भर्खरै :

फूटसलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न

फूटसलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न

भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत फुटसल प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा शुक्रबार भुलाँचा सुटर फुटसल ग्राउन्डमा सम्पन्न भयो ।
उक्त प्रतियोगितामा पुरस्कृत हुने खेलाडी विद्यार्थीहरूलाई अतिथि जोशीले पुरस्कृत गर्नुभएको थियो ।
अतिथि जोशीले खेलकुद आयोजनाले देशको उत्कृष्ट खेलाडी बनेर जिल्लाको नाम उच्च राख्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले खेलकुदबाट पनि भक्तपुरको परिचय दिन सक्ने बताउनुभयो ।
उहाँले अनुशासित, नैतिकवान र असल नागरिक तयार गर्ने हेतुले खेलकुद आयोजना गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला फूटबल सङ्घका उपाध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।
शारदा माविविरुद्ध सैनिक आवासीय महाविद्यालयबिच भएको प्रतिस्पर्धात्मक खेलमा शारदा माविका क्याप्टेन जर्सि नं ९ का विजय मोक्तानले २ गोल गरेका थिए भने मध्यान्तरपछि सैनिकका जर्सि नं १७ का अनुभव पुरीले १ गोल गरे । २–१ गोलले शारदा मावि प्रथम हुन सफल भयो ।
प्रतियोगितामा उदयीमान खेलाडीमा जेसिस स्कूलका श्रीजन मल्ल, उत्कृष्ट खेलाडीमा शारदा माविका विजय मोक्तान, उत्कृष्ट गोलकिपरमा शारदा माविकै भक्त राशकोटी र फाइनल खेलमा म्यान अफ दि म्याच शारदा माविका विजय मोक्तान हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *