भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–३

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–३

पार्टीको दोस्रो महाधिवेशन
सन् १९२९ मे महिनामा कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन साङ्घाईमा बोलाइएको थियो । तर, त्यसबेला पार्टी कानुनी नभएको हुनाले सभा हाङचाउमा गरियो । धेरै कोसिस गर्दा पनि ठाउँ पत्ता लगाउन नसकेको हुँदा माओ बैठकमा पुग्न सक्नुभएन र त्यसै फर्कनुभयो । हाङचाउ अधिवेशनले साम्राज्यवाद र सामन्ती युद्ध सरदारहरूको विरोधमा सङ्घर्ष गर्ने निर्णय गर्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (छोटकरीमा कोमिन्टर्न) सँग सम्बन्ध राख्ने पनि निर्णय ग¥यो ।
मजदुरहरूको सङ्गठन र जागृतिले रेलको बाटो र खानीका प्रतिकृयावादी मालिकहरू तर्सन थाले । तिनीहरूले मजदुर सङ्गठनलाई भङ्ग गर्न जालझेल गर्न थाले । सङ्कटको अवस्था थियो । सन् १९२२ सेप्टेम्बर महिनाको सुरूमा माओ फेरि आनयान पुग्नुभयो । क्रान्तिकारी परिस्थितिलाई व्याख्या गर्नुभयो, मजदुरहरू र शत्रुहरूको शक्तिको लेखाजोखा गरेर देखाउनुभयो र मजदुरहरूको ज्याला बढाउन, काम गर्ने अवस्था सुधार्न र मजदुरहरूको सङ्गठनलाई मान्यता दिन लगाउन माओले मजदुरहरूको ठूलो हडतालको आह्वान गर्नुभयो ।
१३ सेप्टेम्बर १९२२ को दिन सारा खानीमा हडताल गर्ने योजना थियो । तर, ल्यू शाऊ–ची ११ सेप्टेम्बरकै दिन त्यहाँ पुगे र उसले मजदुरहरूलाई ‘हडतालको समय भएको छैन र हामीले जित्ने निश्चय छैन’ भने । उनले हडताललाई ‘दुस्साहसवाद’ बताए । उनको कुरा सुनेर मजदुरहरू सा¥है रिसाए । आखिर १३ सेप्टेबरको दिन हडताल भइछाड्यो । जनमत आफ्नो पक्षमा लिन मुटु छुने नाराहरू दियो, “अबदेखि हामी मानिस भयौँ, बोझ बोक्ने पशु होइनौँ ।” हडतालमा जम्मा १७ हजार मजदुरहरूले भाग लिए ।
हडताललाई बिगार्ने ल्यू शाऊ–चीले ‘सभ्य हडताल’ को कुरो गरे । पुँजीपतिहरूसँग मेलमिलाप गर्ने कुरा उठाए । प्रतिकृयावादी सरकारले धेरै पुलिस फौज पठायो । ल्यू शाऊ–चीलाई गिरफ्तार गरियो । उनलाई मार्ने धम्की दिए । अनि उनले भने, “म मजदुर होइन, म त मिलाप गर्नमात्रै आएको हुँ ।” तर, मजदुरहरूले खानी कब्जा गरिसकेका थिए । आखिर पुँजीपतिहरू झुक्नुपर्यो । मजदुरहरूको माग पूरा भयो । त्यसबेला माओको हृदय अरू मजदुर वर्गको हृदयसँग गाँसिएको थियो । हडतालबाट प्रतिकृयावादी अधिकारीहरू मजदुरहरूलाई राजनैतिक अधिकार दिन, जीवनस्तर र काम गर्ने अवस्था सुधार्न र ज्याला बढाउन बाध्य भए । मजदुरहरूको एकताबाट हुनान पार्टीले पाएको मजदुर आन्दोलनको त्यो पहिलो विजय थियो ।
