्छ ।
साम्राज्यवादी शक्तिले विश्वको विकासमा हानि पु¥याउने काम गरिरहेको छ । आफ्नो देशको रक्षा गर्न विस्तारवाद र साम्राज्यवादको विरोध गर्नैपर्छ । कम्युनिस्टहरूले राष्ट्रको सवालमा आवाज उठाउनैपर्छ । कम्युनिस्टहरूले आफ्नो स्वार्थलाई राष्ट्र र जनसमुदायको स्वार्थको मातहतमा राख्नुपर्छ । कम्युनिस्टहरूले कुनै पनि अवाञ्छनीय काम कुरा अन्त्य गर्न जनतासँग मिल्नुपर्छ, जनताको साथमा बस्नुपर्छ । कम्युनिस्टहरूले तिनीहरूसँग उपेक्षा होइन मितेरी गाँस्नुपर्छ । उनीहरूको घर आँगन पुगेर दुःख सुख बुझ्नुपर्छ । तिनीहरूलाई अघि बढाउन हौसला दिनुपर्छ । त्यसको लागि जनतामाझ सिद्धान्त र विचार छरेर सचेत र सङ्गठित गर्नुपर्छ ।
शत्रुलाई पराजित गर्न कम्युनिस्टहरूले आफ्नो सङ्गठन विस्तार गर्नुपर्छ । शत्रुहरू पार्टीभित्र सङ्गठन फोड्न लाग्ने हुँदा कम्युनिस्टहरू सचेत हुनुपर्छ र विगतको अनुभवबाट सिक्नुपर्छ । नेपालमा पनि कम्युनिस्टले कम्युनिस्ट पार्टी फोड्ने काम छोडेको छैन । चीनमा जापानी साम्राज्यवादका जासुसी विभागहरू, चिनियाँ कम्युनिस्ट पार्टीलाई तोडफोड गर्न र चीनका गुप्त देशद्रोहीहरू छद्मभेषमा पार्टीभित्र घुस्न अनेक जालसाजी नगरेका होइनन् । यसबारे चिनियाँ कम्युनिस्ट पार्टी सर्तक रह्यो र चिनियाँ नेता माओ त्सेतुङ सतर्क र सावधान भएर पार्टी सङ्गठनलाई अगाडि बढाए । माओ त्सेतुङले भने, “पार्टीलाई साहसपूर्वक विस्तार गर । तर, खराब तत्वलाई घुस्न नदेऊ ।” हरेक कम्युनिस्ट पार्टीले आफ्नो विचारधारात्मक राजनीतिक र सङ्गठनात्मक स्वतन्त्रतालाई जोगाइराख्नुपर्छ । कम्युनिस्ट पार्टीले बहुसङ्ख्यक जनतालाई ध्यानमा राखेर काम गर्नुपर्छ, सिद्धान्त र विचारलाई आत्मसात गरेर जनतामाझ पुग्नुपर्छ । क्रान्तिकारी बाटो समात्नुपर्छ । साहस र धैर्यका साथ निरन्तर अघि बढिरहनुपर्छ । एउटा चिनियाँ भनाइ छ, ‘बगिरहेको पानी बासी हुँदैन, ढोकाको कब्जा कीराले खाँदैन ।’ माओ त्सेतुङबाट यी नै शिक्षा हामी पाउँछौँ र आफ्नो देश, काल, परिस्थितिअनुसार हामी अघि बढ्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *