भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – १८

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – १८

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्प–सी फोनवार्ता
२०१८ डिसेम्बर ३ मा ह्वाइट हाउसमा ट्रम्प र उनका अधिकारीहरूको बैठक बस्यो । ट्रम्पले चीनसम्बन्धी बोल्टनको विचारमा सहमति प्रकट गरे । उनले फेडरल बैङ्कका अध्यक्ष पावेललाई ब्याजदर उच्च राखेकोमा गाली गरे । अर्थमन्त्री मनुचिनलाई चीन निर्यात गर्ने उत्पादनको मूल्य दोब्बर, तेब्बर बनाउन भने । सम्झौताको खेस्रा २०१९ मार्च १ सम्म तयार हुनुपर्ने थियो । तर, बोल्टनको निर्देशनमा लाइटहाइजरले अड्को थापिरहे र सम्झौता हुन सकेन । लाइटहाइजरले चिनियाँ कानुनहरू फेरेर ‘संरचनात्मक परिवर्तन’ मा जोड दिए । यता ट्रम्पले नयाँ भन्सार कर थप्ने धम्कीसहितका ट्वीट गरिरहन्थे । यसबाट पनि चीन सशंकित बन्यो र उसले सम्झौता अघि बढाएन । व्यापार युद्ध जारी रह्यो ।
जून १८ मा चिनियाँ राष्ट्रपति सी र ट्रम्पबीच टेलिफोनमा कुराकानी भयो । ट्रम्पले आफ्नो परिवारिक चीन भ्रमण निकै रोमाञ्चक र चीनसँगको व्यापारिक सम्बन्ध लोकप्रिय हुने बताएका थिए । सो बैठकमा राष्ट्रपति सीले अमेरिकाका केही राजनीतिक नेताहरूले शीतयुद्धको कुरा उप्काएको बताए । सीले ट्रम्पका सल्लाहकार वा डेमोक्र्याटहरूतिर इङ्गित गरेको हुनसक्थ्यो । तर, ट्रम्पले डेमोक्र्याटहरू बुझे । त्यसैले उनले डेमोक्र्याटहरू निकै आक्रामक भएको बताए । त्यसपछि ट्रम्पले अमेरिकी निर्वाचनको कुरा उप्काए । उनले चीनको आर्थिक प्रगतिको तारिफ गरे र अमेरिकी मस्यौरा र गहुँ किनेर निर्वाचनमा सघाउन राष्ट्रपति सीसँग अनुरोध गरे । ट्रम्पले ब्युनस आयर्समा भएको समझदारीको म्याद मार्च १ मा सकिएको बताए । राष्ट्रपति सीले चीनलाई भर्सेलिज सम्झौताजस्ता असमान सम्झौताहरू अमान्य हुने बताए । प्रथम विश्वयुद्धअघि चीनको सान्टोङ प्रान्त जर्मनीको हातमा थियो, भर्सेलिज सम्झौतापछि सो प्रान्त जापानले पायो । चीनको हात रित्तो भयो ।
ट्रम्पले जापानलाई हराएकोमा चीन अमेरिकाप्रति आभारी हुनुपर्ने बताए । जवाफमा राष्ट्रपति सीले जापानीहरूलाई पराजित गर्न कम्युनिस्ट पार्टीले आफ्नै जोडबलले १९ वर्ष लगातार सङ्घर्ष गरेको बताए । बोल्टन यो कुरा स्वीकार्दैनन् । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रवादी सरकारसँग मात्र लडेको बताएर उनी इतिहासको आफ्नो खोक्रो ज्ञान बाँड्छन् । उनी लेख्छन्, “हामीले परमाणु बम विष्फोट गरेपछि मात्र युद्ध अन्त्य भएको हो ।” खासमा जर्मनीको पराजयपछि जापान हार्ने निश्चित थियो । बरु च्याङ काइ–सेकलाई सहयोग गरेर तत्कालीन अमेरिकी नेतृत्वले चीनलाई मुक्त गर्न नभई जापानको दास बन्न सघाएको थियो ।
ट्रम्पले अमेरिकी व्यापार घाटाको कुरा गरे र राष्ट्रपति सीसँग मस्यौरालगायत कृषि उपज किनिदिन आग्रह गरे । राष्ट्रपति सीले स्वीकार गरेपछि ट्रम्पले भन्सार कर हटाउने बताए । उनले भने, “तपार्इँ चिनियाँ इतिहासकै सबैभन्दा महान् नेता हुनुहुन्छ ।” चीनमा बन्दी बनेका लिउको कुरामा राष्ट्रपति सीले उनीहरूका बाबु करछली गरेर अमेरिका भागेको हुँदा उनीहरूमाथि छानबिन गरेका बताए । त्यसपछि राष्ट्रपति सीले हुवावे कम्पनीकी कार्यकारी प्रमुखको पक्राउ र अमेरिका पढ्न चाहने चिनियाँ विद्यार्थीहरूलाई भिजा नदिएको विषय उठाए ।
जुलाई ३० मा ट्रम्पले चीनको आलोचना गर्दै ट्वीट गरे । अगस्ट १ मा लाइटहाइजर र मनुचिन चीन गएका थिए । दुई देशबीचको बैठकमा केही हुन सकेन । ट्रम्पले लाइटहाइजर र मुनचिनलाई हप्काउँदै भने, “तिमीहरू त्यहाँ जान हुन्थेन । हामी कमजोर जस्तो देखियौँ ।” चीनले आफ्नो उत्पादन नकिन्ने छाँट देखाएपछि चीनले आफू हारेको हेर्न चाहेको ट्रम्पले बुझे । त्यसैले उनले थप भन्सार लगाउने सोचे । अर्थमन्त्री मनुचिनले आनाकानी गरे । लाइटहाइजरले चीनमाथि अमेरिकाले नाकाबन्दी लगाउँदा युरोपलाई धेरै नोक्सान भएको तर्क दिए । ट्रम्पले युरोप चीनभन्दा पनि खराब छ भने । त्यसपछि उनले चीनमाथि थप भन्सार कर बढाउने आसयका साथ एउटा लामो ट्वीट गरे ।

ट्रम्प–सी भेटवार्ता

हुवावे कम्पनी प्रकरण
२०१८ डिसेम्बर १ मा ब्युनस आयर्समा बैठक चलिरहेको बेला हुवावेका कार्यकारी प्रमुख मङ वान्चओलाई क्यानडा सरकारले पक्राउ ग¥यो । हुवावे कम्पनी चीनको अर्को ठूलो टेलिकम कम्पनी थियो । हुवावेले अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी उल्लङ्घन गरेको अमेरिका पक्षधरहरूको दाबी थियो । यसबारेमा ट्रम्पले डिसेम्बर ७ को ह्वाइट हाउस बैठकमा कुरा उप्काए । उनले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीलाई समातेको बताए । बोल्टनले चीनको गुप्तचर निकायले सञ्चालन गर्ने कम्पनीलाई समातेको टिप्पणी गरे । त्यस्तै ट्रम्पले ‘चिनियाँ तन्का’ लाई समातेको बताए ।
कहिले चीनलाई खुसी पार्ने, कहिले कडा बन्ने ट्रम्पको बानीले बोल्टन दिक्दार थिए । ट्रम्पले हुवावे प्रकरणलाई खालि मोलमोलाइको वस्तु बनाएको र स्थितिको गम्भीरता नबुझेको देखेर उनी चिन्तित भए । किनभने, हुवावेले ५–जी प्रविधिमार्फत सुरक्षा संयन्त्रमा ल्याउन सक्ने खतरा ट्रम्पले बेवास्ता गरेको बोल्टनको बुझाइ थियो । ह्याकिङ र साइबर अपराधका मुद्दा उठाए विदेशीहरूसँगको सौदाबाजीमा असर पुग्ने अर्थमन्त्री मनुचिनको धारणा थियो । उनलाई ट्रम्पले भने, “चिनियाँहरूले तिम्रो आँखामा डर देख्छन् स्टीभ । त्यसैले तिनी सौदाबाजी नगर ।”
हुवावे कम्पनीले धेरै अमेरिकीहरूले प्रतिस्पर्धीको रूपमा हेर्थे । बोल्टनलाई यो कुरा हजम भएन । उनी हुवावेलाई खतरा ठान्थे । बोल्टनहरूले बिस्तारै आफ्नो सोचको प्रचारप्रसार गरे । यसमा उनले चाउ एन–लाइबाट सिक्नुपर्ने बताए । च्याङ काइ–सेकसँग चाउ एन–लाइले वार्ता गर्दै लड्ने नीति लिएका थिए । ट्रम्पले बोल्टनको कुरामा सही थापे । व्यापार युद्धमा साइबर युद्धको कुरा घुसाउने कि नघुसाउने विषयमा ट्रम्पमा अन्योल थियो । त्यो देखेर बोल्टन रुष्ट भए ।
बोल्टनले चीनको ‘विश्वासघाती’ बेल्ट एन्ड रोड इनिसियटिभबारे दुष्प्रचार गरिरहे । उनले सो कार्यक्रमलाई तेस्रो विश्वका देशका निम्ति ‘ऋण पासो’ हो भनी बद्नाम गर्न कुनै कसर बाँकी राखेनन् । उनले अफ्रिकामा चीनले रणनीति फेरेको बताए । युरोपमा हुवावेले धेरै देशसँग सहकार्य गरिसकेको थियो । त्यसैले उनीहरूले एकैबाजी हुवावेसँग सम्बन्ध तोड्न अप्ठ्यारो माने । बेलायतमा प्रधानमन्त्री बनेपछि मात्र जोनसनले हुवावेसँग कठोर नीति लिए । यद्यपि हुवावेलाई निकाला गर्न उसलाई धेरै गाह्रो थियो । बोल्टनले हुवावेको विकल्प खोज्नुपर्ने देखे ।
जापानको विचार कडा थियो । मे महिनामा ट्रम्प जापान भ्रमण गए । प्रम आबेले उनलाई चीन दीर्घकालीन चुनौती हो भने । चीनले नियम मान्दैन भन्ने उनको गुनासो थियो । पूर्वी र दक्षिण चीन सागरमा उसले यथास्थिति मिचेको हुनाले चीनविरुद्ध अमेरिका र जापानको सम्बन्ध सुदृढ पार्नुपर्ने आबेको धारणा थियो । बोल्टन प्रम आबेबाट प्रभावित भए । हुवावे प्रकरणमा अष्ट्रेलिया र न्युजील्यान्डले अमेरिकाकै पुच्छर बने ।
क्यानाडाका प्रम ट्रयुडो घरेलु दबाबमा थिए । पूर्व प्रम ज्याँ क्रिस्याँले हुवावे प्रमुख मेङ वेन्चाउलाई अमेरिका सपुर्दगी नगर्न भन्दै थिए । अमेरिकी उपराष्ट्रपति पेन्स, विदेशमन्त्री पोम्पेओ र बोल्टनले ट्रयुडोलाई अडान नछोड्न भने । चीनले क्यानाडाका नागरिकहरूलाई बन्दी बनाएको हुनाले बदला लिनुपर्ने उनीहरूले बताए । खासमा चीनले आफ्नै नागरिकहरूलाई बन्दी बनाएको थियो । कसैको आफन्त क्यानाडा जाँदैमा उसको चिनियाँ नागरिकता कसरी खारेज हुन्छ ?
मे महिनाको आरम्भसम्मा रोसले हुवावेलाई कालो सूचीमा राख्ने तयारी गरे । हुवावेसँग कारोबार नगर्न अमेरिकी कम्पनीहरूलाई बन्देज लगाउन त्यसो गरिएको थियो । मे १५ मा अर्थमन्त्री मनुचिनले त्यसो हुवावे बन्द हुने बताए । चीनसँगको सौदाबाजी विफल भएकोमा उनी चिन्तित थिए । यसको अर्थ बोल्टन, लाइटहाइजर र रोस मिलेर ब्युनस आयर्समा ट्रम्प र सीबीच भएको समझदारीलाई विफल तुल्याएका थिए । रोसले हुवावेप्रति अतिवादी दृष्टिकोण लिएर वक्तव्य तयार पारे । ट्रम्पले त्यसलाई ‘सुन्दर’ भने । मनुचिनले भने, “मैले तपार्इँलाई सल्लाह दिएँ, तर तपार्इँ गलत मान्छेको पछि लाग्नुभयो ।”
जुलाई १८ मा भएको ट्रम्प–सी फोनवार्तामा ट्रम्पले हुवावे व्यापार सम्झौताको हिस्सा हुनसक्ने बताए । हुवावेको विषयले दुई देशबीचको सम्बन्धमा खलल पुग्नसक्ने बताए । सीले हुवावे निजी कम्पनी हो र इन्टेलजस्ता अमेरिकी कम्पनीहरूसँग यसको महत्वपूर्ण सम्बन्ध छ भने । राष्ट्रपति सीले हुवावेमाथिको प्रतिबन्ध हटाउन भने । ट्रम्पले फोनवार्ताबाट खुसी भएको ट्वीट गरेर ‘कमजोरी देखाएपछि’ सीले उक्त विषयलाई जोडतोडका साथ उठाएको बोल्टन दाबी गर्छन् । हुवावेको विषयलाई पनि ‘जीटीइ’ कै स्थितिमा पु¥याउन लागेको देखेर उनी ट्रम्पप्रति रुष्ट भए । यता मनुचिनको धारणा फेरियो । उनले ‘जीटीइ’ प्रकरणमा ट्रम्पको बद्नाम भएकोले हुवावे प्रकरणमा पछि हट्न दिनुहुन्न भन्ने उनको धारणा थियो ।

मेङ वेन्चाउ

हङकङ घटना
हङकङ भ्रमणबाट फर्केपछि अमेरिकाका पूर्वउपराष्ट्रपति डान क्वेलले बोल्टनलाई चीन थप आक्रमक हुँदै गएको बताए । यसलाई पुष्टि गर्दै बोल्टन आँकडा दिन्छन् – बेलायतले सन् १९९७ मा छोड्दा चिनियाँ अर्थतन्त्रमा हङकङको योगदान २० प्रतिशत थियो भने अहिले २ प्रतिशत छ । उनी चीनको प्रगतिलाई यो हिसाबमा जोड्दैनन् । उल्टो चीनले बेलायतसँग गरेको ‘एक देश, दुई व्यवस्था’ को नीतिमा विश्वास गरेको घोषणा गर्छन् ।
सन् २०१९ जूनमा हङकङ सरकारले सुपुर्दगी विधेयक ल्यायो । त्यसको विरोधमा त्यहाँ ठूलो जुलुस प्रदर्शन भयो । बोल्टनले यो कुरा ट्रम्पलाई बताए । ट्रम्पले उत्तर दिए, “म यसमा घुस्न चाहन्न । हामीकहाँ पनि मानव अधिकारका समस्याहरू छन् ।” यसअघि बोल्टन चीनविरुद्ध ट्वीटरबाट चीनविरुद्ध जिहाद लड्दै थियो । ट्रम्पको एक वचनले उनको मन म¥यो । उनले चीनले बेलायतसँग गरेको सन्धि पालन गर्नुपर्ने बोल्टनको ट्वीटको विषय हुन्थ्यो । मानौँ अमेरिकाले संसारसँग गरेका वाचाहरू अहिलेसम्म अक्षरशः पालन गर्दै आएको छ ।
हङकङको घटनालाई लिएर ट्रम्पले चीनसँगको कुराकानीमा च्यापेर बोल्नसक्ने सम्भावना बोल्टनले देखे । तर, ट्रम्पले सुनेको नसुन्यै गरे । जून ४ मा तियानमेन चोकको घटनाको १३ औँ वार्षिकी कार्यक्रम थियो । बोल्टनले ट्रम्पलाई वक्तव्य निकाल्न भने । ट्रम्पको जवाफ थियो, “पन्ध्र वर्षअघिको कुरा नगर । अहिले कसले चासो लिन्छ ? म व्यापार सम्झौता गर्न खोज्दै छु । मलाई अरू चाहिँदैन ।”
हङकङमा प्रदर्शनकारीहरू हावी भए । प्रमुख कार्यकारी क्यारी ल्याम पछि हट्नुप¥यो । तर प्रदर्शनकारीहरूले उनको राजीनामा माग्दै आन्दोलन जारी राखे । यसैबीच ट्रम्प र सीबीच जून १८ मा फोनवार्ता भएको थियो । छलफलमा ट्रम्पले हङकङ घटनालाई चीनको आन्तरिक मामिला भने । राष्ट्रपति सीले हङकङको कानुनमा भएका प्वालहरूलाई सुपुर्दगी कानुनले बन्द गर्ने र जघन्य अपराधीहरूलाई अप्ठ्यारो हुने बताए । हङकङको विकासले अमेरिका र चीन दुवैलाई फाइदा हुने सीको भनाइ थियो । ट्रम्पले स्वीकारे ।
केही दिनपछि विदेशमन्त्री पोम्पेओले ट्रम्पलाई हङकङमा स्थिति चीनको नियन्त्रणबाहिर गएको बताए । बोल्टनले समाचार सूत्रहरूलाई उद्धृत गरेर केही ट्वीट गर्न अनुरोध गरे । ट्रम्पले लेखे, “हाम्रो गुप्तचर विभागले चीन सरकारले सेनालाई हङकङको सीमातिर सारिरहेको बताएको छ । सबै शान्त र सुरक्षित हुनुपर्छ ! धेरैले म र संरा अमेरिकालाई हङकङको समस्यामा जिम्मेवार ठह¥याएका छन् । किन हो, म बुझ्न सक्दिन !” अगस्ट १३ मा अर्को ट्वीट गर्दै ट्रम्पले राष्ट्रपति सीले मानवीय तवरले हङकङ समस्या हल गर्ने विश्वास व्यक्त गरे ।
अक्टोबर १ मा जनगणतन्त्र चीनको स्थापना दिवस थियो । हङकङमा आन्दोलन चर्कियो । चीनको सिन्ह्वा समाचार संस्थाले लेख्यो, “अन्त्य नजिकै छ ।” यसलाई बोल्टनले चीनको धम्कीको रूपमा अथ्र्याए । यसैगरी बोल्टनले चीनले सिन्च्याङमा उइगुरहरूमाथि दमन गरेको, तिनलाई श्रम शिविरमा राखेको, तिब्बतमा अल्पसङ्ख्यकहरूलाई दुःख दिएको र धार्मिक सङ्घसंस्थामाथि अत्याचार गरेको लेख्छन् । उनले एउटा अपत्यारिलो प्रसङ्ग उल्लेख गर्छन् । जी–२० को ओसाका सम्मेलनमा ट्रम्पलाई राष्ट्रपति सीले ‘सिन्च्याङमा किन श्रम शिविरहरू बनाइरहेको छु’ भनी व्याख्या गरेका थिए रे । उत्तरमा ट्रम्पले बनाउनुस्, यो एकदम सही कुरा हो भनेछन् । घुमाउरो हिसाबले राष्ट्रपति सीलाई बोल्टन मूर्ख देखाउन खोज्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *