युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
सन् २०२२ को अन्त्यमा अमेरिकाले फेरि आगोसँग खेल्ने काम गरेको छ । पेइचिङ समयअनुसार डिसेम्बर २४ मा अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले ‘सन् २०२३ आर्थिक वर्षमा प्रतिरक्षासम्बन्धी कानुन प्रस्ताव’ मा हस्ताक्षर गरी कानुन बनाए । सो प्रस्तावमा चीनमाथि हिलो छ्याप्ने काम भएको छ । यो प्रस्ताव ‘स्वतन्त्र थाइवान पक्षधर’ लाई गम्भीर चोट पु¥याउने खालको छ ।
‘सन् २०२३ आर्थिक वर्षमा प्रतिरक्षासम्बन्धी कानुन प्रस्ताव’ अमेरिकाको आन्तरिक कानुन हो । त्यसले वास्तविकताको बेवास्ता गरी ‘चिनियाँ त्रास–धम्की’ को प्रचारप्रसार गर्दै चीनको आन्तरिक मामिलामा खुला हस्तक्षेप गरेको छ । प्रस्तावअनुसार थाइवान मामिलाप्रति औँला ठड्याएर अमेरिकी सरकारले आगामी पाँच वर्षमा चीनको थाइवान क्षेत्रलाई दस अर्ब अमेरिकी डलरको ‘सैनिक सहायता’ तथा दुई अर्ब अमेरिकी डलरको ‘सैनिक ऋण’ प्रदान गर्नेछ । थाइवान जल डमरुको शान्ति तथा स्थिरता बिथोल्ने पक्षमा अमेरिका उभेको छ ।
सन् १९७२ मा हस्ताक्षरित ‘चीन–अमेरिका संयुक्त विज्ञप्ति’ देखि सन् १९७८ को ‘चीन–अमेरिका दौत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्ति’ र सन् १९८२ मा हस्ताक्षरित ‘अगष्ट १७ संयुक्त विज्ञप्ति’ सम्म विश्वमा एउटैमात्र चीन रहेको र थाइवान चीनको एउटा अविभाज्य भाग भएको उल्लेख छ । तर, अमेरिकाले यस नियमको पालना गरेको छैन ।
थाइवान चीनको हो । थाइवान मामिलाको समाधान गर्नु चिनियाँहरूको आफ्नो काम हो, जसमा कुनै पनि बाह्य शक्तिलाई हस्तक्षेप गर्ने छुट छैन । अमेरिका गलत र खतरनाक बाटोमा निरन्तर लाग्नु गलत हो ।
Leave a Reply