भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद्को बैठकमा गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे समीक्षा भइरहेको छ । समीक्षामा निर्वाचनताका भएका अन्य राजनीतिक दलले गरेको राजनीति र नेमकिपाले निर्वाह गरेको भूमिकाबारे अवश्य पनि मूल्याङ्कन हुन्छ । नेमकिपा सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने हुँदा कुनै छक्कापञ्जा हुँदैन । कामदार जनतालाई पुँजीवादी शोषणबाट मुक्त गर्न नेमकिपा सङ्घर्षरत छ । पुँजीवादी व्यवस्थालाई जनतासामु उदाङ्ग्याएर समाजवादी व्यवस्थाबारे जनतालाई सुसूचित पार्न नेमकिपाले निर्वाचनलाई उपयोग गरेको हो । पुँजीवादी निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित हुँदैन भन्ने मान्यता राख्ने नेमकिपा निर्वाचनबाट समाजवाद आउँछ भन्नेमा विश्वास गर्दैन ।
नेमकिपाले निर्वाचनमा पनि देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षा गर्नुपर्नेमा जोड दियो । भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादी हस्तक्षेपको विरोध ग¥यो । कामदार वर्गको हितमा कानुन बनाउन सदनमा पनि सङ्घर्ष गर्ने कुरा उठायो । निर्वाचनलाई नेमकिपाले जनतालाई सैद्धान्तिक, राजनीतिक र वैचारिकरूपले सुसूचित पार्ने अवसरको रूपमा लियो । तर, सत्तासीन र ठूला दलका नेता तथा कार्यकर्ताहरूले बढी मत पाउन अनेक षड्यन्त्र गरे, लोभलालच देखाए, पैसा बाँडे, भोजभतेर गरे, सामान बाँडे, कार्यकर्ता भाँड्ने काम गरे या साम, दाम, दण्ड र भेदको नीति लिए । यही कारण पुँजीवादी निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र मर्यादित हुँदैन भनिएको हो ।
सत्तासीन र ठूला दलका नेता तथा कार्यकर्ताले हरेक निर्वाचनमा पैसा बाँडेर मत लिने गरेको कारण जिल्ला–जिल्लाका मतदाताहरूले पैसा नदिई मतदान नगर्ने कुरा बताए । पैसाको राजनीति गरेर ठूला दलले जनताको बानीमात्र बिगारेनन्, राजनीतिलाई बिगार्ने काम गरे । प्रधानमन्त्री शेरबहादुर आफै मतदातालाई पैसा बाँड्न व्यस्त भएको खबर प्रकाशमा आयो । पार्टी सभापति र प्रमजस्तो जिम्मेवार व्यक्ति नै पैसा वितरणमा व्यस्त भएपछि सोही दलका अन्य उम्मेदवारहरूले के गरेनन् होला ? अन्दाज गर्न गा¥हो छैन ।
नेमकिपा निर्वाचनमा हारजित स्वाभाविक ठान्छ । नेमकिपाले निर्वाचनको बेला गरेको घोषणापत्रबमोजिम काम गर्छ, बोल्छ र सङ्घर्ष गर्छ । नेमकिपाले श्रमजीवी वर्गको पक्षमा आवाज उठाइरहने छ । नेमकिपाले जनतालाई धोका दिने छैन । नेमकिपाले संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । यसरी इमानदारीपूर्वक गरेको कामले नै नेमकिपा अरू दलको निम्ति प्रकाशस्तम्भ भएको हो, नेमकिपा प्रशंसक बनेको छ । ठूला र सत्तासीन दलले जनतालाई धोका दिएको हुँदा समानुपातिक मत घटेको हो । यसले सर्वसाधारण जनता बिस्तारै सचेत हुँदै आएको थाहा हुन्छ । जनता सचेत र सतर्क हुनुमा नेमकिपाको योगदान छ । यो देशको लागि राम्रो सङ्केत हो ।
Leave a Reply