त्यसपछि माओले चाङशामा ४ हजार डकर्मी र सिकर्मीहरूको हडतालको अगुवाइ गर्नुभयो । उहाँले आफैले हडतालको योजना बनाउनुभयो, घोषणाको खेस्रा गर्नुभयो र हडतालको समर्थनमा जनमतलाई उठाउनुभयो । २२ अक्टोबरको दिन सङ्घर्षमा मजदुरहरूलाई उत्साहित गर्न उहाँ स्वयं हडतालीहरूको काम गर्ने गाउँमा बस्नुभयो । २४ र २५ अक्टोबरको दिन मुख्य हडतालीको रूपमा उहाँले प्रान्तीय सरकारी अधिकारीहरूसँग सङ्घर्ष गर्नुभयो । आखिर २० दिनपछि मजदुरहरूको ज्याला बढाउन र मजदुर सङ्गठनलाई स्वतन्त्र गर्न अधिकारीहरू बाध्य भए ।
आनयान खानी र डकर्मी–सिकर्मीहरूको हडतालको सफलतापछि माओले क्वाङचाऊ–हानको रेल बाटोको उचाङ क्षेत्रको रेलका मजदुरहरूको हडताल गराउनुभयो । हडताली मजदुरहरूले राजनैतिक अधिकारहरूको सुरक्षा, जीवनस्तरको सुधार र धोकेबाजहरूलाई सजाय गर्ने माग गरेका थिए । माओले त्यस हडतालको सफलताको निम्ति देशको अरू भागका रेल बाटाका मजदुरहरूको समर्थनको बन्दोबस्त पनि पहिले नै मिलाउनुभएको थियो । मजदुरहरूको माग र भावनालाई ध्यानमा राखेर माओ त्सेतुङ सधैँ सङ्घर्षको अघिल्लो पङ्क्तिमा उभिनुहुन्थ्यो र सङ्घर्षमा जनतालाई लडाकु बन्न साहस दिनुहुन्थ्यो । उहाँ मजदुर आन्दोलनलाई सधैँ माक्र्सवाद–लेनिनवाद र किसान आन्दोलनसँग गाँस्नमा जोड दिनुहुन्थ्यो ।
सन् १९२३ जून महिनामा पार्टीको तेस्रो महाधिवेशन क्यान्टनमा भयो । तेस्रो महाधिवेशनले पार्टीमा भएका बिरामहरूलाई सच्यायो । प्रजातान्त्रिक क्रान्ति सफल पार्न सर्वहारा वर्गको नेतृत्व र किसान समस्यालाई पनि गाँस्ने सही नीति पारित गर्यो । साथै कोमिनताङसँग सहयोग गर्ने अथवा कोमिन्ताङभित्र कम्युनिस्टहरू गएर काम गर्ने नीति पनि पारित गर्यो । डा. सन यात सेन कम्युनिस्टसँग एकता र रूससँग सम्झौता गरेरमात्रै चीनलाई स्वतन्त्र र प्रजातान्त्रिक बनाउन सकिन्छ भन्ने टुङ्गोमा पुगेका थिए ।
त्यसबेला पार्टीमा दुई विचारधाराको सङ्घर्ष भयो । चेन तु–श्यु कोमिनताङसँग सम्झौता गर्दा कम्युनिस्ट पार्टी नै आवश्यक ठान्दैनथे । त्यो दक्षिणपन्थी अवसरवाद थियो । चाङ काङ–ताउ अरू पार्टी र वर्गसँग सम्झौता गर्न चाहँदैनथे । उनी ‘ढोका बन्द’ नीति अपनाउँथे । यसलाई ‘वामपन्थी’ अवसरवाद वा सङ्कीर्णतावाद भनिन्थ्यो । माओले खुकुलो र उत्ताउलो ती दुवै विचारधाराको विरोधमा मत दिनुभयो र उहाँ केन्द्रीय समितिको राजनैतिक ब्युरोको सदस्यमा चुनिनुभयो । माओ साङ्घाईमै बसेर पार्टी केन्द्रीय समितिमा काम गर्न थाल्नुभयो र सन् १९२४ को वसन्तमा क्यान्टनमा जानुभयो ।

कोमिनताङ– कम्युनिस्ट सहयोग
सन् १९२४ जनवरी महिनामा कोमिनताङ पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन क्यान्टनमा भयो । यस महाधिवेशनमा साम्राज्यवाद र सामन्ती युद्धसरदारहरूका दलालहरूलाई निकालेर कोमिनताङलाई पुनर्गठन गर्नमा माओले भाग लिनुभयो । एक प्रजातान्त्रिक कार्यक्रम तयार गरियो । माओ मार्च महिनामा साङ्घाईमा फर्कनुभयो र कोमिनताङ एवं कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बिचमा कामको समन्वय (चाँजोपाँजो) मिलाउने काम सम्हाल्नुभयो । त्यसै साल गर्मीमा ह्वाम्पो सैनिक संस्थान (एकेडेमी) स्थापना भयो । त्यसका सल्लाहकारहरू रूसी थिए र कोमिनताङ र कम्युनिस्ट पार्टी मिलेर एक राष्ट्रव्यापी क्रान्तिकारी आन्दोलनको बन्दोबस्त सुरू गरियो ।
साङ्घाईमा माओ बिरामी हुनुभयो र सन् १९२४ वसन्तमा आराम गर्न हुनानमा फर्कनुभयो । कोमिनताङ र कम्युनिस्टबिचको ‘समन्वय’ को गतिविधिमा उहाँ सा¥है सफल हुनुभएको थियो । यसकारण, उहाँलाई पार्टीभित्र ‘दक्षिणपन्थी’ भनेर आलोचना भयो । उहाँ केन्द्रीय समितिबाट निलम्बन गरिनुभयो । उहाँ आफ्नो गाउँ शाउशान पुग्नुभयो । उहाँले साम्राज्यवाद र सामन्तवादको विरोध गर्न र पार्टी कार्यकर्ताहरू तयार पार्न एक रात्रि किसान स्कूल स्थापना गर्नुभयो । त्यसपछि उहाँले शाउशानमै एक पार्टी समिति पनि गठन गर्नुभयो । जमिनदारहरू खेतमा काम गर्ने ज्यामीहरूलाई कम ज्याला दिन्थे र गाउँका जनता भोकै मरे पनि तिनीहरू बढी नाफाको निम्ति अन्न बाहिर लैजान्थे । उचित मूल्यमा अन्न बेच्न, कालो बजार रोक्न र खेती मजदुरको ज्याला बढाउन र जग्गाको कूत कम गराउन पार्टी समितिले स्थानीय किसान सङ्गठनहरूलाई जमिनदार र धनी किसानहरूको विरोधमा सङ्घर्षमा उता¥यो । किसानहरू दृढतापूर्वक सङ्गठित भएर लडे तथा शोषक वर्गलाई किसानहरूको माग पूरा गर्नैपर्यो । माओले त्यसैबेला शाउशानकै गाउँले इलाकाको राजनैतिक र आर्थिक स्थितिको जाँचबुझ गर्नुभयो र किसानहरूको क्रान्तिकारी मागहरूलाई अध्ययन गर्नुभयो ।
माओले पहिलोचोटि आफ्नै आँखाले साम्राज्यवाद र सामन्तवादको विरोधमा सङ्गठित किसानहरूको क्रान्तिकारी शक्तिलाई देख्नुभयो । यसरी उहाँले किसान आन्दोलनबारे पार्टी नेतृत्वको निम्ति एक खँदिलो अनुभव प्राप्त गर्नुभयो । यसरी उहाँले चिनियाँ क्रान्तिको मुख्य समस्या नै किसान समस्या हो भन्ने कुरा देख्नुभएको थियो । अनुभवको कमीले त्यसबेला धेरै पार्टी नेताहरू त्यस कुरालाई बुझ्दैनथे । माओ भने बिरामी भएर पनि व्यापकरूपले किसान सङ्गठनका कार्यलाई अगाडि बढाउँदै जानुभयो र किसान समस्याप्रति उहाँको अध्ययन र अनुभव झन् गहिरिँदै र फैलिँदै गयो ।
पार्टीको चौथो महाधिवेशन
सन् १९२५ जनवरी महिनामा पार्टीको चौथो महाधिवेशन भयो, कार्यको लेखाजोखा गरियो र जनआन्दोलनलाई अगाडि बढाउँदै लैजाने निर्णय गरियो । त्यही वर्ष १२ मार्च १९२५ को दिन डा. सन यात सेनको क्यान्सर रोगले पेचिङको अस्पतालमा मृत्यु भयो र कोमिनताङको सेनाको महासेनापति च्याङ काई शेक भयो ।
सन् १९२५, १८ मईको दिन जापानी कपडा कारखानाका मालिकले साङ्घाईमा एक कम्युनिस्टको हत्या गर्यो । सहिद हुने मजदुरको नाम कू चेंग–हु थियो । त्यस हत्याको विरोधमा ३० मईको दिन मजदुरहरूको ठूलो विरोध प्रदर्शन भयो । बेलायती पुलिसले प्रदर्शनमाथि गोली चलायो । धेरै मानिसहरू मारिए । सङ्घर्ष देशभर फैलियो । देशव्यापी हडताल हप्तौँसम्म भयो । त्यस आन्दोलनलाई ‘३० मईको आन्दोलन’ भनिन्छ र हुनानमा पनि हत्याकाण्डको ठूलो विरोध भयो । त्यसको विरोधमा किसानहरूले ठूलो लडाकु भावना देखाएका थिए । त्यसबाट माओले किसानहरूको लडाकु भावनालाई झन् राम्रोसँग बुझ्न थाल्नुभयो । किसानहरूको सङ्गठनले जमिनदार वर्ग तर्सन लाग्यो र माओलाई पक्राउ गर्न माग गर्न थाल्यो । माओलाई पक्रन गभर्नर चाउ हेंग तिले सेना पठायो । माओ गुप्तरूपमा क्यान्टन पुग्नुभयो । केही महिनाभित्र माओले २० भन्दा बढी किसान सङ्गठनहरू बनाउन सफल हुनुभयो । माओ क्यान्टन पुग्नुभएपछि त्यहाँ कोमिनताङको केन्द्रीय समितिको सदस्य र कोमिनताङको मुखपत्र ‘राजनैतिक साप्ताहिक’ को सम्पादक हुनुभयो । पछि उहाँ कोमिनताङको प्रचार विभागको प्रधान बनाइनुभयो । ‘राजनैतिक साप्ताहिक’ ले ताइ चि–ताउबाट नेतृत्व गरिएको दक्षिणपन्थी कोमिनताङलाई उदाङ्ग्याउने कार्य सफलतापूर्वक गर्यो ।
किसान आन्दोलनको निम्ति किसान कार्यकर्ताहरूलाई तालिम दिन एक कलेज ‘किसान आन्दोलनको तालिम केन्द्र’ स्थापना गरियो । त्यसमा २० प्रान्तबाट ३२७ जवान प्रतिनिधि तालिमेहरू थिए । त्यसमा भित्री मङ्गोलियाका विद्यार्थीहरूसमेत थिए । माओ त्सेतुङ त्यस संस्थाको प्रमुख हुनुभयो र उहाँका भाइहरू र हुनानीहरूले त्यहाँ ‘चुँको नुङमिङ’ (चिनियाँ किसान) भन्ने एक पत्रिका निकालेका थिए ।
त्यसैबेला उहाँले कार्यकर्ताहरूको लागि एक पाठ्यपुस्तक तयार गर्नुभयो । उहाँले ‘चीनको किसान समस्या’, ‘गाउँले शिक्षा’ र ‘भूगोल’ पढाउनुहुन्थ्यो । उहाँ आफ्ना तालिमेहरूलाई जनताको माझमा जाने र व्यावहारिक सङ्घर्षका अनुभवहरूबाट सिक्ने कुरामा जोड दिनुहुन्थ्यो । उहाँले छैटौँ कक्षाका तालिमहरूलाई क्वाङतुङ प्रान्तको हैफङ–शाउफुङ इलाकामा गएर आफैले गाउँले इलाकामा वर्गसङ्घर्षको अनुभव प्राप्त गर्न पठाउनुभयो । हैफङ्ग र लुफङ्ग इलाकामा सन् १९२३ देखि कम्युनिस्ट पार्टीको सदस्य पेङ पाइको नेतृत्वमा किसानहरूको क्रान्तिकारी आन्दोलन चलिरहेको थियो । माओ सिद्धान्तलाई व्यवहारसँग जोड्न सा¥है जोड दिनुहुन्थ्यो र किसानहरूको सशस्त्र सङ्घर्षबारे जोड दिनुहुन्थ्यो ।
