संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
सिद्धान्त र विचारको ख्याल नगरी पद र पैसाको निम्ति राजनीति गर्ने या दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने पुँजीवादी नेताहरूले कसलाई कहिले धोका दिन्छन् र विश्वासघात गर्छन् भन्ने कुरा थाहा हुँदैन । राजनीतिमा नैतिकता र निष्ठा नभएका नेताहरूको अडान हुँदैन या उनीहरू छिनछिनमा विचार फेर्छन् र अवसर खोज्दै फाइदा लिन्छन् । विचार थन्काएर अवसर खोज्ने नेताहरू त्यो अवसर गुम्ला भनेर अन्तर्घाती काम गर्न पछि पर्दैनन् । तर, दलको दृष्टिकोण या विचार पद पाएपछि एउटा र नपाएपछि अर्काे हुँदैन । पद पाउञ्जेल र दिउञ्जेल मित्र शक्ति र नपाएपछि त्यो दल शत्रु हुँदैन । पदकै सन्दर्भमा कसैले कसैलाई दिने धोका या विश्वासघातले कुनै पनि दलका नेतालाई पच्दैन या सह्य हुँदैन ।
एउटा गठबन्धनमा रहेर निर्वाचन लड्ने, जित्ने र अर्काे गठबन्धनमा लागेर प्रधानमन्त्री हुने प्रवृत्ति द्वैध चरित्र हो । द्वैध चरित्रका नेताहरू एकले अर्काेलाई धोका दिन्छन् र मौकामा फाइदा लिन्छन् । यसको दृष्टान्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन् । माओवादी केन्द्र नेका, एकीकृत समाजवादीसमेतको दलसँगै मिलेर निर्वाचनमा लाग्यो र जित्यो । निर्वाचनमा जितेपछि त्यो गठबन्धन छोडेर अर्काे गठबन्धन या तालमेलको नेतृत्व गर्ने दल एमालेको पछि लागेर दाहाल प्रम बने । यो विश्वासघात होइन कसरी भन्ने ¤
एमाले फुटाउने जिम्मेवार एक नेता दाहाल पनि हुन् । एमालेसँग साठगाँठ गर्ने नेता पनि उनै हुन् । त्यसबेला एकले अर्काेलाई ‘प्रतिगमनकारी’, ‘बेइमान’ ‘पाखण्डी नेता,’ ‘नालायक’, ‘अयोग्य’ ‘कम्युनिस्ट विरोधी’ आदि आरोप लगाएका थिए । आज ती नै दलका नेताहरू जम्काभेट गरे, सँगै बसेर संयुक्त सरकार गठन गर्न पुगे । विगतमा एमालेको नेतृत्वमा सरकार गठन गर्दा अध्यक्ष ओलीले नेता दाहाललाई काम गर्न नदिएको भनी कारबाही गरेका थिए, त्यसैको झोकमा संसद् विघटन गरेका थिए । आज उनै दाहाल ओलीको निम्ति प्यारा भए र प्रम बने । आज दाहाल ओलीलाई र ओली दाहालको निम्ति सत्पात्र भए । दाहाल ओलीको पाउमोल्न गए र ओलीसामु जी हजुर गर्न पुगे ।
पदका निम्ति कहिले आफ्नै दलका नेताहरूको टाउकोको मूल्य तोक्ने दलसँग मिल्ने, गठबन्धन अझ ५÷१० सम्म निरन्तर चलिरहन्छ पनि भन्ने त कहिले प्रम बन्ने अवसर दिइएन भनेर अचानक गठबन्धन तोड्ने नेता दाहालमा नैतिकता खोइ ? खोइ राजनीतिक चरित्र ¤ हिजो १७ हजार मान्छे मार्ने भनी दाहाललाई कुनै हालतमा जिताउनुहुँदैन भनी घाँटी सुकाइसुकाइ उफ्रीउफ्री विरोध गर्नेहरू आज उनैलाई प्रम बनाउन किन अघि सरे ? हो, पुँजीवादी र प्रतिक्रियावादी चरित्रका नेताहरू पद र पैसाको निम्ति कहिले जुट्छन् र कहिले फुट्छन् । लोभलालचमा फसेका नेताहरूलाई सजिलैसँग बिगार्न सकिन्छ भन्ने कुरा देशको अहिलेको राजनीतिले देखाइरहेको छ । सरकारको जोडघटाउमा लाग्ने सत्ता स्वार्थीहरू छिनछिनमा विचार फेरेर अन्तर्घात गर्छन्, कहिले कोसँग, कहिले कोसँग मिल्छन्, कुनै ठेगान हुँदैन । त्यस्ता नेताहरूको नेतृत्वमा चलेको देशमा कसरी सुशासन हुन्छ ? कसरी विधिको शासन हुन्छ ?
Leave a Reply