भर्खरै :

जनताको सेवा गर्न थ्रेसहोल्डले नछेक्ने

भक्तपुर, २७ भदौ । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको सय दिनको सिंहावलोकन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिका २ नं. वडा समितिको आयोजनामा भएको उक्त कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने नेमकिपालाई अंकुश लगाउन ठूला दलहरूले थे्रसहोल्डको व्यवस्था गरेको बताउनुभयो । जनताको सेवा गर्न नेमकिपालाई थ्रेसहोल्डले नछेक्ने उहा“ले बताउनुभयो । भनपा साविक १५ वडा नं. का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले पञ्चायतकालदेखि हालसम्म नपालाई सहज रुपमा काम गर्न नदिइएको उल्लेख गर्दै जग्गा एकीकरण आयोजना सफल पार्न सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
पूर्ववडाध्यक्ष आशकुमार कोजूले जनताका छोराछोरीलाई देशको भौगोलिक र राजनैतिक परिस्थितिबारे जानकार बनाउनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्यहरू श्यामसुन्दर मातां, रत्नकाजी नायोभारी र तुल्सीलक्ष्मी दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *