युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
युक्रेनी सेनाले दोनेत्स्कका बासिन्दाहरूविरुद्ध आतङ्कवादी बमबारी गरिरहेका छन् । उनीहरूको रणनीति फेरिएको छैन । यस्तैमा युक्रेनी सेनाले कालिनिना अस्पतालमाथि लगातार दुई दिन बमबारी गरिरहे । कालिनिना अस्पताल दोनेत्स्कको सबैभन्दा ठूलो र महत्वपूर्ण अस्पताल हो । बमबारीमा परेर अस्पतालका एकजना बिरामी मारिए भने चारजना घाइते भए । पहिलो बम पड्केलगत्तै अरू बिरामीहरूलाई अन्य स्थानमा सारियो । मर्नेको सङ्ख्या बढ्न पाएन ।
२०२२ डिसेम्बरको सुरुदेखि नै युक्रेनी सेनाले दोनेत्स्कको केन्द्रमा दिनदिनै बमबारी गरेको छ । बमबारीमा परेर असङ्ख्य नागरिकहरू घाइते भएका छन् । यस्तो आततायी हमलामा युक्रेनले नेटो देशहरूले पठाएका हातहतियारको प्रयोग गर्दै आएको छ । उनीहरूले १५५ एमएम बन्दुक प्रयोग गर्छन् । त्यस्तै उनीहरूले ‘भ्याम्पायर’ रकेट प्रहारबाट पनि हमला गर्ने गरेका छन् ।
यिनै हतियारको प्रयोग गरेर युक्रेनी सेनाले कालिनिना अस्पतालमा दुई दिनसम्म लगातार हमला ग¥यो ।
२०२२ डिसेम्बर १८ मा युक्रेनी सेनाले बालबालिका पढ्ने एउटा पाठशाला र कैयन् पार्कहरूमा रकेट प्रहार ग¥यो । यी पाठशाला र पार्कहरू डोनबस एरिना फूटबल रङ्गशाला नजिकै पर्छन् । सौभाग्यवश त्यहाँ कोही पनि थिएन र बमबारीमा परेर कोही हताहत भएन ।
सोही दिन साँझपख युक्रेनी सेनाले दोनेत्स्कको मुटुमै पुनः बमबारी ग¥यो । कैयन् रकेटहरू प्रहार भए । पहिलो बमबारीको फिल्माङ्कन गरिरहेका ‘आरटी’ समाचार संस्थाका एड्रियन र उनका साथीहरू गोली हानाहानबिच परे । उनीहरू बसेको स्थानभन्दा केही दर्जन मिटर नजिकै धेरै रकेटहरू खसे । (उनीहरूले खिचेका भिडियोहरू हामी ‘डोनबस इन्साइडर’ को वेबसाइटमा हेर्न सक्छौँ ।)
दोस्रो चरणमा युक्रेनी सेनाले कालिनिना अस्पतालमाथि बमबारी गरे । न्युरोसर्जरी विभागका पाँचजना बिरामी गम्भीर घाइते भए । तीमध्ये एकजना गहिरो चोटका कारण मरे । बमबारीलगत्तै अस्पतालका बिरामीहरूलाई हटाइयो ।
भोलिपल्ट रुसी तोप र वायुसेनाले दोनेत्स्कको पश्चिम र उत्तरपश्चिमी भागमा हमला ग¥यो । ती स्थानमा युक्रेनी सेनाले अड्डा जमाएको छ । तिनै अड्डाबाट युक्रेनी सेनाले अस्पतालमाथि बम प्रहार गर्दै थियो । रुसी सेनाको प्रत्याक्रमणले दोनेत्स्कको मध्य भागमा तुलनात्मक शान्ति छायो । युक्रेनी सेनाले सहरको उत्तर पाखो र पश्चिमी किनारतिर मात्र बमबारी गर्न सक्यो ।
रुसी विमान र हेलिकप्टर फिर्ता के आएका थिए, युक्रेनी सेनाले बचेखुचेका हतियारबाट दोनेत्स्कको कालिनिना अस्पताल र आसपासका भवनहरूमा पाँचवटा रकेट प्रहार ग¥यो । विध्वंशको दृश्य कहालिलाग्दो थियो । अस्पतालको एउटा भवन धेरै तलासम्म चिरा परेको थियो । त्यो भवनबाट अघिल्लो दिन नै बिरामी र स्वास्थ्यकर्मीहरू हटाइएको थियो । त्यसैले कसैको ज्यान गएन ।
सोभियत रकेट ग्रादले पनि युक्रेनी रकेटले जति क्षति पु¥याउन सक्दैन । बम विस्फोट भएको स्थानमा भेटिएका छर्राहरूले यी रकेट ‘जेआरओएफ–एम’ हुन् । यसको उत्पादन स्लोभाकियामा हुन्छ । यी रकेटहरू सोभियत रकेट ग्रादमा परिमार्जन गरेर बनाइएका हुन् । त्यसैले निकै शक्तिशाली हुन्छ । यिनले ४० किलोमिटर परसम्म मार हान्न सक्छ ।
युक्रेनी सेनाले दोनेत्स्कको अस्पतालमाथि मात्र २ दिनमा दुईचोटि र १० दिनमा चारचोटि बमबारी ग¥यो । यसको अर्थ ऊ कालिनिना अस्पताललाई धुलोपिठो पार्न चाहन्छ । रुसी सेनाको चौकी अस्पताल वरपर छैन । त्यसैले यो युक्रेनी सेनाको अर्को युद्ध अपराध हो ।
२०२२ मार्चमा पश्चिमा सञ्चार जगतले रुसी सेनाले मारिउपोलको प्रसूतिगृह नम्बर ३ माथि बमबारी गरेकोमा धेरै हल्ला ग¥यो । युक्रेनी सेनाले दोनेत्स्कको कालिनिना अस्पतालमाथि कैयन् दिनसम्म लगातार बमबारी गर्दा युद्ध अपराधबारे पश्चिमी मिडियाले एक शब्द पनि लेखेनन् !
कठै, एक शब्द पनि लेखेनन् ! सदाचार र मानव अधिकारका हिमायतीहरूको मौनताले प्रश्न उठेको छ । रुसी सेनाको कथित युद्ध अपराधको मुद्दालाई लिएर रुस र भ्लादिमिर पुटिनलाई विशेष अदालतको कठघरामा उभ्याउन चाहने व्यक्तिहरूले नै युक्रेनी सेनाको युद्ध अपराधका प्रमाणहरू देख्दा पनि केही बोलेनन् । बोलून् पनि कसरी, युक्रेनी सेनालाई आफैले हतियार, खर्च र तालिम दिएका हुन् ।
अरूलाई युद्ध अपराधी ठहर गर्ने युरोपेली देशहरूको आफ्नै देशलाई हेर्ने नजर फरक छ । त्यहाँ उनीहरूलाई कुनै नैतिकताको खाँचो पर्दैन ! भियतनामदेखि युगोस्लाभिया, सिरिया, अफगानिस्तान र इराकसम्म पश्चिमी देशहरूले दशकौँसम्म युद्ध अपराधको पक्ष लिए ! उनीहरूले रासायनिक हतियार, युरानियम हतियार, कार्पेट बमबारी, सर्वसाधारणमाथि ड्रोन हमला गरे । उनीहरूले आतङ्कवादी समूहहरूलाई खर्च दिए । यो उनीहरूको रगताम्य युद्ध अपराधको छोटो सूची हो !
युक्रेनी सेनाले गरेका युद्ध अपराधहरूमा पश्चिमा देशहरूको मौनताले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारका कुरा उनीहरूको भन्ने कुरामात्र हुन् भन्ने साबित हुन्छ । पश्चिमाहरू नाजीवादको महिमागान र युद्ध अपराध गर्नुलाई गलत भन्छन् । तर, आफैले सहयोग गरेका नवनाजी वा आतङ्कवादीहरूलाई उनीहरू केही भन्दैनन् ।
यो देख्दा अमेरिकी जनरल जोसेफ स्टिलवेलको भनाइ याद आउँछ । च्याङ काइ–सेकबारे उनले भनेका थिए, ‘ऊ कुकुर्नीको छोरो हो । तर, हाम्रो कुकुर्नीको छोरो हो ।’ पश्चिमा राजनीतिमा यो टिप्पणी अझै सान्दर्भिक छ ।
(स्रोत : डोनबस इन्साइडरबाट ।)
अनुवाद : सुरेश
Leave a Reply