भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
कुचिङ्ग बैठक र कम्युनिस्ट सरकार
अक्टोबर महिनाको मध्यमा क्रान्तिकारी पल्टन चिङकाङ पहाडको तल चिङकाङ जिल्लाको कुचिङ्ग सहरमा पुग्यो । त्यहाँ माओले एक महत्वपूर्ण बैठक बोलाउनुभयो । त्यस बैठकमा बितेका आन्दोलन र विद्रोहहरूको सार झिक्नुभयो । सानवान पुनः सङ्गठनलाई अगाडि बढाउन लुकीछिपी लडाइँ सुरु गर्ने र चिङकाङ पहाडलाई जग वा आधार बनाउने प्रश्नमा बैठकले व्यापक छलफल गर्यो । बैठकले माओको रणनीतिलाई स्वीकार गर्यो । पछि त्यो बैठक कुचिङ्ग बैठकले प्रख्यात भयो । कोमिनताङको हजारौँ सेनासँग लड्दैभिड्दै क्रान्तिकारी सेना त्यहाँ पुग्दा पुगनपुग १००० जवान मात्रै बाँकी थियो, बाटोमा कति मरे, कति भागे, कतिले धोखा दिए र त्यो अवधि अत्यन्त कष्टकर थियो । बाँकी भएकालाई पुनः सङ्गठन गरियो र माओ त्यसका कमाण्डर हुनुभयो ।
बैठकपछि पल्टनले चिङकाङ पहाड चढ्न थाल्यो । वेनचिया शिहबाट पल्टन हिँडेको एक महिनाभन्दा बढी भइसकेको थियो र पल्टनले ५०० किलोमिटर अर्थात् १६०–७० कोस हिँडिसकेको थियो । पल्टन चालिन भन्ने ठाउँमा पुग्यो । त्यहाँ पुग्नासाथै क्रान्तिको जग वा आधार इलाका बनाउन तयारी सुरु ग¥यो । क्रान्तिको आधार इलाका वा जग भनेको क्रान्तिको किल्ला हो । जनता नै क्रान्तिको किल्ला, जग वा आधार इलाका हो । यसकारण, मजदुर किसानको क्रान्तिकारी पल्टनले कृषि क्रान्तिलाई सुरु गयो । किसानहरूलाई जग्गा बाँड्न सुरु ग¥यो । कृषि क्रान्तिले क्रान्तिकारी पल्टनप्रति जनताको विश्वास बढ्यो र किसानहरू पल्टनमा भर्ना हुन सुरु भयो । जनताले प्रजातान्त्रिक अधिकारहरू पाए । नोभेम्बर महिनामा मजदुर, किसान, सिपाही र जनताले आफ्ना प्रतिनिधिहरू छाने । ती प्रतिनिधिहरूले एक क्रान्तिकारी सरकारलाई चुन्यो । यसरी माओले चिङकाङ पहाडमा क्रान्तिकारी जग हाल्नुभयो । क्रान्तिकारी सरकारको अध्यक्ष तु चिङ पिन भए । त्यस सरकारले एक प्रजातान्त्रिक कार्यक्रम लागू गर्यो । त्यस कार्यक्रमले एक एक पाइला गर्दै बिस्तारै एक बलियो आधार बनाउने ठिक्कको नीति लियो । त्यसबेला लाल इलाका वा क्रान्तिकारी आधार इलाकाको सरकारलाई ‘सोभियत’ भनिन्थ्यो । सोभियतको अर्थ चीनको प्रतिकृयावादी सत्ताभन्दा स्वतन्त्र एक क्रान्तिकारी राजनैतिक शक्तिको सरकार थियो ।
तर, पार्टीभित्रबाट उत्ताउला (उग्रवादी वा अति वामपन्थी) हरूले माओको त्यस नीतिलाई ‘सुधारवादी’ भनेर निन्दा र हमला गरे । ती उत्ताउलाहरूले चिङकाङसँग (अर्थात् माओको पहिलो सेनाको युद्ध समितिसँग) ‘चर्को’ नीतिहरू लिन माग गरे । उत्ताउलाहरूले जमिनदारहरूको साहस खत्तम गर्न तिनीहरूलाई हमला गर्ने, आगो लगाउने र हत्या गर्ने वा मार्ने मागहरू गरे । पहिलो सेनाको युद्ध समितिले त्यस्ता काम गर्ने नीति लागू गर्न अस्वीकार गर्यो । त्यसकारण, उत्ताउलाहरूले माओलाई साहै कटु आलोचना गरे ।
एकातिर उत्ताउलाहरूले माओ र चिङकाङको भर्खर स्थापना भएको क्रान्तिकारी सरकारलाई – ‘सुधारवादी’ र फितलो भनेर आलोचना गर्दै थिए भने चु चु पाइ नेतृत्वको पार्टी केन्द्रीय समितिले शरदको बाली काट्ने आन्दोलनलाई स्वीकार गरिसकेको थिएन । केन्द्रीय समितिको नेतृत्व ठूलठूला शहरहरूमा विद्रोह गर्ने र कब्जा गर्ने कुरालाई नै क्रान्तिको मुख्य रूप सम्झन्थ्यो । पहिलो मजदुर किसानको क्रान्तिकारी सेनाले सुरुमा खाएका ठूलठूला हारहरूलाई देखेर केन्द्रीय समिति चिङकाङको क्रान्तिकारी सरकार वा लाल इलाका निश्चितरूपले टिक्दैन र हार्नेछ भन्ने टुङ्गोमा पुगेको थियो । यसकारण, माओलाई केन्द्रीय समिति र पार्टीको मुख्य युद्ध समितिबाट ‘मुअत्तल’ वा ‘सस्पेण्ड’ (निलम्बन) ग¥यो । हुनान प्रान्तीय पार्टीले पनि माओ र उहाँका साथीहरूलाई ‘राइफल आन्दोलन’ भनेर आलोचना ग¥यो ।
किसान विद्रोह र लाल इलाकाहरू
सेप्टेम्बर महिनामा माओले हुनानको तुङकुमा शरदको बाली काट्ने विद्रोहको बिगुल फुक्नुभयो । पूर्वी हुनानको ल्यूल्याङ्ग, लिलिङ्ग र चूकोको किसानहरूले आ–आफ्नो ठाउँ कब्जा गरे । हुपे प्रान्तको उत्तर पूर्वी इलाकाको स्याउक्वान, मा चेङ र वानगानका दसौँ हजार किसानहरूले सशस्त्र विद्रोह गरेर प्रान्तीय सहर वानगानलाई ३० भन्दा बढी दिनसम्म आफ्नो कब्जामा राखे । ३० अक्टोबर १९२७ को दिन कम्युनिस्ट पार्टीकै नेतृत्वमा क्वाङतुङ प्रान्तको हैफङ्ग र लुफङ्ग इलाकामा किसानहरूले एक विद्रोह गरेर लालसेना र मजदुर किसानको एक प्रजातान्त्रिक राजनैतिक शक्ति स्थापना गरे ।
क्यान्टन विद्रोह
कोमिनताङ प्रतिकृयावादीको गढ क्यान्टनमा युद्ध सरदारहरू आपसी स्वार्थको नसुल्झने कुकुर झगडामा फसिरहेका थिए । २८ नोभेम्बर १९२७ को दिन पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार शत्रुको फुटबाट फाइदा उठाउन क्वाङतुङ प्रान्तीय पार्टी समितिले क्यान्टनमा मजदुर, किसान र सिपाहीहरूको सशस्त्र विद्रोह गर्ने निर्णय लियो । चाङ ताई लीको सर्वोच्च सेनानायकत्वमा एक युद्ध समिति र एक केन्द्र स्थापना गरियो । युद्ध समितिले क्यान्टन, हङकङ र अरू ६–७ मजदुर सङ्गठनहरूलाई गुप्तरूपले सशस्त्र पारेर लालरक्षकहरूको रूपमा सङ्गठित ग¥यो ।
७ डिसेम्बरको दिन पार्टी समितिको बैठक बसेर १३ डिसेम्बरको दिन विद्रोह गर्ने निधो ग¥यो । तर, क्यान्टनमा मजदुरहरूको उँचो क्रान्तिकारी भावनाबाट डराएर साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अफिसरहरूको तालिमे दललाई निःशस्त्र पार्ने, लालरक्षकहरूलाई विघटन गर्न र मजदुर सङ्घहरूलाई लुटपाट गर्ने उद्देश्यले टाढा–टाढाबाट प्रतिकृयावादी सेनालाई क्यान्टन नगरमा बोलाउँदै थिए । यसकारण, युद्ध समितिले १३ डिसेम्बरको सट्टा ११ डिसेम्बरमै विद्रोह गर्ने निधो गर्यो ।
११ डिसेम्बरको बिहान सबेरै येह चिन इङ्गको मातहतमा रहेको अफिसरहरूको तालिमे सेनाका तालिमेहरूले शत्रुको मुख्य अफिसर (चिफ अफ स्टाफ) र अरू थुप्रै प्रतिक्रियावादी अफिसरहरूलाई गोली हानी मारे । मजदुरहरूको लालरक्षक दलहरूले शत्रुका अरू सैनिक ब्यारेक र अरू मुख्य मुख्य केन्द्रमा धावा बोले र कब्जा गरे । प्रतिक्रियावादी अफिसरहरू र सिपाहीहरूको एक भागलाई निःशस्त्र पारियो र अर्को भाग क्रान्तिमा सामेल भयो । प्रतिक्रियावादीहरूको सबभन्दा बलियो गढ जनसुरक्षा ब्युरोलाई विद्रोही सेनाले कब्जा ग¥यो । क्यान्टन सहरको चारैतिर ‘क्रान्तिविरोधी कोमिनताङ मुर्दावाद’ भन्ने नाराहरू लेखिएको रातो पताकाहरू झुन्ड्याइयो । विद्रोही सेना र क्यान्टनका जनता क्रान्तिकारी जोशले क्रान्तिलाई स्वागत गर्न ओइरिए ।
क्यान्टनको विद्रोहबाट देशी र विदेशी प्रतिक्रियावादीहरू तर्सन लागे । तुरून्तै तिनीहरूले क्यान्टनमा धावा बोल्ने फौज मिलाउन थाले । बेलायती र संरा अमेरिकी साम्राज्यवादीहरूले नगरमा बम वर्षा गर्न तोपे डुङ्गाहरू पठाए र पनडुब्बी (पानीभित्र चल्ने जहाजहरू) बिसाउन थाले । साम्राज्यवादीहरूको युद्ध गर्ने जहाजहरूको मद्दत पाएर क्यान्टन र त्यसको नजिकै रहेको प्रतिक्रियावादी सेनाले जवाफी धावा बोल्न थाल्यो, शत्रु सेनाको बलियो दबाबले गर्दा विद्रोही सेना १३ डिसेम्बरको दिन क्यान्टन नगरको मुख्य ठाउँलाई छोडेर पछि हट्यो र क्यान्टन विद्रोह असफल भयो ।
क्यान्टनबाट पछि हटेको विद्रोही सेनाको केही भाग क्वाङतुङ र क्याङसी प्रान्तको सीमाको गाउँले इलाकाको सशस्त्र किसान शक्तिहरूसँग मिल्न गयो । तिनीहरूले क्रान्तिकारी सङ्घर्षलाई चलाइराख्न क्रान्तिको बीउलाई व्यापक गाउँले इलाकामा छरिदिए । पछि त्यो सेना चिङकाङ पहाड पुग्यो । क्यान्टन विद्रोहबाट पछि हटेको सेनाको एक भाग पेङ पाइले नेतृत्व गरेका थिए । उनले आफ्नो विद्रोही सेना लिएर हेलुफङमा लाल इलाका कायम गरे । तर पछि राजनीतिभन्दा लडाइँलाई प्राथमिकता दिने भिडन्तवाद अथवा ठोकठाकको नीतिले त्यो क्रान्तिकारी राजनैतिक सत्ता छिट्टै ध्वस्त भयो । त्यसको बाँकी सेनाको एक भाग कु ता–चेनको कमाण्डमा विकास ग¥यो र पछि चु तेह र माओसँग सम्बन्ध राखेर ११ औँ क्रान्तिकारी सेनाको एक अङ्ग बन्यो ।
सानवानको पुनः सङ्गठन
२९ डिसेम्बरको दिन लामो यात्रापछि मजदुर–किसानको क्रान्तिकारी पल्टन क्याङसी प्रान्तको युङसिन अञ्चलको सानवान गाउँमा पुग्यो । त्यसै साँझ माओले सेनालाई पुनः सङ्गठनबारे छलफल गर्न युद्ध समितिको बैठक बोलाउनुभयो ।
पहिलो मजदुर किसानका क्रान्तिकारी पल्टनले बाली काट्ने विद्रोहमा धेरै हार र क्षति भोग्नुपरेको थियो । यसकारण, माओ त्सेतुङले बाँकी भएको डिभिजनलाई रेजिमेन्टमा पुनःसङ्गठित गर्नुभयो र त्यसलाई फेरि ‘मजदुर–किसानहरूको क्रान्तिकारी सेनाको पहिलो डिभिजनको पहिलो रेजिमेन्ट’ भनेर नाम दिनुभयो । नयाँ राजनैतिक सङ्घर्षको निम्ति नयाँ ढङ्गको जनसेना चाहिन्थ्यो । नयाँ जनसेनाको निम्ति त्यसको राजनैतिक र सङ्गठनात्मक आधार पनि नयाँ नै हुनुपर्दथ्यो । यसकारण, माओले सेनामा पार्टीको नेतृत्वलाई स्थापना गर्नु र त्यसमा सर्वहारा स्वभाव कायम गर्नु आवश्यक देख्नुभयो । सेनाको सबभन्दा तल्लो तह स्क्वायड र प्लाटुनहरूमा पार्टीको प्रारम्भिक समिति (सेल) गठन गरियो, कम्पनी तहभन्दा माथिका समितिहरूमा पार्टी समितिहरू बनाइयो । माओ त्सेतुङकै नेतृत्वमा चलेको पार्टीको युद्ध समितिमा सबैको प्रतिनिधित्वको बन्दोबस्त गरियो र मुख्य मुख्य प्रश्न त्यही छलफल हुने भयो ।
पुरानो सेनाको व्यवस्थामा अफिसरहरूले आफ्ना जवानहरूलाई र ठूलोले सानोलाई कुटपिट गर्ने, गाली गर्ने र थिचोमिचो गर्ने गर्दथ्यो । अनुशासनको नाममा अनेक किसिमको नचाहिने औपचारिकताहरू (काइदा कानुन), अदव, उत्सव र चालचलन चलेको थियो । जनताको नयाँ सेनामा कर्मचारी हुकुमी शासन वा अफिसरवादलाई फालियो र सेनामा एक प्रजातान्त्रिक व्यवस्था स्थापना गरियो, त्यसअनुसार सिपाहीहरूले सभा गर्ने र बोल्ने स्वतन्त्रता पाए, अफिसर र जवानहरूलाई समानरूपले व्यवहार गरियो । हरेक दलमा कम्पनी तहभन्दा माथि अध्यक्ष भएको सैनिक समितिहरू गठन गरियो र त्यसका सदस्यहरू सिपाहीहरूबाट प्रजातान्त्रिक ढङ्गले चुनिने भयो । पार्टी प्रतिनिधि भएको नेतृत्व गर्ने समितिहरूले प्रचार कार्य, जनकार्यहरू र सिपाहीहरूको निम्ति मनोरञ्जनका गतिविधिहरू गर्ने, जनताको हिसाब–किताब र बन्दोबस्तको जाँचबुझ गर्ने र अफिसरहरूको जाँचबुझ गर्ने अधिकार पायो । बिराम गर्ने अफिसरहरूलाई समितिहरूले आलोचना गर्ने र विरामहरूलाई देखाउने र सच्याउन दिने बन्दोबस्त गरियो ।
सिपाहीहरूलाई क्रान्तिकारी राजनीतिको शिक्षा दिइयो र पैसा कमाउन पल्टनमा भर्ना हुने वा बिकिने भावनालाई हटाइयो । जनतामा क्रान्तिकारी राजनीतिक प्रचार गर्नु, तिनीहरूको सङ्गठन गर्नु, तिनीहरूलाई सशस्त्र पार्नु, क्रान्तिकारी राजनीतिक शक्ति कायम गर्नु र जनतालाई मद्दत गर्नु नै मजदुर किसानको क्रान्तिकारी काम हो र पल्टन भनेको एक खास क्रान्तिकारी राजनैतिक कामलाई अगाडि लैजाने एउटा सशस्त्र अङ्ग हो भनेर शिक्षा दिइयो ।
यसप्रकार माओले ३ दिन लगाएर नयाँ नीतिअनुसार सेनाको पुनःसङ्गठन गर्नुभयो । सेनामा क्रान्ति र प्रजातन्त्रको त्यस्तो मेल विश्वको सैनिक इतिहासमा नयाँ कुराको सुरुवात थियो ।
सन् १९२८ जनवरी महिनामा दक्षिणी हुनानको पिचाङ, चेनची, लियाङ्ग, युङ्ग सिङ्ग र चेसिङ्ग अञ्चलका किसानहरूले सशस्त्र विद्रोह गरेर एक क्रान्तिकारी सरकार कायम गरे । त्यो सरकार ३ महिनासम्म रह्यो । त्यसबेला चु तेह नानचाङ विद्रोहको सेना लिएर क्वातुङ्गतिर लाग्नु भएको थियो । क्वाङतुङ्गको सीमामा शत्रुहरूले चारैतिरबाट हमला गरेको हुनाले विद्रोही सेनाले हार खायो । चु तेहले बाँकी भएको सेना लिएर हुनानको दक्षिणको किसान आन्दोलनमा भाग लिनुभएको थियो । त्यही बाँकी सेना लिएर उहाँ सन् १९२८ अप्रिलमा चिङकाङ पहाड पुग्नुभयो । उहाँसँग चेन यी र लिन प्याउ पनि थिए ।
२० मई १९२८ को दिन निङक्याङ प्रान्तको माउपिङमा हुनान र क्याङसी सीमा इलाकाको पार्टीको पहिलो महाधिवेशन भयो । त्यस अधिवेशनले २३ जवानको एक पहिलो विशेष समिति चुन्यो, माओ त्सेतुङ त्यसको सचिव चुनिनुभयो । माओ र चु तेहको सेना एक भयो र ६ वटा अञ्चल मिलाएर एउटा बलियो आधार इलाका (क्रान्तिकारी सरकार) बनाइयो र त्यसलाई बिस्तारै विकास गरेर लैजाने रणनीति स्वीकार गरियो । त्यो रणनीति पार्टी केन्द्रको नीति विपरीत थियो । पार्टी केन्द्र त्यसबेला उत्ताउला वा शब्दाडम्बरी (राम्रो र ठूल्ठूला शब्दको आडमा क्रान्तिलाई छिटो फैलाउने विचार गर्ने) हरूको हातमा थियो । सेनाभित्र पनि दुईटा खोटा विचार देखापर्यो । पहिलो विचार तुरून्तै हुनानको राजधानी चाङशातिर बढ्न चाहने थियो । माओ र चु तेहले त्यस विचारलाई दुस्साहसवाद भनेर अस्वीकार गर्नुभयो । अर्को विचार थियो – दक्षिणमा क्वाङतुङ सीमातिर पछि हट्ने, लाल इलाका बनाउने र युद्धदेखि बच्ने । त्यसविचारलाई उहाँहरूले ‘पछि हट्ने’ वा आत्मसमर्पणवाद भनेर अस्वीकार गर्नुभयो ।
शत्रु सेनाले लाल इलाकामाथि हमलाहरू गर्न सुरु ग¥यो र नुन, कपडा, औषधिजस्ता दैनिक आवश्यकताका वस्तुहरू सा¥है कम पाइने र महँगो हुन थाल्यो । लाल इलाकाको जनता र सेनाको जीवन साह्रै गाहो हुन थाल्यो । माओ र चु तेहले जग्गा बाँड्ने र सोभियतहरू कायम गरेर जनतालाई सशस्त्र बनाउने नीति लिनुभयो । श्वेत (प्रतिक्रियावादी) इलाकासँग व्यापार बढाउने, समातिएका शत्रु सेनालाई उदार वा नम्र व्यवहार र अरू सबैमा पनि प्रजातान्त्रिक नम्रताको व्यवहार गर्ने नीति लिइयो ।
छैटौँ पार्टी महाधिवेशन
सन् १९२८ जुलाई महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशन मस्कोमा भयो । महाधिवेशनले चीनको क्रान्तिलाई साम्राज्यवाद र सामन्तवादविरोधी पुँजीवादी – प्रजातान्त्रिक क्रान्ति नै हो भनेर स्वीकार ग¥यो । क्रान्तिको निम्ति व्यापक जनतालाई आफ्नो पक्षमा लिनु नै पार्टीको मुख्य नीति (जनरल लाइन) स्वीकार ग¥यो । बैठकले चेन तु श्यूको दक्षिणपन्थी आत्म–समर्पणवादलाई उखेलिदियो र १९२७ को अन्त र १९२८ को सुरुमा देखापरेको ‘वामपन्थी’ भिडन्तवाद (उत्ताउला, ठोकठाकको नीति अथवा दुस्साहसवाद) लाई पनि अस्वीकार गर्यो । पार्टी महामन्त्री पदमा चु चु–पाइको ठाउँमा श्याङ्ग चुङ फा चुनिए । श्याङ्ग चुङ फा साङ्घाइका एक मजदुर थिए । मजदुर सङ्घको नेतृत्वमा लि लि सान आए । उनी एक बुद्धिजीवी थिए । माओ त्सेतुङ महाधिवेशनमा उपस्थित हुनुभएको थिएन । तैपनि, बैठकले उहाँलाई पार्टी केन्द्रीय समितिको सदस्य चुन्यो । महाधिवेशनले १० कुराको एक कार्यक्रम स्वीकार गयो, ती हुन् –
१) साम्राज्यवादी शासनलाई उल्टाउने, २) विदेशी पुँजीपतिहरूको कारखाना र बैङ्कहरू जफत गर्ने, ३) चीनलाई एक गर्ने र जातिहरूको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने, ४) कोमिनताङको युद्ध सरदार सरकारलाई फाल्ने, ५) मजदुर, किसान र सिपाहीहरूको प्रतिनिधिसभा सरकार स्थापना गर्ने, ६) आठ घण्टाको कामको दिन लागू गर्ने, ७) सबै जमिनदारहरूको जग्गा जफत गर्ने र किसानहरूमा भूमि वितरण गर्ने, ८) सिपाहीहरूको जीवन अवस्थालाई सुधार गर्ने, भूपू सैनिकहरूलाई जग्गा र काम दिने, ९) सबै अनुचित करहरू र विभिन्न किसिमका दस्तुरहरू खारेज गर्ने र १०) संसारका सबै सर्वहारा वर्गसँग एक हुने, सोभियत सङ्घसँग एकता हुने ।
Leave a Reply