पार्टीको सुझावअनुसार क्यान्टनमै एक क्रान्तिकारी सैनिक विद्यालय स्थापना गरियो । चाओ एन–लाइ त्यसको सचिव हुनुभयो । कोमिनताङ र कम्युनिस्ट पार्टीको संयुक्त मोर्चाले देशभरमा ‘साम्राज्यवाद मुर्दावाद’, ‘असमान सन्धि खारेज होस्’ र ‘राष्ट्रिय सभाको चुनाव गर’ भन्ने नारा दिए । मजदुर सङ्घ र पार्टी सङ्गठन व्यापक हुँदै गयो । माओ त्सेतुङ कोमिनताङको किसान विभागको प्रमुख हुनुभयो र किसान समस्याबारे लेख्न थाल्नुभयो ।
१९२६ को मार्च महिनामा माओले ‘चिनियाँ समाजको वर्ग विश्लेषण’ भन्ने लेख लेख्नुभयो । त्यसमा उहाँले क्रान्तिका शत्रु को को हुन् र मित्रहरू को को हुन् भन्ने कुरो प्रस्ट पार्नुभयो । साम्राज्यवादसँग मेल गर्ने युद्धसरदारहरू (सामन्ती सैनिक अधिकारीहरू), माथिल्ला सरकारी कर्मचारीहरू, विदेशी व्यापार संस्थाहरूको पक्षमा काम गर्ने दलाल पुँजीपतिवर्ग, ठूलठूला जमिनदारवर्ग, प्रतिक्रियावादी बुद्धिजीवीवर्ग क्रान्तिका दुश्मन हुन् । रेल, बाटो, खानी, जहाजी यातायात, कपडा कारखाना, जहाज बनाउने कारखाना र त्यस्तै अरू कारखानाहरूमा काम गर्ने औद्योगिक सर्वहारा वर्ग क्रान्तिको नेतृत्वदायी शक्ति हो । तल्लो मध्यम किसान, गरिब किसान, डकर्मी, सिकर्मी, सार्की, सुचिकार, कामी, दमाई आदि स–साना कालीगढहरू, पसलहरूमा काम गर्ने मजदुर वा बनौटाहरू र नाङला पसलेजस्ता अर्ध–सर्वहारा वर्ग र मध्यम किसान, मालिक कालीगढ, विद्यार्थी, प्राथमिक र माध्यमिक स्कूलका शिक्षकहरू, तल्लो सरकारी कर्मचारीहरू, अड्डाका कारिन्दाहरू, स–साना लेखापढी गर्ने लेखनदासहरू र स–साना व्यापारीहरूजस्ता स–साना पुँजीपति वर्ग क्रान्तिका घनिष्ठ मित्र हुन् । मध्यम पुँजीपति वर्ग (राष्ट्रिय पुँजीपति वर्ग) क्रान्तिप्रति द¥हो अडान राख्दैन । त्यो वर्ग कहिले यता कहिले उता लाग्छ । त्यसको वामपन्थी (क्रान्तिकारी) तत्व क्रान्तिको मित्र हुन्छ र त्यसको दक्षिणपन्थी (प्रतिक्रियावादी) पक्ष क्रान्तिको शत्रु हुन्छ । त्यसकारण, मजदुर किसान जनताको बिचमा भ्रम नफैलाऊन् भनेर सतर्क हुनुपर्छ । माओको यस लेखलाई पार्टी महामन्त्री चे तु श्युले पार्टी मुखपत्रमा छाप्न अस्वीकार गरे । यसकारण, त्यो लेख ‘चुको नुङ मिङ’ (चिनियाँ किसान) र हुनानको ‘चुको छिन्यान’ (चिनियाँ युवक) पत्रिकामा छापियो । उहाँको अर्को लेख हुनानको गभर्नर ‘चाओ हेंग तिको वर्गीय आधार र हाम्रा अगाडिका कार्यहरू’ हुनानमा एक पुस्तिकाको रूपमा निस्क्यो । ‘वर्ग विश्लेषण’ मा माओले क्रान्तिमा किसान वर्गको महत्वलाई देखाउनुभएको थियो । चेन तु श्यूले त्यस व्याख्यालाई अस्वीकार गरे ।
१९२६ वसन्त (मई महिना) मा कोमिनताङको दोस्रो अधिवेशन भयो र माओ पनि कोमिनताङको केन्द्रीय समितिमा चुनिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *